काठमाडौं - नेकपा एमालेको धनुषा जिल्ला कमिटी विघटनको विरोध जनाउँदै जिल्लाका नेता कार्यकर्ता एमाले मुख्यालय बल्खुमा धर्नामा बसेका छन्।रघुबीर महासेठलगायत जिल्ला कार्य समितिका पदाधिकारीहरु ४ महिनाअघि विघटन भएको निर्वाचित कार्य समिति पुनर्स्थापनाको माग गर्दै धर्नमा जुटेका हुन्। लामो समयदेखि जिल्ला कमिटीमा विवाद भएपछि केन्द्रले खारेज गरेको थियो।
अर्को समाचार
एमाले केन्द्रीय कार्यालयमा धर्ना
अर्को समाचार
रास्वपाकाे ‘घण्टीघर’मा शिक्षकको धर्ना
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालयमा शिक्षकले धर्ना दिइरहेका छन्। विद्यालय शिक्षा विधेयक संशोधनको माग राख्दै नेपाल शिक्षक महासंघको टोली मंगलबार रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमामा धर्ना दिन पुगेको हो।
यसअघि महासंघले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए।
प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयकमा आफ्ना माग समेट्नुपर्ने भन्दै शिक्षक महासंघ पछिल्लो पटक आन्दोलित छ। विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै महासंघले यस पटक आन्दोलनको घोषणा गरेको हो।

यो पनि पढौँ
ट्रेन्डिङ