मुलुक बजेटबिहीन हुनुमा देउवा सरकार दोषी: डा.पुष्पराज कँडेल
३० भदौ २०७८
•
२ मिनेट पाठ
मुलुक बजेटबिहीन हुनुमा देउवा सरकार दोषी: डा.पुष्पराज कँडेल
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्पराज कँडेलले मुलुक बजेटबिहीन हुनुमा सरकार स्वयं जिम्मेवार रहेको बताएका छन्। विभिन्न राजनीतिक खिचातानी लगायत कारणले मुलुकले बजेट शुन्यताको स्थिती सामना गर्न नपरोस् भनेर संविधानमा नै जेठ १५ गते बजेट संसदमा पेस गर्नुपर्ने प्रावधान राखिएको स्मरण गर्दे उनले अहिले मुलुक बजेट शुन्यताको अवस्थामा पुग्नुको मुख्य कारक वर्तमान सरकार भएको बताएका हुन्। 




राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले प्रतिपक्षले सदन बन्द गरायो भन्ने आडमा टेकेर प्रतिपक्षलाई आरोप थुपार्दै बजेट खर्च गर्न पाइएन भन्ने छुट वर्तमान सरकारलाई नरहेको बताए। नेकपा एमालेका नेता समेत रहेका उनले सरकारले आफूलाई चाहिएको डकुमेण्ट बलजफ्ती पास गरिरहेको दाबी पनि गरे। उनले बजेट अधिवेशन पार्टीलाई फुटाउनका लागि बन्द गरेर अर्को अध्यादेश ल्याउनुबाट सरकारको नियत भएको स्पष्ट भएको टिप्पणी गरे।

पूर्व उपाध्यक्ष कँडेलले सरकारको न्यूनतम साझा कार्यक्रम र प्रतिस्थापन विधेयक गन्तव्यहीन भएको पनि टिप्पणी गरे। उनले प्रतिस्थापन विधेयक कुन परिवेशमा आधारित भएर ल्याईएको भन्ने नै स्पष्ट नभएको तर्क गरे। उनले पुर्ववर्ती सरकारले १५औँ आवाधिक योजनामा आधारित भएर र दलको घोषणा पत्रमा उल्लेख भएको न्यूनतम साझा कार्यक्रममा आधारित भई बजेट ल्याएको तर प्रतिस्थापन विधेयक भने आधारहिन देखिएको बताए।

कँडेलले प्रतिपक्षले रचनात्मक हिसावले सहयोग गरिरहेको भन्दै मुल निर्णयकर्तामाथि प्रतिस्थापन विधेयकबारे पश्न उठेकोले मुल निर्णयकर्ताले नै समस्याको समाधान गर्नुपर्ने बताए। प्रतिपक्षको समस्या समाधान नगरी सरकारले आफ्नो इच्छानुसार  काम गरिरहेका बताए। सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक संघीय संसदबाट पारित नभएकाले मुलुक अहिले बजेटबिहीनताको अवस्थामा पुगेको हो। तर अर्थमन्त्री जनार्दन शर्माले भने केही दिन बजेटको शंकट परेपनि केही फरक नपर्ने बताउदै आएका छन्। 

मुलुक बजेटबिहिन हुँदा अस्पताल, जेलर लगायत सरकारी कार्यालयमा हुने दैनिक खर्च ठप्प हुनेछ। पूर्ववर्ती सरकारले संविधानअनुसार जेठ १५ गते नै बजेट अध्यादेश ल्याएको थियो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष कँडेलले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमा कोरोनाबाट क्षति पुगेका ५ लाख परिवारलाई १० हजारको दरले बाँड्ने भनेको ५ अर्ब रुपैयाँको पनि दुरुपयोग हुने बताए।
अर्को समाचार
लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
१६ वैशाख २०८१
•
७ मिनेट पाठ
लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा
राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा हाल हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो। सन् २०१७/२०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन्।




सरकारका नीतिमा परिवर्तन भइरहने (प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम् सीमा पाँच करोडबाट दुई करोडमा घटाइएको) बदलिएअनुसार सरकारका भाका बदलिने सरकारको पूँजीगत खर्चले सङ्घ, प्रदेश र स्थानीय तहको आधा पनि खर्च हुन नसकेको र आर्थिक गतिशीलता कम रहेको वस्तुगत परिस्थितिमा सम्मेलनको आलोचना नै भइरहेको छ। 

अघिल्लो सरकारका अर्थमन्त्रीले घोषणा गरेको यो सम्मेलन नीतिगत निरन्तरताको दुहाई सहित वर्तमान अर्थमन्त्रीले मुख्य एजेण्डाको रुपमा जिम्मेबारी सहित अघि बढाएको देखिन्छ। वित्तीय स्रोतको अभावले उद्योग, व्यवसाय, विकास निर्माण हुन नसकेको भाष्य मुलुकमा निर्माण भएको छ। राष्ट्रिय वचतको दर कम छ। देशीय पुँजीपति विदेशमा लगानी गर्न पाउने ढोका खोल्ने माग गर्छन्।

सीमित स्रोत र साधनको  कुशल व्यवस्थापनको खडेरी छ। प्रविधिको प्रयोगमा गाउँगाउँमा बाटो निर्माणका नाममा डोजरको प्रयोग र कार्यालयहरुमा विद्युतीय प्रणालीको (डिजिटल) प्रयोगबाहेक कृषि, औद्योगिक उत्पादनमा न्यून छ। यस परिस्थितिमा आयोजना हुन लागेको लगानी सम्मेलन र विगतको अनुभवको आधारमा के अपेक्षा होला जिज्ञासाको विषय हो।

झट्ट हेर्दा लगानी सम्मेलनले नाफाको अपेक्षा गरिरहेको वैदेशिक पूँजी ‘एक माना’ नाफा गर्न सकिने हाम्रो जस्तो मुलुकले लगानीको अवसर दिन्छ भन्ने सोच बेठीक नभए पनि पूरै साँचो होइन। फेरि वैदेशिक लगानीले पूँजी मात्र होइन, उत्पादनका साधनमध्येको प्रविधि र व्यवस्थापन पनि भित्रयाउँछ। अतः हाम्रो यस सम्मेलनको प्रमुख लक्ष्य के हो रु यकिन भएकै होला। प्राकृतिक रुपले आकर्षक रहेको, बह लुकाएर पनि मुस्कान छर्ने धनी नेपालीको नजिकबाट अनुभूत गर्न मात्र त के होला र ? 

हजारभन्दा बढी सम्भावित लगानीकर्तालाई साठीभन्दा बढी देशबाट निम्ता गरिएको पर्यटन विकासको लक्ष्य मात्र होइन। सम्भावित लगानीकर्ता आफ्नो गतिविधिको क्षेत्रको अनुभवी, विश्व लगानी बजारको विशेषज्ञ र नेपालकै विषयमा पनि सार्वजनिक गरिएका तथ्याङ्क आफ्नो पहुँचका कुटनीतिक विचारबाट बुझेझै हुन्छ। त्यसका अतिरिक्त सम्मेलनमा प्रस्ताव गरिएका परियोजनाको विषयवस्तु पछि निर्णय लिन सघाउने विषयवस्तु हुन्।

अर्कोतर्फ लगानीको माग गर्ने हाम्रो तर्फबाट सम्भावित लगानीकर्ताहरु बारेको जानकारीमा कति ध्यान दिइएको छ भन्ने विषय पनि महत्वको हो। माग र आपूर्तिको नियमअनुसार ती दुई चरको अन्तक्र्रियाबाट नतिजा निस्कने अर्थशास्त्रीय नीतिमा कति ध्यान दिइएको छ भन्ने विषयले पनि सम्मेलनको सफलता भर पर्छ।

सार्वजनिक गरिएको जानकारीअनुसार झण्डै डेढ सय परियोजना विमर्शका लागि पेश गरिएको छ। एक चौथाई प्रस्तावित परियोजना प्रारम्भिक चरणका छन् भने एक पञ्चमांश परियोजना वित्तीय स्रोतको खोजीमा रहेको देखिन्छ। निजी क्षेत्रबाट आंशिक रुपमा विकसित परियोजनामा वैदेशिक सहभागिताको अपेक्षाका परियोजना पनि छन्। मुलुक जलस्रोतको धनी कहलिएको सन्दर्भमा दर्जनभन्दा बढी जलविद्युत् आयोजना पनि प्रस्तावित छन्। 

परियोजनाहरुको बाहुल्यता, विविधता र अपेक्षित सहभागिताको पहल पनि फरक भएकाले सम्भावित लगानीकर्ताका लागि छनोटको विविधता पनि देखिन्छ। लगानी सम्मेलनले लक्षित गरेका सम्भावित लगानीकर्ताको हुन त रु वास्तवमा स्वदेशी गैरआवासीय नेपाली र विदेशी लगानीकर्ता जो कोही पनि व्यावसायिक अनुभव भएकाहरुले योगदान दिनसक्ने अपेक्षा लिइएको देखिन्छ। आयोजनाको प्रकृतिअनुसार सयुक्त लगानी, परियोजनाको कुनै अंशको जिम्मेवारी वहन गर्ने जस्ता रोजाइ पनि हुन सक्छ। 

उत्पादन केन्द्रित, सेवा प्रदान गर्ने, उत्पादित सेवा/वस्तु आन्तरिक बजारका लागि पूर्ण वा आंशिक निर्यातजस्ता मिहिन विषय पनि छलफलमा आउन सक्छन्। मूलरुपले लगानीका लागि इच्छुक व्यक्ति र कम्पनीले राख्ने अपेक्षा भनेको प्रथमतः पुँजीको सुरक्षा हो। आर्जन गरेको रकम सहजरुपले लैजान पाउने प्रत्याभूति पनि हो। त्यसका अतिरिक्त उद्यम व्यवसायमा प्रवेश गर्न आवश्यकपर्ने क्षेत्रमा चाहिने पूर्वाधारको व्यवस्थआ कम झन्झटिलो होस् भन्ने अपेक्षा पनि रहन्छ। यो माग पक्षलाई आपूर्तिकर्ता अतिउदार र उत्साही भाषामा आश्वासन दिने, व्यवहारमा अलमल मात्र होइन, सेवा प्राप्त नहुने अवश्था लगानीका लागी प्रतिकुल परिस्थिति हो। 

एकद्वार प्रणाली, विद्युत्, पानी, सडक, विदेशी विनिमय सेवा आदि दिने प्रत्याभूति जति सजिलोसँग दिइन्छ । सेवा प्रवाहमा त्यत्तिकै जटिलता पनि छ। जुन मर्मका साथ सम्मेलनको तयारीमा जुटिएको छ। सोही अनुसार सेवा प्रवाहका निम्ति सम्बन्धित एजेन्सीलाई तम्तयार, चुस्त दुरुस्त र सुशासनयुक्त पद्दतिको खाचो पर्दछ।

सम्भावित लगानीकर्ताले हेर्ने अर्को पक्ष सम्बन्धित मुलुकको अर्थतन्त्रको अवस्था पनि हो। सरकारको वैदेशिक मुद्राको सञ्चितिको अवस्था के छ ? बैदेशिक व्यापारको स्थिति बारेपनि चासो रहन्छ। व्यापारका हकमा आयातबाट निर्वाह हुने वस्तुको उत्पादन आन्तरिकरुपले गर्नसके आयात प्रतिस्थापनको फाइदा हुनसक्छ। निर्यात गरिने वस्तुको उत्पादन हुने हो भने सोको लगानीबाट लागानीकर्ता र देश दुवैले फाइदा लिन सक्ने हुन्छ। पशु, पंक्षिपालन व्यवसाय उक्त विषयको राम्रो उदाहरण हो।

पशुपक्षीको मासु अण्डा आन्तरिक खपतका लागि पनि बढी माग भएको क्षेत्र हो। त्यसमा पनी छिमेकी दुई देशको आवश्यकता पनि ख्याल राख्ने हो भने पशु पक्षीपालन अति आकर्षक लगानीको क्षेत्र हो। उत्तरतर्फ भैंसी, राँगा बङ्गुरको गुणस्तरीय मासुको माग असीमित छ। दक्षिणतर्फ खसी, बोका, हाँस, कुखुराको मासु र अण्डा नेपालमा आयात भइरहेकामा हिमाली भेगको उत्पादनको माग सिर्जना गर्न र अभ्यस्त गराउने गुञ्जायस छ।

लगानीका लागि वस्तु, सेवाका हिसाबले जति सम्भव भए पनि अर्थतन्त्रको दिगोपना र जोखिम बहन गर्ने क्षमताको पारख पनि आवश्यक पर्छ। सन् २०२६ मा विकाशील देशमा स्तरोन्नति हुने एजेण्डा अर्थतन्त्रको सबलीकरणको धोतक हो तर पनि विगतदेखि नै मुलुकको साखको पारख गराउने प्रतिवद्धता भने ओझेलमै परेको छ। 

समकालीन अवस्थामा मुलुकको बाह्य क्षेत्र अन्तर्राष्ट्रिय व्यापारलगायत चालु खाता, शोधनान्तर अवस्था सकारात्मक छ। विप्रेषण नितान्त अस्थायी प्रकृतिको स्रोत हो। तापनि बाह्य क्षेत्रलाई सबल बनाउन तत्काल योगदान गरेको चर हो। यो परिस्थितिमा लगानीककर्ताका निम्ति सकारात्मक सोचाई राख्न सघाउने तत्व पनि भएको छ। सार्वभौम साखको पारख अति महत्वको कारक भए पनि सो औँल्याउन नपाइनु खुड्किलो विषय हो।

सम्मेलन तयारीका सिलसिलामा जुन किसिमको प्रचारप्रसार भइरहेको छ, सोबाट लगानीकर्तालाई सम्मेलनमा भाग लिन उत्साही गराएको हुनुपर्छ। सरकारी र अन्तर्राष्ट्रिय मञ्चमा खासगरी कूटनीतिक क्षेत्र, बहुपक्षीय वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंक आदिका प्रतिनिधिहरु र उद्योग, व्यवसाय सञ्चालनका अतिरिक्त सामूहिक पुँजी (भेञ्चत क्यापिटल) लगानिकर्तामा घनिभूतरुपले सन्देश पुगेको देखिन्छ।

लगानीका लागि वातावरण सिर्जना गर्नुपर्ने भन्नु र अनुकूल वातावरण पाएका छौँ भन्ने अनुभूति सम्बन्धित पक्षहरुको सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा भर पर्छ। केही मुलुकका पर्यटक अति सेवा भाव र समर्पण खोज्ने हुन्छन् भने कुनै मुलुकका पर्यटक भने नेपाली सामान्य शैलीबाट अति प्रभावित भई आगमन कैंयौं गुणा बढाएका हुन्छन्। लगानी त सम्पत्तिसँग सम्बन्धित विषय हो। प्रत्यक्ष रुपले लाभ र हानि व्यहोरिने यो गतिविधिले आपसि सद्भाव सौहार्दता र संयम पनि खोज्दछ। जुन दुबै पक्षका लागि लाभदायक र चिरस्मरणीय परिघटना पनि हुन्छ।

लगानी सम्मेलनको महत्वलाई ख्याल गरी भण्डै एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरी लगानीमैत्री बनाइएको छ। जग्गा प्राप्ति उत्पादनका साधनमध्येको एक हो, सहज र समन्यायिक ढङ्गले प्राप्त हुनु पर्छ भन्ने आधारमा रजिष्ट्रेसन मूल्यको तीन गुणाभन्दा बढी हुनु हुँदैन भन्ने कानूनी नयाँ व्यवस्थाले लगानीका लागि अनुकूलता थपेको छ। उद्यम व्यवसाय सुरु गर्दाका अवस्थामा आइपर्ने झैझमेला समयमै टुङ्ग्याउन ‘द्रुत निराकरण’को पद्दति अनुशरण गर्नुपर्ने हुन्छ।

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ताकि त्रुटिरहित ढङ्गले व्यवस्थित गर्न भएको प्रयास प्रसंसनीय छ। सम्भावित लगानिकर्ताहरुको सम्पर्क रहने सहयोगी वा सहजीकरण गर्ने व्यक्ति वा संस्थाले सम्बन्धित पक्षको सामाजिक सांस्कृतिक मान्यताको ख्याल गरी व्यवहार गर्नु पनि महत्वपूर्ण जिम्मेवारी रहन्छ।

हालसम्मका प्रयास र विदेशस्थित वैदेशिक नियोगहरुको प्रयत्न समेत र अन्तर्राट्रिय परिस्थितिलाई ख्याल गर्दा लगानी सम्मेलनका लागि वातावरण अनुकूल छ। नीतिगत र आश्वस्त पारिएका बिन्दुमा इमान्दारिता देखाइ कार्यान्वयनमा सघाउ पुर्‍याउँदा लगानीबाट प्रचुर मात्रामा लाभान्वित भएका घटना ताजा छन्। लगानीकर्ताहरुमा विश्वास अभिवृद्धि गर्न र मुलुकको हितका लागि लगानी सम्मेलन २०२४ भरोसायोग्य हुनेछ। लेखक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुन्। 
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
चुनावी राजनीतिभन्दा सामाजिक सेवामा कांग्रेसको जोड : पालिकास्तरमा ‘एनसी फर एनसी’ अभियान विस्तारको तयारी
पार्टी सभापति गगनकुमार थापाले ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली कांग्रेस) अभियानमार्फत पार्टीलाई राजनीतिक गतिविधिसँगै सामाजिक सेवा...
Whatsapp
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
१२ वर्षसम्म नबनेको घुमाउने पुलको निर्माण एक महिनाभित्रै थाल्ने मन्त्रीको घोषणा
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Whatsapp
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
कर्पोरेट
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
दुई घण्टाभित्र समस्या समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट : वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान सुरु
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ।
Whatsapp
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
अपराध
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
ठमेलबाट यसरी समातिए ८७ वर्षीय दक्षिण कोरियाली र भारतीय नागरिक, १५ करोडको कोकिन बरामद
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा तीन किलो कोकिन बरामद गरिएको हो। उक्त कोकिन लिन आएक...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीमाथि लुम्बिनीको सहज जित
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
Whatsapp
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस