काठमाडौं– राप्रपा नेपालले आर्थिक वर्षको अन्त्यतिर ठूलो रकामान्तर भएको भन्दै व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ। अध्यक्ष एवं संसदीय दलका नेता कमल थापाको अध्यक्षतामा आइतबार बिहान बसेको संसदीय दलको बैठकले आर्थिक वर्षको अन्त्यतिर गरिएको रकामान्नतर राष्ट्रिय सम्पत्तिको दुरुपयोग भएको ठहर गर्दै आइतबारको संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो।बैठकले यसअघि दर्ता गरिसकेको स्थानीय निकायको चुनावको तत्काल मिति घोषणा गरियोस भन्ने अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव, नेपाल बन्द कहिल्यै गर्न हुँदैन भन्ने संकल्प प्रस्ताव र भ्रष्टाचार निवारण तथा बेरोजगारी समस्याका बारे अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्ताव सम्बन्धमा सभामुखको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
ती प्रतास्तव वैठकमा सुशीलकुमार श्रेष्ठ, विराज विष्ट, भास्कर भद्रा र मा.कुन्तीकुमारी शाहीले प्रस्तुत गर्ने निर्णय गरेको राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले बताए । महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले स्थानीय निकास निर्वाचनको मिति तोक्न र भ्रष्टचारविरुद्ध देशव्यापी आन्दोन गर्ने निर्णय गरेको थियो।
विपक्षीले संसद अवरुद्ध गर्दा संसदमा प्रि बजेट छलफल सुरु हुन सकेको छैन। यसअघि एमाओवादीले आफ्ना चार सूत्रीय माग अघि सार्दै संसद अवरुद्ध गरेको थियो।