काठमाडौं- नेकपा एमालेको नवौं महाधिवेशन नजिकिँदै गर्दा केपी ओलीले गुटगत भेला गरेको भन्दै नेता माधवकुमार नेपालले आक्रोश पोखेका छन्। सोमबार बुद्धनगरमा आयोजित कार्यक्रममा महाधिवेशनसम्बन्धी दस्तावेज सार्वजनिक गर्दै नेता नेपालले विचारलाई पाखा लगाएर भागबण्डा गरेको आरोप लगाए।
'गुटगत भेला गर्नु राम्रो हैन। भेला गर्नै परे पार्टीले आयोजना गरोस्,' उनले भने, 'यस विषयमा मैले केन्द्रीय समितिमा प्रस्ताव गरेको छु।'
नेता नेपालले आजै आफ्नो पक्षधरका उम्मेदवार सार्वजनिक गर्दैछ।
'गुटगत भेला गर्नु राम्रो हैन। भेला गर्नै परे पार्टीले आयोजना गरोस्,' उनले भने, 'यस विषयमा मैले केन्द्रीय समितिमा प्रस्ताव गरेको छु।'
नेता नेपालले आजै आफ्नो पक्षधरका उम्मेदवार सार्वजनिक गर्दैछ।