काठमाडौं-नेकपा (एमाले) मा अध्यक्ष पदका दुवै आकांक्षीले नवौं महाधिवेशनका लागि छुट्टाछुट्टै सम्पर्क कार्यालय खोलेका छन्।प्यानल नै बनाएर पार्टी महाधिवेशनमा जाने तयारी गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षले आ आफ्ना गुटका गतिविधि सञ्चालन गर्न पायक स्थानमा कार्यालय सञ्चालनमा ल्याएका हुन्।
पार्टी नेताहरुका सम्पर्क कार्यालय खुलेपछि कार्यकर्ता त्यतै धाउन थालेका छन् भने पार्टी केन्द्रीय कार्यालय बल्खु महाधिवेशनको संघारमा सुनसान देखिन थालेको छ।
‘पार्टीको जरुरी काम भएका बाहेक नेता कार्यालय आउन छाड्नुभएको छ,' केन्द्रीय कार्यालयका एक कर्मचारीले भने,
‘महाधिवेशनअघि जस्तो केन्द्रीय कार्यालयमा भिडभाड हुनुपर्ने हो, तर त्यस्तो छैन। सुनसान हुने थाल्यो।'
१५ दिनअघि नेपाल पक्षले अनामनगर हनुमानस्थानस्थित लिबर्टी कलेजअगाडि सम्पर्क कार्यालय स्थापना गरेको हो। त्यसको केही समयपछि ओली पक्षले बुद्धनगरको अल्फाबिटा कम्प्लेक्ससँगै जोडिएको घरमा सम्पर्क कार्यालय खोलेको छ।
‘देशभरबाट सम्पर्क र समन्वय गर्ने काम यहाँबाट हुन्छ, यो सूचना केन्द्रको रुपमा रहेको छ। सबैलाई आउन–जान पायक पर्ने स्थान छानेका हौं,' कार्यालयको समन्वय गरिरहेका अनेरास्ववियु पूर्वउपाध्यक्ष लक्ष्मण लम्सालले भने, ‘कार्यालय सञ्चालनलबाट सबैलाई सम्पर्क गर्न सहयोग पुग्नेछ।'
अध्यक्षका आकांक्षीले चुनावी कार्यालयबाटै आफ्नो पक्षका गतिविधि सञ्चालन तथा आवश्यक रणनीति निर्माण गरिरहेका छन्। तेस्रो तलामा रहेको नेपाल पक्षको कार्यालयमा २० जनासम्म अट्ने मिटिङ हलसहित चारवटा कोठा छ। बिरामी भएर अस्पताल भर्ना हुनुअघि नेपालले महŒवपूर्ण भेटघाट आमनगरस्थित सोही कार्यालयमा गर्न थालिसकेका थिए।
ठूला कार्यक्रम भने बाहिरै सञ्चालन हुने गरेको छ। वरिष्ठ नेता नेपाल पक्षको नयाँबानेश्वर शंखमूल जाने बाटोमा अर्को सम्पर्क कार्यालय छ।
ओली पक्षले अल्फाबिटा कम्प्लेक्ससँग जोडिएको घरको चौथो तलामामा पार्टेसन गरेर तीनवटा कोठाको कार्यालय खोलिएको छ। ५०–६० जना अट्ने सभाहल पनि छ। केही दिनयता नियमित रुपमा अञ्चलका कार्यकर्तासँग यहाँ भेला जारी छ। बुधबार पनि कर्णाली अञ्चलका अगुवा कार्याकर्ता भेला सञ्चालन भएको थियो।
‘भेटघाट सहज होस् भनेर कार्यालय सञ्चालन गरिएको हो। भेटघाट हुने, छलफल गर्ने, योजना बनाउने काम हुन्छन,' कार्यालय समन्वय गर्दै आएका कल्याण रोकाले नागरिकसँग भने, ‘सूचना संकलन र सम्प्रेषण गरिरहेका छौं। विचारमाथि छलफल गर्ने काम हुन्छ। पार्टीका केन्द्रीय र जिल्लाका नेता आउने गर्नुहुन्छ।'
शुक्रबार पनि कार्यालयमा कर्णाली अञ्चलका कार्यकर्ता भेला गरिएको थियो। उपाध्यक्ष विद्या भण्डारी र प्रचार विभागका प्रमुख प्रदीप ज्ञवालीले कार्याकर्तालाई सम्बोधन गर्दै ओलीको उम्मेदवारीका कारण प्रस्ट्याएका थिए।