सु चीको नेपाल प्रेम
३० जेष्ठ २०७१
•
१४ मिनेट पाठ
सु चीको नेपाल प्रेम
काठमाडौं- म्यानमारको सैनिक शासकले २०६७ कात्तिक २७ गते प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीलाई नजरबन्दमुक्त घोषणा गर्यो । कूटनीतिज्ञ र भिक्षुहरूसँग भेट्ने अनुमति पनि दियो। म्यानमारस्थित नेपाली दूतावासले सु चीलाई भेट्न अनुमति माग्यो। नेपालको सन्देश लिएर भेट्न जाने भए, म्यानमारका लागि तत्कालीन कार्यवाहक राजदूत कृषु सुवेदी।

भेटघाटको चाँजो मिल्नेबित्तिकै उनको फोन, गाडी 'ट्रेस' हुन थाल्यो। 'भेट्न जाऊँ कि नजाऊँ, दुबिधा गराए,' साढे तीन वर्षअघिको घटना सम्झँदै सुवेदीले नागरिकसँग भने, 'यही दुबिधामै २०६७ पुस २३ गते म इन्या लेक आडमा रहेको सु चीको घर पुगेँ।'

सन् १९९८ देखि २०१० सम्मको २१ वर्षमध्ये १५ वर्ष सु ची त्यही घरमा नजरबन्द थिइन्। नजरबन्दमुक्त घोषणापछि सु चीलाई भेट्ने सुवेदी पाँचौं विदेशी कूटनीतिज्ञ थिए। उनीअघि अमेरिकी, बेलायती, भारतीय र फ्रान्सेली राजदूतले भेटेका थिए।

दूतावासबाट सु चीको घरसम्म उनी चढेको गाडीको अघिपछि सेना र प्रहरीका गाडीले 'स्कर्टिङ' गरे।

'नमस्कार,' घरको ढोकामा हात जोडेर सु चीले स्वागत गरिन्।

'नेपाली शब्द उच्चारण गरेर स्वागत गरेपछि म त्यसै गद्गद् भएँ,' सुवेदीले सम्झे। 

सु चीले उनलाई समातेरै बैठक कक्षमा लगिन्। नजरबन्द मुक्त भएकोमा बधाई दिँदै सुवेदीले नेपाल सरकारको सन्देश सुनाए। नेपालले देखाएको सद्भावप्रति उनले खुसी व्यक्त गरिन्। 

'नेपाललाई कसरी सम्झनुहुन्छ?' सु चीसँग उनले जिज्ञासा राखे। 

सु चीले मुस्कुराउँदै भनिन्, 'नेपाल मेरो दोस्रो घर हो।' 

'किन?' 

'मेरो र एरिस (श्रीमान) को अन्तिम भेट नेपालमै भएको थियो, नेपालबाट छुटेपछि हाम्रो भेट हुन सकेन,' उनले भनिन्।

माइकल एरिस बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक थिए। सु ची त्यहीँ अध्ययन गर्न गएकी थिइन्। त्यहीबेला सु ची र एरिसबीच भेट भयो, प्रेम झाँगियो र बिहे भयो। एरिस अक्सफोर्डमा नेपाल, भुटान र तिब्बत मामिलाका विज्ञ मानिन्थे। विभिन्न अनुसन्धान गर्न नेपाल आइरहन्थे। एरिससँग आउनुअघि सु ची ४/५ पटक नेपाल आइसकेकी थिइन् आमाको साथमा। 

सु चीका आमा खिन सु भारतका लागि म्यानमारकी राजदूत थिइन्। खिन सन् १९६० देखि १९६७ सम्म भारतका लागि राजदूत भइन्। त्यतिबेला भारतस्थित म्यानमार दूतावासले नै नेपाल हेर्थ्यो। आमा खिनसँगै सु ची पनि नेपाल आइन्। तत्कालीन राजा वीरेन्द्रसँग उनले पनि भेट्ने मौका पाइन्। 

आमा नेपालका लागि गैरआवासीय राजदूत, पति नेपाल विज्ञ– यी दुई कुराले उनलाई नेपालसँग झन् नजिक्यायो।

सन् १९८५ मा एरिससँग नेपाल आउँदा उनी ६ महिना निरन्तर काठमाडौंमा बसिन्। कीर्तिपुरमा बस्थिन् उनी। काठमाडौंको नगलस्थित धर्मकीर्ति विहारमा दिनै बौद्ध शिक्षा लिन जान्थिन्। आफू बौद्ध शिक्षा लिन्थिन् र त्यहाँ रहेका १५ जनालाई अंग्रेजी सिकाउँथिन्। उनकी गुरु थिइन्– भिक्षुणी थम्मवती। शुक्रबार नेपालको तीनदिने भ्रमणमा आउँदा उनले गुरुआमा थम्मवतीलाई भेट्ने समय छुट्टयाएकी छन्। 

एरिससँग उनी दुई–तीनपटक नेपाल आइन्। एकपटक बौद्ध धर्मअनुसार छोराको ब्रतबन्ध गर्न आएकी थिइन्। धर्मकीर्ति विहारमै ब्रतबन्ध भयो। नेपाल बस्दा उनले नेपाली र नेवारी भाषा पनि सिकिन्। नेपाली र नेवारी शब्दको उनलाई सामन्य ज्ञान छ। सु चीले नेपाल बस्दाको अनुभव आफ्नो पुस्तक 'लेट्स भिजिट टु नेपाल' मा व्यक्त गरेकी छन्। 

'विश्वमै अतिकम विकसित र अति सुन्दर यो सानो देशले थुप्रै पश्चिमी राष्ट्रका पर्यटकलाई आकर्षण गरिरहेको छ,' सन् १९९८ मा प्रकाशित पुस्तकमा उनले नेपालको बयान गरेकी छन्। 'टुरिस्ट गाइड' शैलीमा लेखिएको पुस्तकमा काठमाडौंका मठमन्दिर, दरबार, संस्कृति, भाषा र बौद्ध धर्मबारे वर्णन छ। 

अन्तिमपटक नेपाल आएपछि सु ची म्यानमार फर्किइन्, एरिस छोरालाई लिएर बेलायत गए। 
त्यसपछि सन् १९८८ मा म्यानमारमा सैनिक शासनविरुद्ध आन्दोन चर्कियो। त्यसको नेतृत्व सु चीले गरिन्। सैनिक शासन ढल्यो, अन्तरिम सरकारले निर्वाचन घोषणा गर्योत। सन् १९९० मा भएको निर्वाचनमा सु चीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले दुईतिहाइ बहुमत ल्यायो। पार्टीले उनको नाम प्रधानमन्त्रीका लागि सिफारिस गर्योर।

प्रधानमन्त्रीको सपथ लिनु केही दिनअघि वरिष्ठ सैनिक जनरल थान स्वेले 'कू' गरे र सु चीलाई नजरबन्दमा राखे। त्यसपछि पति एरिसलाई म्यानमार छिर्न र सु चीलाई देश छाड्न दिइएन। सन् १९७१ मा उनीहरूको विवाह भएको थियो।

सन् १९९९ मा एरिसको मृत्यु भयो। सु ची सन् २०१० सम्म पटक–पटक गरी १५ वर्ष नजरबन्दमा रहिन्। 

चेली लामो समय नजरबन्दमा परेपछि सु चीलाई भेट्न गुरुआमा धम्मवती म्यानमार पुगिन्। धम्मवती म्यानमारमा प्रख्यात थिइन्, त्यसैले उनलाई सु चीसँग भेट्ने अनुमति दिइयो। 'यो देशको शासक एकदम त्रू्कर छ। मलाई म्यानमारमा बस्न दिएनन् भने म नेपालमा बस्न चाहन्छु। मलाई नेपालमा बस्ने वातावरण बनाइदिनुहोला,' सु चीले धम्मवतीलाई भनेकी थिइन्। यो कुरा धम्मवतीले पछि सुवेदीलाई सुनाएकी थिइन्। 

'मलाई थोरै–थोरै नेपाली बोल्न आउँछ,' सुवेदीसँगको भेटमा सु चीले भनिन्। 

सुवेदीलाई पनि जान्ने जिज्ञासा जाग्यो, 'के–के आउँछ, हजुरलाई?'

'यसलाई चाय भन्छ,' टेबलमा राखिएको कपतर्फ देखाउँदै उनले भनिन्। 

'नेपालमा यसलाई चिया भन्छ,' सुवेदीको जवाफ सुनेपछि सु ची हाँसिन्।

लामो समय भारत बसेको र अध्ययन गरेको प्रभाव उनमा थियो। भेटमा सुवेदीले नेपालसम्बन्धी उनको पुस्तक 'लेट्स भिजिट टु नेपाल' बारे जिज्ञासा राखे। 

'मेरो नामसँग मिल्ने बिरुवा भेटिए त यहाँ जरै उखेलेर फाल्छन्। मैले लेखेको पुस्तक अहिले कहाँ पाउनु,' उनले सटिक जवाफ दिइन्। 

माओवादीका सम्बन्धमा पनि सु चीले बु‰न चाहिन्, 'माओवादी के हो?' माओवादी प्रसंगपछि उनले नेपालका दुई नेता असाध्यै मनपर्ने बताइन्– राजा वीरेन्द्र र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला। वीरेन्द्रलाई सानै छँदा भेटेकी थिइन् भने कोइरालाबारे सुनेकी मात्र थिइन्। पति एरिसले कोइरालाबारे उनलाई बारम्बार बताइरहन्थे रे!

'वीरेन्द्र र गिरिजा दुवैजना बित्नुभयो, कतै नेपाललाई दशा त लागेको होइन?' उनले चिन्ता व्यक्त गरिन्। 

सुचीका पिता बोजो आङ साङ र नेपाली कांग्रेसबीच पनि सम्बन्ध थियो। बोजो जापान र बेलायतबाट म्यानमारलाई स्वतन्त्र बनाउने प्रमुख योद्धा थिए। म्यानमारलाई स्वतन्त्र घोषणा गर्नु केही दिनअघि मात्र सेनाले १७ वटा गोली हानेर उनलाई मारेको थियो। २०१७ सालमा राजा महेन्द्रले कू गरी सत्ता हातमा लिएपछि कांग्रेसले सशस्त्र संघर्ष गर्दा बोजोको पार्टीले हातहतियार उपलब्ध गराएको थियो। 

'यहाँ नेपाली हुनुहुन्छ तपाईंलाई थाहा छ?' सु चीले विषय मोडिन्।

सुवेदीले टाउको हल्लाएर थाहा भएको जानकारी दिए।

सु चीले थपिन्, 'नेपालीले साह्रै गुन लगाएका छन् हामीलाई।'

उनी भन्दै गइन्, 'नेपाल गौतम बुद्धको देश, सबै म्यानमारबासीले श्रद्धा गर्छन्। यहाँबाट जापानी सेनालाई लखेट्ने पनि ब्रिटिस गोर्खा सेना।'

सु चीले सन् १९६५ को घटनालाई विशेष चासोका साथ स्मरण गरिन्। त्यतिबेला म्यानमारमा करिन सेनाको जगजगी थियो। करिन सेनाले म्यानमारको १५ मध्ये १४ राज्यमा कब्जा जमाइसकेको थियो। बाँकी एक राजधानीको आधा भाग पनि करिन सेनाले कब्जामा लिएपछि म्यानमार सेना आत्मसमर्पण गर्ने मनस्थितिमा थियो। त्यतिबेला अन्तिम विकल्पका रूपमा गोर्खाली सेनालाई अघि सारियो। केही दिनमै गोर्खाली सेनाले करिन सेनालाई तहसनहस पारिदियो।

'यसकारण म्यानमारबासीले नेपालीलाई असाध्यै माया गर्छन्,' सु चीले भनिन्। 

सु चीलाई भेट्न जाँदा सुवेदीले तीनवटा उपहार लगेका थिए– खुकुरी, करुवा र बुद्धमूर्ति। 'यो किन ल्याउनुभएको?' सु चीको प्रश्नले उनलाई एकछिन अप्ठेरोमा पार्योु।

सुवेदीले कूटनीतिक शैलीमा जवाफ दिए, 'खुकुरीले निरन्तर संघर्ष गर्न सिकाउँछ, जुन तपाईंले गर्दै आउनुभएको छ। तपार्इंले रोप्नुभएको प्रजातन्त्र र मानवअधिकारको बिरुवामा पानी हाल्न करुवाले सघाउँछ। बुद्ध शान्तिका प्रतीक। तपाईंको यात्राको सहयात्री।' 

'सो स्विट,' सु ची हाँसिन्। 

'बुद्धले दिएको ज्ञानकै कारण मैले १५ वर्ष एउटै घरभित्र बिताउन सकेको हुँ,' बुद्धको मूर्तिलाई ढोगेर बैठक कोठामा राख्दै उनले भनिन्। 

'नेपाली महिलाले कपालमा बाँध्ने हुन्छ नि, रातो–रातो...?' सु चीले सोधिन्। 

'लाछा,' सुवेदीको जवाफ। 

'हो, मलाई असाध्यै मनपर्छ,' उनले भनिन्, 'साडी, चोलो, पोते पनि। तपाईं मलाई ल्याइदिन सक्नुहुन्छ?' 

एक सातापछि सुवेदीले चुरा, पोते, साडी, चोलो, लाछासहितको उपहार सु चीलाई पठाइदिए। सु चीले पाइन् कि पाइनन् उनलाई थाहा भएन।

३५ मिनेट समय लिएका सुवेदीले सु चीसँग साढे दुई घन्टा कुराकानी गरे। सुवेदीलाई बिदाइ गर्न उनी घरको गेटसम्मै पुगिन्। उनका आँखा रसाइरहेका थिए। 

'मलाई नेपाल आफ्नै घर जस्तो लाग्छ, तपाईंलाई बिदाइ गर्दा मलाई एरिसको सम्झना आइरहेको छ,' नमस्कार गर्दै सु ची फरक्क फर्किन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस