काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड २८ लाख रुपैयाँ बिगो दाबी गर्दै पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विश्वविद्यालयका पदाधिकारीले बद्नियतपूर्वक विश्वविद्यालयलाई नोक्सानी पुर्याएको भन्दै आइतबार अख्तियारजे मुद्दा दर्ता गराएको हो।आवेदन, सम्बन्धन र अन्य शुल्क बापत १ करोड ३२ लाख ७५ हजार रुपैयाँ र नयाँ सम्बन्धनबापत उठाउनुपर्ने २ करोड ९५ लाख ९५ हजार रुपैयाँ बद्नियतपूर्ण तरिकाले नउठाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
को को उपर मुद्दा?
१. उपकुलपति डा. महेश्वरमान श्रेष्ठ (हाल निलम्बित–हिरासतमा),
२. रजिष्ट्रार डा. निरोज पाण्डे (हाल निलम्बित–हिरासतमा),
३. परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेत (हाल निलम्बित–हिरासतमा),
४. तत्काल चिकित्सा संकाय हाल विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक (हाल निलम्बित–हिरासतमा)
५. व्यवस्थापन संकायका डिन श्यामबहादुर कटुवाल (हाल निलम्बित–हिरासतमा)
६. विज्ञान तथा प्रविधि संकायका सहडिन राजेशकुमार झा (हाल निलम्बित– हिरासतमा)
७. शिक्षा र कानून संकायका डिन शम्भुप्रसाद कोइराला (हाल निलम्बित–फरार)
मुद्दा दायर गरिएकाहरु उपर भ्रष्टाचार निवारण ऐनको दफा १७, दफा ३(१) र दफा ३(१) को खण्ड (ङ), (छ), (ज) र (झ) बमोजिम हदै सम्मको सजाय माग गरिएको छ । उपकुलपतिदेखि डिनसम्मका विशिष्ट श्रेणीका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ अनुसार थप सजाय हुनुपर्ने अख्तियारले दावी गरेको छ।
आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरिएका मध्ये शम्भुप्रसाद कोइराला बाहेक अरु सबै अख्तियारको हिरासतमा छन्। जेठ १३ गते मंगलबार उनीहरुलाई अख्तियारले पक्राउ गरेको हो। कोइराला भने अझै फरार रहेको अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले बताए।