काठमाडौं– एकीकृत नेकपा (माओवादी) नेता बाबुराम भट्टराईले आफनो 'सहमति बेगर एकलौटी ढंग'ले अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यको नामावली चयन गरेको बताएका छन्।
अध्यक्ष दाहालले सहमति बेगर 'एकलौटी ढंग'ले मंगलवार नामावली प्रकाशन गरे पछि असन्तुष्ट भट्टराईले सो बारेमा आफु निकटसँग छलफल जारी राखेका छन्। केन्द्रीय समिति बैठकमा फर्कने वा नफर्कने भट्टराई पक्षले कुनै निर्णय लिई सकेको छैन।
बिराटनगर सम्मेलनमा झै पछिल्लो समयमा पनि दाहालले एकलौटीं ढंगले आफनो पक्षधरको समेत नामावली समेटर केन्द्रीय समिति सार्वजनिक गरे असन्तुष्ट भट्टराईले त्यसमा आपत्ति जनाएका छन्। 'आज (मंगलवार) घोषित १ सय ४९ सदस्यीय केन्द्रीय सहमति मेरो सहमतिमा बनेको र म पार्टी उपाध्यक्षमा बस्न सहमत भएको होइन' हिजो राती अबेर ट्विट गर्दै भट्टराईले भनेका छन, 'पार्टी रुपान्तरण अभियान जारी।' उनले दाहालले बिराटनगर सम्मेलनमा झै यो पटक पनि सोही ब्याहार गरेको भन्दै आफु निकटहरुसँग अब कसरी अघि बढने? भन्ने बारेमा छलफल जारी राखेका छन्। केन्द्रीय कार्यालयले थप सहित भट्टराई पक्षका २९ जनालाई समेटेर केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरे।