काठमाडौं— एमाले केन्द्रीय कमिटीको बैठकले नवौं महाधिवेशनका लागि अध्यक्ष झलनाथ खनालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गरेको छ। बैठकमा प्रतिवेदनमाथि केही सदस्यहरुले धारणा राखेका छन्। बैठकले महाधिवेशनको मुल नारा समेत तयार पारेको छ,' केन्द्रीय सदस्य योगेश भट्टराईले नागरिकन्युजसँग भने।
बल्खुस्थित मुख्याालयमा आइतबार भएको केन्द्रीय कमिटीको बैठकमा नवौं महाधिवेशनका लागि 'शान्ति पूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं, जबजको मार्गदर्शनमा समृद्ध नेपालको निर्माण गरौं' भन्ने नारा समेत तय गरेको छ।
राजनीतिक प्रतिवेदनमा नेपाली समाज पुँजीवादी चरणमा प्रवेश गरेको, २०६२–०६३ को परिवर्तनलाई राजनीतिक क्रान्ति मान्ने, आर्थिक र सामाजिक क्रान्तिका लागि आवश्यक पर्ने रणनीति तय गर्ने विषय रहेका छन्।
एमालेले असार १९–२४ गतेसम्म नवौं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ।