काठमाडौं– पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आठ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गत बुधबार निमोनिया भएपछि नेपाललाई वीर अस्पतालको भर्ना गरिएको थियो।यसैबीच नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल अस्पताल भर्ना भएका छन्। पिशाव नलीको संक्रमण (युरिनरी ट्र्येक्ट इन्फेक्सन) का कारण उनलाई धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ।
गत हप्तादेखि ज्वरोका कारण अस्वस्थ रहँदै आएका पोखरेललाई पिशाव नलीको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा मगलबार साँझ अस्पताल भर्ना गरिएको निजी सचिव दीपेन्द्र श्रेष्ठले जनाएका छन् ।
गत हप्तादेखि ज्वरोका कारण अस्वस्थ रहँदै आएका पोखरेललाई पिशाव नलीको संक्रमण पुष्टि भएपछि चिकित्सकको सल्लाहमा मगलबार साँझ अस्पताल भर्ना गरिएको निजी सचिव दीपेन्द्र श्रेष्ठले जनाएका छन् ।