सार्क सम्मेलनमा ९० गाडी चाहिने
०६ जेष्ठ २०७१
•
७ मिनेट पाठ
सार्क सम्मेलनमा ९० गाडी चाहिने
काठमाडौं-परराष्ट्र मन्त्रालयले आगामी कात्तिक महिनामा काठमाडौंमा हुने १८ औं दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनका लागि बुलेटप्रुफसहित ९० वटा गाडी मागेको छ।सम्मेलनमा सहभागी हुन आउने सार्क सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख र उनीहरूका पत्नी, मन्त्री, सचिव, सहसचिव लगायतलाई आवश्यक गाडीका लागि परराष्ट्रले अर्थ मन्त्रालयसँग बजेट उपलब्ध गराइदिन भनेको छ।
‘सार्क सम्मेलनका लागि ९० वटा गाडी चाहिन्छ,' परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नागरिकसँग भने, ‘कम्तीमा ५० वटा नयाँ गाडी किन्नुपर्छ।'
परराष्ट्रमन्त्री पाण्डे र अर्थमन्त्री रामशरण महतसहित बसेको सार्क तयारीसम्बन्धी बैठकमा गाडी र त्यसका लागि आवश्यक पर्ने बजेटको माग भएको हो। अर्थले ठूलो संख्यामा गाडी किन्न बजेट अपुग हुने जनाएपछि बैठकमा केही नयाँ किन्ने र केही यहीँ भएकालाई आवश्यक मर्मत गरी चलाउने सहमति बनेको थियो। कति वटा नयाँ किन्ने र कति मर्मत गर्ने भन्ने अन्तिम निर्णय भने आउँदो साता बस्ने परराष्ट्र र अर्थ मन्त्रालयका पदाधिकारीबीचको बैठकले टुंगो लगाउने मन्त्री पाण्डेले जनाए।
‘सकेसम्म कम गाडी किन्ने भन्ने छ। अर्को साता बस्ने बैठकले संख्या टुंगो लगाउँछ र गाडी खरिद प्रक्रिया अघि बढाउँछ,' मन्त्री पाण्डेले भने।
सार्क शिखर सम्मेलनमा सहभागी हुने आठ सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई छुट्टाछुट्टै बुलेटप्रुफ गाडी आवश्यक पर्छ। ती गाडी कुनै कारणले बिग्रीहाले तत्काल उपलब्ध गराउन अलग्गै आठवटा गाडी पनि तयारी अवस्थामा राख्नुपर्छ। राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका पत्नीलाई पनि अलग–अलग गाडी उपलब्ध गराउने अभ्यास छ। यी सबै गर्दा सार्कमा सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुख र उनीहरूका पत्नीलाई मात्र गरी २४ वटा गाडी चाहिन्छ।
‘एउटै बुलेटप्रुफ गाडीलाई तीन/चार करोड रुपैयाँ पर्छ। यस्ता गाडी किन्दा वा भाडामा ल्याउँदा जे सस्तो पर्छ त्यही गर्छौं,' मन्त्री पाण्डेले भने।
बी एन्ड डब्ल्यु, मर्सिडिज र जागुअरमध्ये कुन बुलेटप्रुफ गाडी किन्ने भन्ने टुंगो लाग्न बाँकी छ। स्रोतका अनुसार अर्थ मन्त्रालयले मर्सिडिज गाडी किन्नुपर्नेमा अडान लिएको छ भने परराष्ट्रले बी एन्ड डब्ल्यु।
मन्त्री पाण्डेका अनुसार नेपालमा अहिले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, पूर्वराजा ज्ञानेन्द्र शाह, प्रहरी प्रमुखले बुलेटप्रुफ गाडी चढ्छन्। तीबाहेक दरबारका दुइटा बुलेटप्रुफ गाडी बिग्रेका छन्। दुई हजार किलोमिटर पनि नचलेको ती गाडी अहिले स्टार्टसमेत नहुने अवस्थामा छन्। ‘बिग्रेका दुई बुलेटप्रुफ गाडीसमेत बनाउने प्रयास गछार्ंै। नचले नयाँ किन्नुको विकल्प छैन,' मन्त्री पाण्डेले भने।
सार्क शिखर सम्मेलनमा सदस्य राष्ट्रका विदेशमन्त्री पनि उपस्थित हुन्छन्। उनीहरूका लागि अलग–अलग आठवटा गाडी चाहिन्छ। यस्तै नौवटा सार्क पर्यवेक्षक राष्ट्रका मन्त्री पनि शिखर सम्मेलनमा सहभागी हुन आउँछन्। उनीहरूका लागि पनि छुट्टाछुट्टै गाडी उपलब्ध गराउनुपर्छ। शिखर सम्मेलनमा आउने आठ सदस्य राष्ट्रका विदेश सचिव र सहसचिवलाई पनि अलग–अलग गाडी व्यवस्था गर्नुपर्छ।
सम्मेलनमा सहभागी हुन आउने राष्ट्राध्यक्ष तथा सरकार प्रमुख र उनीहरूका पत्नी, विदेशमन्त्री, पर्यवेक्षक, सचिव र सहसचिवका लागि मात्र ५७ वटा गाडी आवश्यक पर्छ। यसका अलावा सुरक्षा निकायहरू नेपाल प्रहरी, नेपाली सेनालाई पनि थप गाडी आवश्यक पर्ने जनाइएको छ। दमकल र एम्बुलेन्सको संख्या पनि बढाउनुपर्ने परराष्ट्रले जनाएको छ।

सम्मेलनस्थल टुंगो लागेन

सार्क शिखर सम्मेलनको तयारी बैठक दिनहुँजसो बस्ने गरे पनि सम्मेलनस्थलको टुंगो अझै लागेको छैन। काठमाडौं र पोखराका सात/आठ स्थान अवलोकन गरिसक्दासमेत सरकारले सम्मेलनस्थल घोषणा गर्न सकेको छैन।
‘प्रधानमन्त्रीज्यू पोखरामा गर्ने भन्नुहुन्छ, हामीले काठमाडौंमा गर्नुपर्छ भन्दै आएका छौं,' परराष्ट्रमन्त्री पाण्डेले भने, ‘सम्मेलनस्थल चयन गर्दा हवाई कनेक्सन, गाडी पार्किङ, सुरक्षा व्यवस्था सबैलाई ध्यान दिनुपर्छ।'
सम्मेलनमा सहभागी हुन आउने सदस्य राष्ट्रका कतिपय राष्ट्राध्यक्ष तथा सरकार प्रमुखले आफ्नै जेट लिएर आउँछन्। पोखरा विमानस्थल सानो भएकाले यस्ता विमान अवतरण गराउन नसकिने मन्त्री पाण्डेले बताए। प्रयाप्त मात्रामा हेलिकप्टर नहुँदा पनि पोखरामा सम्मेलन गर्न सम्भव नहुने उनले जनाए। ‘हामीले मात्र सुरक्षाको अनुभूति गरेर हुँदैन, सदस्य राष्ट्रले अनुभूति गर्नुपर्छ र सहमति दिनुपर्छ। त्यसैले हामीले सम्मेलन काठमाडौंमै हुनुपर्छ भनेका हौं,' मन्त्री पाण्डेले भने।
सार्क शिखर सम्मेलनस्थल टुंगो लगाउन केही दिनमै प्रधानमन्त्रीलाई लिएर पोखरा भ्रमणमा निस्कने उनले जनाए। ‘पोखराबाट फर्केपछि सम्मेलनस्थल टुंगो लाग्छ,' उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस