काठमाडौं- केन्द्रीय संगठन छरितो नहुँदा बैठकमा कोरमै नपुग्नेलगायत झन्झट बेहोर्दै आएका राजनीतिक दल सांगठनिक मोडल चुस्त बनाउन गम्भीर देखिँदैनन्। भागबन्डा मिलाउनैका लागि सयौंको केन्द्रीय समिति बनाएर तल्लो तहमा आलोचित पार्टीहरूले हुँदाहुँदा पदाधिकारी तह नै 'जम्बो' आकारको बनाउन थालेका छन्।
नवौं महाधिवेशनबाट पार्टीलाई चिनियाँ मोडलको मिल्दोजुल्दो सांगठनिक संरचनामा ढाल्ने कसरतमा रहेको एमालेले भागबन्डा पुर्यािउनकै लागि पदाधिकारी तह जम्बो आकारको बनाउँदैछ।
आसन्न महाधिवेशनबाट एमालेमा उपाध्यक्ष र सचिव पाँच–पाँच तथा दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहनेछन्।
अध्यक्ष झलनाथ खनाल नेतृत्वको कार्यदलको बिहीबार बैठकले उपमहासचिवको नयाँ पद सिर्जना गर्दै उपाध्यक्ष र सचिवमा दुई–दुईजना थप्ने सहमति जुटाएको हो।
कार्यदलका अन्य सदस्यको धारणा सुनेपछि अध्यक्ष खनालले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। सोही प्रस्तावअनुसार अध्यक्ष एक, वरिष्ठ नेता एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्थामा सहमति भएको हो। 'वरिष्ठ नेता' पद भने निवर्तमान अध्यक्ष नभएको अवस्थामा मात्रै राख्ने व्यवस्था गरिँदैछ।
आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा गएको एमालेभित्र उपाध्यक्ष र सचिवको संख्या तीन/तीन थियो। अध्यक्ष खनालले नेतृत्व दाबेदार दुवै पक्ष (माधव नेपाल–केपी ओली) का चाहनाअनुसार संख्या बढाउने प्रस्ताव गरेका हुन्।
'अध्यक्ष खनालले दुवै पक्षको चाहना बुझेर पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका हुन्,' कार्यदलका एक सदस्यले नागरिकसँग भने, 'ओलीलाई अहिलेका पदाधिकारीबाहेक अरूलाई पनि पदाधिकारीमा लैजान दबाब थियो भने नेपालतिर समान हैसियत भएका धेरै नेता थिए। अहिलेको व्यवस्थाले नेताहरूको व्यवस्थापन सजिलो भएको छ।'
बैठकमा अध्यक्ष खनालले तीन उपमहासचिव राख्ने प्रस्ताव गरे पनि केही सदस्यले विरोध गरेपछि दुईमा झारिएको कार्यदलका ती सदस्यले जानकारी दिए।
बैठकमा केन्द्रीय सदस्य संख्या १ सय ४९ पुर्याकउने सहमति भएको कार्यदलका सदस्य प्रकाश ज्वालाले नागरिकलाई बताए। त्यसमध्ये १ सय १५ सदस्य पूर्ण र ३४ जना वैकल्पिक सदस्य रहनेछन्। नयाँ विधान पारित भए ५० सदस्यीय पोलिटब्युरो र १७ सदस्यीय स्थायी कमिटी रहनेछ। यसलाई असार १९ देखि २५ सम्म आयोजना हुने महाधिवेशनमा अनुमोदनका लागि प्रस्तुत गरिनेछ। केन्द्रीय कमिटीको एकतिहाइको पोलिटब्युरो, पोलिटब्युरो सदस्यको एकतिहाइको स्थायी कमिटी रहने विधानमा व्यवस्था छ।
अनुशासन आयोगका अध्यक्ष र सल्लाहकार परिषदका अध्यक्षको हैसियत स्थायी कमिटी सदस्य र निर्वाचन आयोगका अध्यक्ष र लेखा आयोग अध्यक्षको हैसियत पोलिटब्युरो सदस्यसरह हुनेछ। आयोगका सचिव पनि यसपटक निर्वाचनबाट छानिनेछन्।
केन्द्रीय कमिटी बैठकमा संगठन विभाग प्रमुखसमेत रहेका सचिव युवराज ज्ञवालीले प्रस्तावमा सहमति जुट्न नसकेपछि अध्यक्ष खनालको संयोजकत्वमा १२ सदस्यीय कार्यदल गठन गरिएको थियो।
विकास क्षेत्रको अवधारणाअनुसार उपाध्यक्ष व्यवस्था गर्न लागिएको हो भने सचिवका लागि यसपटक परिभाषित जिम्मेवारी तोकिँदैछ। महासचिवका सहयोगी उपमहासचिवको कार्यक्षेत्र केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको छ।
विधान संशोधनमा सचिवका लागि भने प्रचार, केन्द्रीय सचिवालय, राज्य मामिला, संगठन विभाग र मोर्चा संगठनको जिम्मेवारी दिने प्रस्ताव छ। परिभाषित जिम्मेवारी नभएका कारण उपाध्यक्ष र सचिव नै कामविहीन बनेको भनी आलोचना हुँदै आएको छ।
'संक्रमणकालीन अवस्थामा धेरै प्रकारका विषयलाई ध्यान दिनुपर्ने भएकाले संख्या अलि बढी हुनु स्वाभाविक नै हो। सामान्य अवस्थामा भने सानो हुन्छ,' कार्यदलका सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य विष्णु रिमालले नागरिकसँग भने, 'नेतृत्व हस्तान्तरणको विषयमा पार्टी संक्रमणकालीन अवस्थामा छ।'
'ध्रुवीकरण बढे पार्टी सञ्चालन जटिल'
एमालेमा नयाँ नेतृत्वका लागि भइरहेको तीव्र ध्रुवीकरणले पार्टी सञ्चालनमा जटिलता थप्ने भन्दै दोस्रो पुस्ताका नेताले चिन्ता व्यक्त गरेका छन्।
अध्यक्षका आकांक्षीद्वय वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षधरले देशभर छुट्टाछुट्टै कार्यक्रम गरिरहेका छन्। दुवै पक्षले प्रस्तुतिलाई शालीन बनाउने भने पनि आफूनिकट कार्यकर्ता भेलामा चर्को आरोप–प्रत्यारोप गरिरहेका छन्।
पार्टी सञ्चालन सहज बनाउन महाधिवेशनका प्रतिनिधिले विवेक पुर्याकउनुपर्ने अवस्था आएको दोस्रो पुस्ताका नेता औंल्याउँछन्। तीव्र ध्रुवीकरणका कारण महाधिवेशनपछि एउटा पक्ष पूरै बढारिने सम्भावना रहेको उनीहरू बताउँछन्।
एमाले नेता रघु पन्तले एउटा मात्रै पक्षले जिते पार्टीभित्र जटिलता थपिने बताए। 'एउटा पक्षले मात्रै जित्न अवस्था नआउला भन्न सकिन्न। त्यस्तो अवस्था आउन नदिन कस्तो समाधान खोज्ने भन्ने विषयमा प्रतिनिधि र नेताहरूले ध्यान दिनुपर्छ,' उनले भने, 'विगतका घटनाबाट पाठ सिक्नुपर्छ।'
प्यानल बनाएर प्रतिस्पर्धा गरेकैले बुटवलमा भएको आठौं महाधिवेशनपछि लामो समय पार्टी सञ्चालन राम्रोसँग हुन नसकेको र पार्टीभित्र तलदेखि माथिसम्म चिरा परेको उनले बताए।
छैठांै महाधिवेशनमा वामदेव गौतम र सिपी मैनालीको प्रगतिशील सुधार कार्यक्रम पक्षधरले निर्वाचन बहिष्कार गरेको थियो। बहिष्कार गर्ने समूहलाई समेट्ने विषयमा एमाले विभाजन भएको थियो।
'छैठांै महाधिवेशनपछि हामी फुट्यौं। त्यस्ता गल्ती दोहोरिन नदिने हो भने निर्वाचित भएर आउने प्रतिनिधिले विवेकसम्मत निर्णय गर्नुपर्छ,' पन्तले नागरिकसँग भने, 'सैद्धान्तिक रूपमा सक्षम, आर्थिक रूपले पारदर्शी, चरित्रवान, नैतिक, आर्थिक दृष्टिकोणले पनि निष्कलंक, वैचारिक रूपले योग्य व्यक्ति नेतृत्वका लागि चाहिने मुख्य गुण हुन्। यो विषयमा प्रतिनिधिले ध्यान दिनुपर्छ।'
प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली भने प्रतिनिधि छनोटपछि नेतृत्व सर्वसम्मत हुने सम्भावना औंल्याउँछन्। प्यानल नै बनाएर लड्ने अवस्थामा कार्यकर्ताले विवेक पुर्यासउने उनको धारणा छ।
'प्रतिनिधि चयन भएर आएपछि एकप्रकारको पूर्वानुमान हुन्छ र सहमतिमा नयाँ पहल सुरु हुन्छ,' ज्ञवालीले भने, 'प्यानल नै बन्यो भने कार्यकर्ता विवेकी हुनाले आन्दोलनमा सकारात्मक योगदान गर्नेलाई जुन–जुन प्यानलमा भए पनि जिताउँछन्।'
उनले महाधिवेशनबाट एकपक्षीय नेतृत्व बन्ने सम्भावना नरहेको पनि बताए। 'पार्टीमा जबज (जनताको बहुदलीय जनवाद) का पक्षमा दृढतापूर्वक उभिने, पार्टीलाई एउटा गतिका साथ अघि लैजानुपर्छ भन्ने विषय पार्टीभित्र सुदृढ बन्दै गएको छ,' ज्ञवालीले भने, 'सकारात्मक सोच राख्ने साथी सबै समेटिन्छन्, हामी सबैलाई समेट्छौं।'