काठमाडौं- निर्धारित समयमा स्ववियु निर्वाचन हुनुपर्ने माग गर्दै अनेरास्ववियु र नेविसंघले शंकरदेव क्याम्पसमा संयुक्त सभा आयोजना गरेका छन्। यी दुई संगठन एकअर्काका प्रतिस्पर्धी रहे पनि प्रजातान्त्रिक अधिकारको रक्षा लागि एक ठाउँमा आएको उनीहरुले बताएका छन्। अखिल क्रान्तिकारीले भने निर्वाचनको विरोध गर्दै आएको छ।
‘हामी एक अर्काका प्रतिस्पर्धी हौं। तर, प्रजातान्त्रिक अधिकारको रक्षाका लागि हामी एक ठाउँमा आउनुको विकल्प छैन,’ अखिलका अध्यक्ष किशोरविक्रम मल्ले भने, ‘त्यसैले हामी एक ठाउँमा संयुक्त सभाको आयोजना गरेका हौं।’
नेविसंघका अध्यक्ष रञ्जित कर्णले प्रशासनले सुरक्षा दिए आफूहरुलाई निर्वाचनमा जाने बताए। ‘निर्वाचनमा प्रशासनले सुरक्षा दिए हामी निर्वाचनमा जान्छौं,’ उनले भने, ‘सुरक्षा प्रदान गर्नु प्रशसनको दायित्व पनि हो।’
स्ववियु चुनाव जेठ १८ गते हुँदैछ। जेठ ११ गते भने मनोनयन हुनेछ।