काठमाडौं— एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल बाबुराम भट्टराईलाई 'वरिष्ठ नेता' र टोपबहादुर रायमाझीलाई संसदीय दलको नेता बनाउन सहमत भएका छन्।
अध्यक्ष दाहाल–भट्टराईबीच भएको सहमति अनुसार भट्टराईलाई 'वरिष्ठ नेता' दिने, रायमाझीलाई संसदीय दलको नेता बनाउने सहमति भएको हो। सहमतिअनुसार दाहाल पछि भट्टराई मयार्दाक्रममा दोस्रो स्थानमा रहनेछन्।
भट्टराईलाई दिने भनिएको वरिष्ठ नेताको पद पार्टी विधानमा भने छैन। उनलाई यो पद दिए एमाओवादीले विधान संशोधन गर्नुपर्ने हुन्छ।
'बाबुरामजी उपाध्यक्ष नामधारी कुनै पनि जिम्मेवारीमा बस्नु हुन्न, पार्टी 'बरिष्ठ नेता'को रुपमा उहाँको भुमिका हुनेछ,' भट्टराई निकट नेता गंगा नारायण श्रेष्ठले भने, 'रायमाझीजीलाई उप नेता बनाउन अध्यक्षले सहमति जनाउनु भएको छ।' केन्द्रीय समिति बैठक जारी रहेकाले औपचारिक निर्णय भने भइ नसकेको उनले जानकारी दिए।
उनका अनुसार भट्टराई पक्षले पार्टी संगठन भित्र स्थायी समिति नराख्न र पोलिटब्युरो र केन्द्रीय समिति राख्न मात्रै माग गरेको छ। '५ जनाको कार्यालय हुन्छ, स्थायी समिति हुनु हुदैन् भन्ने हाम्रो माग हो' श्रेष्ठले भने । दाहाल, भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र कृष्णबहादुर महराको केन्द्रीय कार्यालय बनाउने अनौपचारिक सहमति भएको छ। महरा पार्टी सचिवको जिम्मेवारीमा आउने भएका छन् ।
विधानले कोषाध्यक्षको ब्यवस्था गरे पनि त्यसको भने निर्णय भइसकेको छैन । दाहाल–भट्टराई सहमति बारे अध्यक्ष दाहालले पेरिसडाँडामा जारी केन्द्रीय समिति बैठकमा जानकारी गराएका छन्।