एमाले अध्यक्षमा ओलीको दाबेदारी
२६ जेष्ठ २०७१
•
८ मिनेट पाठ
एमाले अध्यक्षमा ओलीको दाबेदारी
काठमाडौं- एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आसन्न नवौं महाविधेशनअन्तर्गत कार्यसमिति निर्वाचनमा आफू अध्यक्ष पदमा उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छन्। राजधानीको भृकुटीमण्डपमा सोमबार आयोजित कार्यकर्ता भेलामा ओलीले पार्टीलाई सामूहिक नेतृत्वका आधारमा अघि बढाउने प्रतिबद्धतासहित उम्मेदवारीका लागि तेह्रबुँदे घोषणापत्रसमेत सार्वजनिक गरे।'पार्टीको मुख्य नेता म्याराथन धावक होइन, ऊ सामूहिक नेतृत्वको एउटा अंग हो, विचार, संगठन र समग्र नेतृत्वको सहजकर्ता हो,' ओलीले घोषणासभामा ओलीले नेतृत्वका लागि आफ्नो स्वास्थ्य समस्या नहुने प्रस्ट पार्दै भने, 'मेरालागि पार्टी सञ्चालनमा स्वास्थ्य कुनै प्रतिकूलताको विषय होइन।' उनले दुब्लो, ख्याउटे व्यक्ति नेता हुँदा 'नायबी' चलाउनुपर्ने र 'धमर्धुस' व्यक्ति नेता हुँदा पार्टी 'भीमसेन' हुन्छ भन्ने भ्रम आफूमा नरहेको भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरे।
आफ्नो कमजोर स्वास्थ्यलाई महाधिवेशनको मुद्दा बनाएको भन्दै अध्यक्षका अर्का दाबेदार वरिष्ठ नेता माधवकुमार नेपाल पक्षप्रति कटाक्ष गर्दै उनले भने, 'म किड्नी फेरेको मानिसले उग्रवामपन्थसँग संघर्ष गरेँ,' ओलीले भने, 'तर, किड्नी सद्दे भएका नेताहरू संघर्ष नभई सम्झौतामा जोड दिन्थे।' 
बिरामी भएर अस्पताल भर्ना भएका बेला आफूमाथि प्रहार सुरु भएको गुनासो ओलीको थियो। 'घाइतेमाथि प्रहार गर्नु युद्धको नियम होइन। हाम्रा पुर्खा बिहान भएपछि शंख बजाएर युद्ध सुरु गर्थे। राति सुतेका बेला र घाइतेमाथि कहिल्यै प्रहार गर्दैनथे,' उनले भने, 'बिरामी भएर अस्पताल पुग्नासाथ म माथि प्रहार सुरु भइहाल्यो। यो राम्रो संस्कृति होइन।' 
औचित्य, आधार र न्यायका आधारमा मात्रै पार्टी एकता कायम हुनसक्ने उनले बताए। 'आधाले काम पाउने र आधा बाहिरै बस्ने अवस्थाले पार्टीलाई अघि लैजान सक्दैन,' ओलीले थपे, 'महाधिवेशनले अध्यक्ष निर्वाचित गरे सबैलाई जिम्मेवारी दिन्छु।'
झापा संघर्षबाट सुरु भएको आफ्नो राजनाीतिक जीवन खुला किताबजस्तो रहेको भन्दै उनले राजनीतिक यात्रामा कहिल्यै गलत सम्झौता नगरेको दाबी गरे। 'झापा आन्दोलनदेखि नै जुझारु र व्यावहारिक रूपमा अघि बढेँ। त्यसले वामपन्थी दलहरूबीच एकताका लागि सञ्जीवनीको काम गर्यो ,' ओलीले भने, 'युवा अवस्थामा मैले साँठगाँठ गरिनँ। कागज गर्न मानिनँ। विभिन्न अवस्थामा देखिएका समस्यासँग संघर्ष गर्दै आएँ।' 
माओवादी सशक्त भएको समयमा ऊसँग संघर्ष गरेको उनले सम्भि्कए।
कार्यक्रममा छ पदाधिकारी तथा ओलीनिकट केन्द्रीय सदस्य र सभासदको उपस्थिति थियो। उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेलले नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउनुपर्ने कारण प्रस्तुत गरेका थिए। 




नेपालप्रति आक्रामक
कार्यक्रममा पदाधिकारीहरू अध्यक्षका अर्का आकांक्षी नेपालप्रति निकै आक्रमक रूपमा प्रस्तुत भएका थिए। उनीहरूले वैचारिक विषयमा जस्तै नेतृत्वमा समेत सहमति हुन लागेका बेला वरिष्ठ नेता नेपालले भाँजो हालेको आरोप लगाए।
'लड्न खोज्नेलाई सहानुभूतिभन्दा अरु केही भन्न सकिँदैन,' गौतमले भने, 'माधवकुमार नेपाल पार्टीभित्रको चुनावमा कहिल्यै पराजित हुनुभएको छैन, अहिलेको चुनावमा उहाँलाई उठ्न नसक्ने गरी पराजित गर्नुपर्छ।' गौतमले नेपाललाई पूर्वाग्रही र पदलोलुप भएको आरोप लगाउँदै नेपाल पार्टीका लागि अपरिहार्य नेता नभएको दाबी गरे। 
महासचिव ईश्वर पोखरेलले विगतमा लामो समयदेखि नेतृत्व गर्ने व्यक्तिको पुनरावृत्ति नहुने बताए। सचिव विष्णु पौडेलले वरिष्ठ नेता नेपालले १५ वर्षसम्म नेतृत्व गर्दा नै नेतृत्व क्षमता देखिसकेको जनाउँदै उनले अध्यक्षमा प्रतिस्पर्धा गर्नुअघि अझै के गर्न बाँकी छ भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताए। 

स्वास्थ्यकै चासो
कार्यक्रममा आधा घन्टाभन्दा बढी सम्बोधन गर्ने क्रममा ओलीले आफ्नो स्वास्थ्य अवस्था, आफूमाथि लागेको आरोप, आफ्नो योगदान र नेतृत्व दाबीको औचित्यबारे प्रस्ट्याएका थिए। 
ओली थाइल्यान्डको बैंककमा एक महिना लामो उपचार गराएर भर्खरै फर्किएका हुन्। यसअघि नयाँ दिल्लीको म्याक्स अस्पतालमा ओलीकेा डेढ महिना उपचार भएको थियो। सोमबारको कार्यक्रम ओलीको थाइल्यान्डबाट फर्किएपछि पहिलो सार्वजनिक कार्यक्रम हो। 
कार्यक्रममा उपाध्यक्ष गौतमले मिर्गाैला प्रत्यारोपणपछि हुनसक्ने संक्रमणको जोखिमसमेत पर्वाह नगरी लाग्ने ओलीलाई अध्यक्ष बनाउनुपर्ने बताए। 'जुन व्यक्तिले पाइला–पाइलामा, सेकेन्ड–सेकेन्डमा मृत्युसँग लडेर पनि काम गरिरहेको छ, उसैलाई हाम्रो नेता बनाउनुपर्छ,' उनले भने। 
महासचिव पोखरेलले शारीरिकभन्दा वैचारिक बिरामी गम्भीर हुने बताए। 'हिँडिरहेको व्यक्तिलाई अहिले केही हुनसक्छ। माधवकुमार नेपाल पनि अस्पतालमा भर्ना हुनुभएकै हो,' पोखरेलले भने, 'शारीरिक रोगको उपचार हुन्छ। तर, विचारमा गम्भीर रोग लाग्यो भने त्यसले गम्भीर समस्या ल्याउँछ।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस