काठमाडौं- नवौं महाधिवेशन नजिकिँदै जाँदा नेकपा (एमाले) मा भावी नेतृत्वका आकांक्षीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली एकअर्काबीच कटाक्षमा उत्रन थालेका छन्। दुवै नेताले नेतृत्वका लागि आफ्नो औचित्य प्रस्ट्याउन र आफू अब्बल देखिन प्रतिस्पर्धीको दोहोलो काढ्ने कसरत गरिरहेका छन्।असार १९ देखि २४ सम्म राजधानीमा हुने पार्टीको नवौं महाधिवेशनबाट नेतृत्व आफ्नो पोल्टामा पार्न जुटेका दुवैले एकअर्कालाई गाली गर्न कुनै सीमा राखेका छैनन्। त्यही क्रममा शुक्रबार दुवै नेताले राजधानीमा एक घन्टाको अन्तरमा करिब एक सय मिटर दुरीमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे र प्रतिस्पर्धीको सख्त खोइरो खने।
महाधिवेशनमा एक हजार नौ सय प्रतिनिधि सहभागी हुनेमा झन्डै ७० प्रतिशतको टुंगो शनिबार लाग्दैछ। ठीक त्यसको अघिल्लो दिन दुवैले आफ्नो पक्षमा लाग्न कार्यकर्तालाई आह्वानमात्र गरेनन्, अधिकांश समय प्रतिस्पर्धीको आलोचनामा खर्चिए।
'प्रलोभनमा पारिएको छ, यो पदमा ल्याउने, त्यो पदमा ल्याउने भनिएको छ,' नेपालले ओलीप्रति लक्षित हुँदै पत्रकार सम्मेलनमा भने, 'नटेर्नेलाई गाला ताछ्ने, नाक काट्ने र जिब्रो थुत्ने, दाँत झार्ने, राजनीतिक भविष्य नै समाप्त पार्ने धम्की दिइएको छ, यस्ता गतिविधिले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई अशोभनीय पारेको छ।'
पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेपालले नेतृत्व 'पुस्तान्तरण' मा जोड दिँदै आफूलाई त्यसका लागि सेतुका रूपमा एकपटकलाई अध्यक्ष दाबी गरिरहेका छन्।
यता, संसदीय दलका नेता ओली नेतृत्व हस्तान्तरणको मुद्दा बोकेर मैदानमा ओर्लिएका छन्। उनले पनि शुक्रबारको पत्रकार सम्मेलनमा प्रतिस्पर्धी नेपालको हुनसम्म आलोचना गरे।
'आफू आकाश ताक्ने, भुइँमा केही उम्रन नदिने सल्लोको रुख प्रवृत्तिले युवा नेतृत्वलाई अघि आउन दिएको छैन,' ओलीको नेपाललक्षित कटाक्ष थियो, 'पार्टीमा योजनाबद्ध ढंगले नेतृत्व विकास गर्ने पद्धति स्थापित हुन सकेको छैन, नेतृत्व फेरि पनि घुमाइफिराइ सीमित व्यक्तिहरूकै वरिपरि रहने स्थिति अन्त्य गर्न मैले नेतृत्व हस्तान्तरणको विषयलाई एउटा अभ्यासका रूपमा स्थापित गर्न खोजेको हुँ।'
प्रतिनिधि छनोटअघि दुवै नेताले विभिन्न जिल्लामा कार्यक्रम गरेका थिए।
ओलीले नेतृत्व हस्तान्तरणको माध्यम बन्न आफ्नो उम्मेदवारी पर्ने बताए भने वरिष्ठ नेता नेपालले युवाहरूको आग्रहमा आफू प्रतिस्पर्धामा आएको जनाए।
कार्यक्रममा दुवै नेताले आफू अध्यक्ष भए एक कार्यकाल मात्रै नेतृत्वमा रहने प्रतिबद्धता गरेका थिए। आफूले जिते अर्को पक्षमा रहेका 'योग्य' नेतालाई समेट्ने दुवैको आश्वासन छ।
वरिष्ठ नेता नेपालले दोस्रो पुस्ताका नेताका लागि सर्वसम्मत निर्णय गर्न आफू तयार रहेको दाबी गरे तर पहिलो पुस्तामै नेतृत्व जाने हो भने प्रतिस्पर्धाका लागि आफू पनि तयार भएको जिकिर गरे।
'नयाँ पुस्ता विचार सिद्धान्त, संगठन, प्रशिक्षण, जनपरिचालन र वार्ताजस्ता सबै विषयमा पोख्त छ। २०३६ सालपछिको यो पुस्ता एमालेको नेतृत्व गर्न तयार छ। त्यसलाई नेतृत्वमा पुर्याजउने हो भने माधव नेपाल तयार छ,' नेपालले पत्रकार सम्मेलनमा भनेका थिए, 'पहिलो पुस्ताले नै नेतृत्व गर्ने हो भने माधवकुमार नेपाल पनि प्रतिस्पर्धाका लागि तयार छ। खुट्टा कमाएर भाग्ने मानिस होइन।'
ओलीले कार्यक्रममा नेतृत्वको विषयलाई अनावश्यक रूपमा अस्वस्थ र अप्रिय बनाएको आरोप लगाए भने नेपालले सरकारी शक्तिको दुरुपयोग गरेर नेता तथा कार्यकर्तालाई प्रभावित बनाउन खोजेको दाबी गरे।
नेपाल पक्षले सुशील कोइराला नेतृत्वमा रहेको गठबन्धनमा एमालेको प्रतिनिधित्व गर्ने मन्त्रीहरूले विभिन्न काम लिएर मन्त्रालय पुगेका नेता–कार्यकर्तालाई ओली पक्षमा मत दिन दबाब दिने गरेको आरोप लगाउँदै आएको छ।
सरकारमा एमालेको नेतृत्व गर्दै आएका कार्यबाहक प्रधानमन्त्री वामदेव गौतम ओलीलाई अध्यक्ष बनाउने अभियानका प्रमुख नेता हुन्। कोइराला मन्त्रिपरिषदमा एमालेका १० मध्ये ७ मन्त्री ओलीतर्फ छन् भने दुई मन्त्री तटस्थ र एकजना नेपालतर्फ खुलेका छन्।
नेपालले जसको नीति उसकै नेतृत्व हुने भन्दै आफ्नो समूहले अघि सारेको विचारले जित हासिल गरेकाले नेतृत्व पनि आफैंले पाउनुपर्ने बताए। 'म कसैलाई उठ्नै नसक्ने गरी हराउनुपर्छ भन्ने मान्यता राख्ने मानिस होइन। सबैलाई समेट्ने गरेको छु,' नेपालले भने, 'अहिले अलगअलग समूहमा भए पनि सबैलाई समेट्नुपर्छ भन्ने मान्यता राख्छु।'
'संविधानसभा निर्वाचनमा पनि जसको नीति, उसैको नेतृत्व भन्ने नारा थियो। पार्टीमा पनि यो लागू हुन्छ,' नेपालले भने, 'हामीले अघि सारेको विचार पारित भएको छ। त्यसैले नेतृत्व मैले नै पाउनुपर्छ।'
ओली पक्षले सरकारी स्रोतको दुरुपयोग, धाक र धम्की देखाएर नेता–कार्यकर्तालाई प्रभावित पार्न खोजेको आरोप नेपालले लगाए।
पत्रकार सम्मेलनमा अध्यक्षका दुवै आकांक्षीले पार्टी अध्यक्ष झलनाथ खनालले खेलेको भूमिकाको भने प्रशंसा गरेका थिए। अध्यक्ष खनालले एमालेले बृहत हितलाई ध्यानमा राखेर तटस्थ भूमिका खेलेको र सर्वसम्मत नेतृत्वका पक्षमा देखिएको भन्दै वरिष्ठ नेता नेपाल र संसदीय दलका नेता ओलीले प्रशंसा गरेका थिए। 'सर्वसम्मतिका लागि अध्यक्षले विश्वास व्यक्त गर्नुभएको छ र कोसिस पनि गर्नुभएको छ। त्यो सही छ,' ओलीले भनेका थिए।
नेपालले पनि अध्यक्ष खनालले कसैतिर नलागेर सहमति प्रयास गरेको भन्दै प्रशंसा गरेका थिए। अध्यक्ष खनाल भने नेतृत्वमा आफ्नो पक्षमा सर्वसम्मत बनाउने कसरतमा छन्।