काठमाडौं— भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री सुशील कोइराला नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार भारतीय बजेट एयरलाइन्स जेट एयरवेजको फ्लाइटबाट कोइराला १३ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।
९ डब्लु२६३/जेएआइ २६३ कल साइनको बोइङ बी३७८ विमानबाट प्रधानमन्त्रीको टोली ९:३४ बजे त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो। प्रधानमन्त्री चढेको विमान नयाँ दिल्ली स्थित इन्दिरा गान्धी अन्तरार्ष्ट्रिय विमानस्थलमा नेपाली समयअनुसार ११ बजे अवतरण गर्नेछ।
नेपाल–भारत सम्बन्ध भारतीय जासुसी एजेन्सी र ‘ब्युरोक्रेसी'बाट निर्देशित भएको आरोप लागिरहेका बेला प्रधानमन्त्री कोइरालाले भारत भ्रमण गर्न लागेका हुन्। तीन दिने भारत बसाइमा नेपाल-भारत सम्बन्ध राजनीतिक तहमा पुर्याउनु उनको मुख्य चुनौती हुनेछ। दुई देशबीच फेरि 'राजनीतिक वार्ता' थाल्ने उनले सोमबार पत्रकारहरुलाई बताएका थिए।
कोइरालाले दिल्लीमा रहँदा नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनेछन्।
कोइराला आज साँझ मोदीको शपथ समारोहमा सहभागी हुनेछन् भने मंगलबार र बुधबारको भ्रमण औपचारिक हुनेछ। त्यस क्रममा भारतका नवनिर्वाचित प्रधानमन्त्री मोदी, राष्ट्रपति प्रणव मुखर्जी, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह, भारतीय राष्ट्रय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग भेट्ने कार्यक्रम छ। बुधबार भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीका साथै करण सिंह, शरद यादवसहित नेतासँग भेट्ने कार्यक्रम तय भइसकेको छ।
आज साँझ ६ बजे हुने भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सार्क राष्ट्रका सरकार र राष्ट्रप्रमुख सहभागी हुँदैछन्। भुटानका प्रधानमन्त्री लोचेन छिरिङ हिजै नयाँ दिल्ली पुगिसकेका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अनुपस्थित हुने भएपछि सभामुख सरिन सर्मिन चौधरीले समारोहमा भाग लिनेछन्।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्ष, अफगानिस्तानका राष्ट्रपति हमिद करजाइँ र माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयुम आजै नयाँ दिल्ली पुग्दैछन्।