काठमाडौं— संविधान सभाको चौथो ठूलो दल राप्रपा नेपालको नेतृत्व छनौटका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान भइरहेको छ। निर्वाचनले अध्यक्ष सहित ६४ सदस्य चयन गर्नेछ। इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएको मतदानमा अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र सह अध्यक्ष पद्मसुन्दर लावतीबीच प्रतिस्पर्धा हुनेछ।दलित पुरुष ऋषिबाबुर परियार र श्रवणकुमार नेपाली निर्विरोध निर्वाचित भएका छन्। कर्णाली महिलातर्फ गणेशकुमारी हमाल निर्विरोध निर्वाचित भएकी छन्। यसैगरी अल्पसंख्यक महिलातर्फ मदिना खातुन निर्विरोध निर्वाचित भएकी छन्।
३१ जना खुलातर्फको केन्द्रीय सदस्यमा १०५ जना प्रत्यासी छन्। महिलामा १३ जनाका लागि ४८ प्रत्यासी छन्।
दलित महिलामा १ जनाका लागि ४ प्रत्यासी छन्। अल्पसंख्यक पुरुषतर्फ एक सदस्यका लागि ३ जना प्रत्यासी छन्। एक सिटका लागि प्रवासतर्फ दुई प्रत्यासी छन्। मधेसी पुरुषतर्फ ४ जनामा १५ जना प्रत्यासी छन्। मधेसी महिलातर्फ २ जनामा ३ जना प्रत्यासी छन्।
कर्णालीमा १ जनामा ३ प्रत्यासी छन्। आदिबासी जनजाति महिलातर्फ २ जनामा ११ प्रत्यासी छन्। आदिबासी जनजाति पुरुषतर्फ ३ सिटका लागि १५ जना प्रत्यासी छन्। कूल २ हजार ९ मत रहेको छ। बिहान ८ बजेदेखि मतदान सुरु भए पनि ७ सयभन्दा बढी मत खस्न सकेको छैन।
निर्वाचनबाट अध्यक्ष सहित ६४ जना सदस्य छानिनेछन्। विधानअनुसार १२७ केन्द्रीय समिति रहनेछ। सो मध्ये आधा निर्वाचित अध्यक्षले मनोनित गर्नेछन्।
१० जेठदेखि सुरु भएको महाधिवेशनमा नेतृत्व छनौटका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। २ बजेसम्म ८ सय ७५ प्रतिनिधिले मतदान गरेको निर्वाचन कमिटीका प्रमुख निरञ्जन थापाले जानकारी दिए। साँझ ६ बजेसम्म मतदान सम्पन्न हुने उनले बताए। महाधिवेशनमा ७५ जिल्ला र प्रवास गरी १८ सय ७५ प्रतिनिधि मतदाता रहेका छन्।
मतदान गर्न समय लागे पनि इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरिएकाले मत परिणाम तत्कालै सार्वजनिक हुनेछ।