काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्धारित समयअघि नै नेतृत्वको दौड सुरु भएको भन्दै असन्तुष्टि जनाएका छन्। नवौं महाधिवेशन मूल व्यवस्थापन कमिटीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले रेफ्रीले सिट्ठी नफुक्दै अध्यक्षका आकांक्षीले दौड थालेको बताए। 'रेफ्रीले सिट्ठी फुकेपछि दौड सुरु हुन्छ,' खनालले भने, 'तर, यहाँ रेफ्रीले सिट्ठी फुक्नुअघि नै दौड सुरु भयो।'सहमतिमै नेतृत्व तय गर्नुपर्नेमा जोड दिँदै आएका अध्यक्ष खनालले शुक्रबार सुरु हुने महाधिवेशनमा अध्यक्षका आकांक्षीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओलीबीचको प्रतिस्पर्धालाई घुमाउरो पाराले आलोचना गरेका छन्। आकांक्षी दुवै पक्षले छुट्टाछुट्टै कार्यालय खोलेर प्रतिस्पर्धा अघि बढाएका छन्।
सर्वसम्मत भएमात्रै अध्यक्षमा दोहोरिने जनाउँदै आएका खनालले महाधिवेशनमा अध्यक्षका दुवै प्रत्यासीलाई समर्थन नगर्ने बताएका छन्। उक्त पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले पार्टीबाट छानिने नेतृत्व पार्टीको भविष्यसँग जोडिने भन्दै त्यसतर्फ सचेत हुन प्रतिनिधिलाई आह्वान गरेका छन्।
'नीति सही भएर मात्रै हुँदैन, नीतिअनुसारको नेतृत्व आउन सकेन भने त्यसले पार्टीलाई संकटमा पार्छ। विश्वमा यस्तो धेरै उदाहरण छन्,' नेपालले भने, 'विशाल सम्भावनालाई साकार पार्ने र चुनौती सामना गर्नसक्ने नेतृत्व छान्नुपर्ने गम्भीर जिम्मेवारी आएको छ।'
मुख्य नेतृत्वमा दाबी गर्दै नेपालले अब पार्टीको जिम्मेवारी एमालेको बहुमतको सरकार बनाउने र आर्थिक–सामाजिक रूपान्तरणलाई तीव्र पार्ने बताए।
राजनीतिक क्रान्ति पूरा भइसकेको जनाउँदै नेपालले आर्थिक र सामाजिक रूपान्तरणलाई अघि बढाउने बताए। 'कार्यकर्तालाई मेहनती बनाउनु र उत्पादनसँग जोड्नु आजको आवश्यकता हो,' नेपालले भने, 'आगामी निर्वाचनमा एमालेलाई सर्वश्रेष्ठ सावित गर्ने र बहुमत ल्याएर मुलुकको भाग्य र भविष्य बदल्ने अठोट लिएर अघि बढ्नुपर्ने खाँचो पनि छ।'
वरिष्ठ नेता नेपालले संस्थागत रूपमा सैद्धान्तिक बहस चलाउने व्यवस्था भए पनि समय पर्याप्त नछुट्याएको भन्दै असन्तुष्टि जनाएका छन्। 'साझा फोरम बनाएर पाँचवटै विकास क्षेत्र, ७५ जिल्ला र २ सय ४० निर्वाचन क्षेत्रमा गएर कार्यकर्तामार्फत आफ्नो धारणा राख्न सकेको भए राम्रो हुने थियो,' नेपालले भने, 'पार्टीका कार्यकर्ताले अन्य राजनीतिक दलका कार्यकर्तासँग अन्तर्क्रिया गराएर एमालेमा समाहित गर्न सक्थे।'
नेपालले प्रतिस्पर्धालाई लोकतान्त्रिक प्रक्रियाका रूपमा लिँदै यसबाट नआत्तिन आग्रह गरे। 'प्रतिस्पर्धा हुनेबित्तिकै आत्तिनुपर्ने कुनै कारण छैन,' नेपालले भने, 'जनताको बहुदलीय जनवादले प्रतिस्पर्धाको बाटो अंगिकार गरेको छ। प्रतिस्पर्धामा छेकेबार लगाउने कुरा गर्नु हुँदैन।'
उक्त पत्रकार सम्मेलनमा अध्यक्षका अर्का आकांक्षी संसदीय दल नेता ओली सहभागी थिएनन्। उनी संसदीय दल बैठकका कारण उपस्थिति नभएको जानकारी गराइएको थियो।
महाधिवेशनमा २३ सय २५ प्रतिनिधि
एमालेको शुक्रबार सुरु हुने महाधिवेशनमा २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुने भएका छन्।
२ हजार २ सय १४ प्रतिनिधि छनोट भइसकेको र १ सय ११ प्रतिनिधि मनोनीत गर्न बाँकी रहेको एमालेले जनाएको छ।
एमालेमा भूगोल, जनवर्गीय संगठन, प्रवास, कार्यालय र विभाग तथा सम्पर्क विशेषबाट प्रतिनिधि छनोट भएका हुन्। भूगोलतर्फ सबैभन्दा बढी लुम्बिनी अञ्चलबाट १ सय ८९ प्रतिनिधि सहभागी हुनेछन्। कोसी अञ्चलबाट १ सय ४८, नारायणीबाट १ सय ४१, बागमतीबाट १ सय ३२, गण्डकीबाट १ सय २७, भेरीबाट १ सय २०, मेचीबाट १ सय १९, उपत्यका १ सय ८, सेतीबाट १ सय ३, जनकपुरबाट ८९, सगरमाथाबाट ८८, राप्तीबाट ७४, महाकालीबाट ६१, कर्णालीबाट ५३, धौलागिरीबाट ४८ प्रतिनिधि छानिएका छन्। त्यसैगरी, केन्द्रीय कार्यालय र विभागका २३, भारत प्रवासका ३४, जनसंगठनका २ सय २, सम्पर्क विशेषका ३४, अञ्चल समन्वय कमिटीका १७, प्रवास (भारतबाहेक) का २४ प्रतिनिधि पनि छनोट भइसकेको एमालेले जनाएको छ।
एमालेले मूल व्यवस्थापन कमिटीको कार्यालय बिहीबार भृकुटी मण्डपमा सार्ने भएको छ। यसैबीच, स्वास्थ्य उपसमितिले महाधिवेशन प्रतिनिधिलाई वितरण गरिने सामग्री मूल व्यवस्थापन कमिटीलाई बुझाएको छ। उपसमितिका संयोजक योगेश भट्टराईले मूल व्यवस्थापन कमिटी कार्यालयकी प्रमुख अष्टलक्ष्मी शाक्यलाई २ हजार ५ सयसम्मलाई पुग्ने सामग्री बुझाएको जानकारी दिए।
यस्तै, प्रचार उपसमितिले सञ्चारमाध्यममा आएका सामग्री अनुगमन गर्न गठन गरेको कार्यदलले पार्टीका नेता–कार्यकर्ता र पार्टीनिकटले सञ्चालन गरेको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित गरेको विषय अस्वस्थ र पार्टी एकतालाई कमजोर बनाउने प्रकृतिको भएको जनाएको छ।
कार्यदलले तयार पारेको प्रतिवेदनमा निजी क्षेत्रबाट सञ्चालित सञ्चारगृहले सन्तुलित, निष्पक्ष र स्वतन्त्र रूपमा समाचार प्रकाशित गरेको उल्लेख छ।