बैठकै त्यागेर एमाले नेताहरु गुटगत भेलामा
१८ जेष्ठ २०७१
•
९ मिनेट पाठ
बैठकै त्यागेर एमाले नेताहरु गुटगत भेलामा
काठमाडौं– नवौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा संस्थागत गतिविधिभन्दा गुटगत गतिविधिले तीव्रता पाएको छ। केन्द्रीय कमिटी बैठकमा यसबारे कुरा उठे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओली पक्षले आ–आफ्नै गुटगत गतिविधि झनै तीव्र पारेका छन्।
पार्टीको केन्द्रीय कमिटीको जारी बैठकै छाडेर नेताहरू काठमाडौं र बाहिरी जिल्लामा आयोजना हुने गुटगत भेलामा सक्रिय हुन थालेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकमा नवौंं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल चल्दै गर्दा प्रमुख नेताहरू भने गुटको भेलामा सक्रिय थिए।

अध्यक्ष झलनाथ खनालले राजनीतिक प्रतिवेदन पारित भएको घोषणा गर्दा मञ्चमा खनालसँग सचिव युवराज ज्ञवाली मात्रै थिए। बैठक नसिकिँदै उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल पूर्वाञ्चलको अगुवा कार्यकर्ता भेलामा सहभागी हुन बाहिरिए। वरिष्ठ नेता नेपालसहित उनी पक्षधर सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि बैठक चलिरहेकै बेला मेची अञ्चलस्तरीय कार्यकर्ता भेला सम्बोधन गर्न झापा पुगे।

यता ओली पक्षका नेता शंकर पोखरेल सिन्धुपाल्चोकमा आयोजना गरिएको भेलामा गएका थिए। महत्त्वपूर्ण बैठक छाडेर प्रमुख नेताहरू सहभागी भएका ती कार्यक्रम पार्टीको संस्थागत नभएर आ–आफ्ना गुटले आयोजना गरेका हुन्।

नेपाल समूहले कोसी अञ्चलस्तरीय भेला जेठ २३ गते इटहरीमा आयोजना गर्ने तयारी गरेको छ। नेपाल समूहले सबै विकास क्षेत्र र मोर्चा संगठनमा आबद्ध अगुवा कार्यकर्ताको छुट्टाछुट्टै भेला राजधानीमा आयोजना गरिसकेको छ। 'प्रतिनिधि छनोटअघि नै जिल्ला–जिल्लामा समेत कार्यक्रम अघि बढाउँछौं,' नेपाल समूहको गतिविधि संयोजन गर्दै आएका केन्द्रीय सदस्य योगेश भट्टराईले भने, 'हामीले उठाउँदै आएको विचारलाई केन्द्रीय कमिटीले पारित गरेको छ। त्यसमाथि अझै राम्रोसँग छलफल होस् भनेर तल्लो जिल्ला जाने योजना बनाएका हौं।' नेपाल समूहले यसका लागि आफूनिकट केन्द्रीय सदस्यलाई परिचालन गर्ने तयारी गरेको छ।

ओली समूहले राजधानीमा अञ्चलस्तरीय र जिल्ला–जिल्लामा भेला सँगसँगै अघि बढाएको छ। आइतबार मात्रै राजधानीमा पूर्वाञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको थियो। त्यसलाई उपाध्यक्ष गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, प्रचार विभागका प्रमुख प्रदीप ज्ञवाली, मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य धर्मनाथप्रसाद साह, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले सम्बोधन गरेका थिए।

त्यस्तै, सोमबार रामेछाप जिल्लामा कार्यक्रम हुँदैछ। 'जनकपुर, नारायणी, लुम्बिनीमा अञ्चलस्तरीय कार्यक्रम आयोजना हुनेछ,' ओली समूहको कार्यक्रम समन्वय गर्दै आएका युवा नेता राजन भट्टराईले भने, 'केन्द्रीय स्तरको कार्यक्रम आयोजना गर्ने विषयमा तयारी भए पनि निर्णय भइसकेको छैन।' भट्टराईले यस्ता कार्यक्रम जेठ २४ गतेअघि नै हुने पनि बताए।

दुवै समूहले गतिविधि तीव्र पार्न सम्पर्क कार्यालयसमेत खोलेका छन्। मदन भण्डारी फाउन्डेसनको नाममा बुद्धनगरमा ओली पक्षले कार्यालय सञ्चालन गर्दै आएको छ भने नेपाल पक्षले मदन भण्डारी अध्ययन केन्द्रको नाममा अनामनगरमा कार्यालय चलाउन थालेको छ। ती कार्यालयमार्फत दुवै समूहले जिल्ला–जिल्लामा आफूनिकट नेता/कार्यकर्तासँग सम्पर्क र समन्वय गर्दै कार्यक्रम संयोजन गर्ने गरेका छन्।

नीतिभन्दा नेतृत्वको विषयमा बढी केन्द्रित भएर गरिएको गुटगत कार्यक्रमले पार्टीभित्र दीर्घकालीन समस्या उत्पन्न गराउने भन्दै कतिपय नेताले यस्ता गतिविधि अन्त्य हुनुपर्ने धारणा राखेका छन्।

अध्यक्ष खनालले त पार्टीभित्र देखिएको गुटगत गतिविधि रोक्न दुवै पक्षलाई आग्रह गरेका छन्। शीर्ष नेतृत्वका लागि सुरु भएको गुटगत गतिविधिप्रति लक्षित गर्दै अध्यक्ष खनालले भने, 'गुटबन्दी, समूहबन्दी र प्यानलको गतिविधिले पार्टी एक हुनसक्दैन। देश र पार्टी अघि बढ्न सक्दैन। जनताले एकताबद्ध पार्टी खोजेका छन्।'

उपत्यका समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा खनालले वरिष्ठ नेता नेपाल र संसदीय दल नेता ओलीको नाम नलिई पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे।

अनुशासन आयोगका अध्यक्ष अमृत बोहोराले अहिले भइरहेको गतिविधि पार्टीका लागि हितकर नभएको जनाउँदै रोक्न आग्रह गरे। 'विगतमा विचारका आधारमा यस्तो भेला आयोजना हुने भए पनि अहिले नेतृत्वको विषयमा केन्द्रित भएका छन्। त्यसलाई व्यवस्थित गर्न सकिएन भने दीर्घकालीन असर पर्छ,' बोहोराले नागरिकसँग भने, 'एउटै मञ्चबाट कार्यक्रम आयोजना गर्ने, आचारसंहिता निर्माण गर्ने र व्यक्तिगत आरोप–प्रत्यारोप नगर्नेगरी व्यवस्थित गर्नुपर्छ।'

यसपटक नीतिगत विषयमा दुवै पक्षबीच सहमति भएकाले पनि विचारका आधारमा भन्दा नेतृत्वलाई केन्द्रविन्दुमा राखेर दुई पक्षबीच तीव्र प्रतिस्पर्धा भएको हो।

एमाले महासचिव ईश्वर पोखरेलले नेतृत्व हस्तान्तरण विषय उठाउँदै आफूहरूमाथि सिन्डिकेटको आरोप लगाइएकोमा असन्तुष्टि जनाएका छन्। पूर्वाञ्चलका कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै पोखरेलले 'कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी हुनु हुँदैन भन्दा यस्तो आरोप लागेको' बताए।

'नेतृत्व हस्तान्तरण गरौं भन्दा हामीमाथि सिन्डिकेट लागू गर्न खोजेको आरोप लगाउने काम भएको छ,' महासचिव पोखरेलले भने, 'कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी कोही नबसौं भन्दा हामीमाथि यस्तो आरोप लगाइँदैछ।'

कार्यक्रममा उपाध्यक्ष गौतमले संसदीय दलका नेता ओली अध्यक्ष हुन नसक्ने भनेर माधव नेपाल पक्षले एउटा पनि राजनीतिक कारण प्रस्तुत गर्न नसकेको बताए। कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारी, प्रचार विभागका प्रमुख प्रदीप ज्ञवाली, पोलिटब्युरो सदस्य धर्मनाथप्रसाद साह, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले बोलेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस