एमाओवादीमा जताततै नेतृत्व लफडा
०४ जेष्ठ २०७१
•
९ मिनेट पाठ
एमाओवादीमा जताततै नेतृत्व लफडा
काठमाडौं- आकांक्षीबीच सहमति हुन नसक्दा एकीकृत नेकपा माओवादीका प्रायः सबै खाले समिति, संगठन र मोर्चामा नेतृत्व चयन हुन सकेको छैन । पुष्पकमल दाहाललाई अध्यक्ष चयन गर्दै विराटनगर सम्मेलन सकिएको दुई साता नाघिसक्दा पनि एमाओवादीले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोलगायत छानेको छैन । माउ पार्टीमा रहेको नेतृत्व र पदाधिकारी चयनसम्बन्धी समस्या पार्टीकै तल्लो तह, भ्रातृ संगठन र मोर्चामा पनि छ ।

अध्यक्ष दाहालले संगठनमा ‘मनोमानी र एकमनावादी’ गरेको भन्दै विराटनगर सम्मेलनबाट पूर्व उपाध्यक्ष बाबुराम भट्टराईसहित १५ नेताले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि मूल पार्टीमा सांगठनिक विवाद बढेको छ । जसका कारण जेठ १ गते सुरु हुने भनिएको केन्द्रीय समिति बैठक पटक–पटक स्थगित भइरहेको छ । तर, विवाद भने अझै मिलिसकेको छैन ।
संसदीय दल नेताको जिम्मेवारीबाट हटेर अध्यक्ष दाहालले उक्त ठाउँ अर्का नेता कृष्णबहादुर महरालाई दिनुपर्ने भट्टराईको माग छ । त्यसैगरी, आफूनिकट नेता टोपबहादुर रायमाझीलाई पार्टीको महासचिव र दलको उपनेता बनाउनुपर्ने तथा कोषाध्यक्षमा पत्नी हिसिला यमीलाई बनाउनुपर्ने सर्त राखेका भट्टराईले आफ्ना पक्षका करिब ४० जनालाई केन्द्रीय समितिमा लैजान आग्रह गरिरहेका छन् । तर, दाहालले भट्टराईका सबै माग स्वीकार गरिनसकेकाले माओवादीमा नेतृत्व चयन हुन सकेको छैन । 
‘बाबुरामजीलाई केन्द्रीय समितिमा फर्काउन छलफल जारी छ,’ प्रवक्ता दीनानाथ शर्मा दुई सातादेखि भनिरहेका हुन्छन्, ‘उहाँ आउनेबित्तिकै संगठनले पूर्णता पाउँछ, पदाधिकारीको बाँडफाँट हुन्छ ।’ तर, दाहाल–भट्टराईबीच सांगठनिक बार्गेनिङ कायमै रहेकाले कुनै निष्कर्ष निस्कन सकेको छैन । 
यसैगरी, राष्ट्रिय सम्मेलनअघि करिब ६० जिल्ला सम्मेलन भए पनि अधिकांशमा अझै नेतृत्व चयन हुन सकेको छैन । बारा, पर्सा, रौतहट, बैतडीलगायतका जिल्लामा समानान्तर समिति खडा छन् भने दोलखा, रसुवा, सुनसरीलगायतमा जिल्ला सम्मेलन नै हुन सकेको छैन ।
जिल्ला सम्मेलन भएका अधिकांश ठाउँमा पदाधिकारी पनि चयन भएको छैन । ‘राष्ट्रिय सम्मेलनपछि जिल्लामा पदाधिकारी चयन हुन्छ,’ काठमाडौंमा अध्यक्षका प्रत्यासी शालिकराम जम्मकट्टेलले वैशाख दोस्रो साता नागरिकसँग भनेका थिए । तर, अझै काठमाडौंलगायतका जिल्लामा नेतृत्व चयन कहिले हुने भन्ने टुंगो लाग्न सकेको छैन । 
एमाओवादीको भ्रातृ संगठनहरू पनि लामो समयदेखि नेतृत्वविहीन छन् । पार्टीको बलियो संगठनका रूपमा चिनिने अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग पुरानै नेतृत्वबाट चलिरहेका छन् । नयाँ नेतृत्व चयन गर्न नसकेपछि दुवै संगठनले सांगठनिक सम्मेलन गरेर टुंगोमा पुग्ने प्रतिबद्धता जनाएका छन् । 
नेतृत्वमा विवाद भएपछि दुई महिनाअघि आयोजित क्रान्तिकारी सम्मेलन चार दिन थप लम्बिएर पनि निष्कर्षमा पुग्न सकेन । ‘त्यतिबेला नयाँ नेतृत्व चयन गर्न नसके पनि सांगठनिक भेला बोलाएर निर्णय लिने सहमति भएको थियो,’ अध्यक्ष हिमाल शर्माले नागरिकसँग भने, ‘अब असारमा विस्तारित वा सांगठनिक भेला बोलाएर नयाँ नेतृत्व चयन गर्छौं ।’ 
क्रान्तिकारीले भेला असारमा बोलाउने निर्णय भए पनि दिन अझै चयन गर्न सकेको छैन । उपाध्यक्षद्वय जागृत रायमाझी र रमेश मल्लबीच सहमति हुन नसक्दा एमाओवादीले कम्तीमा पनि तीन महिना शर्मालाई नै नेतृत्व दिने निर्णय गरी सम्मेलन टुंग्याउनुपरेको थियो । 
पार्टी शान्ति प्रक्रियामा आएपछि ‘चर्चित र बदनाम’ समेत भएको योङ कम्युनिस्ट लिग (वाइसिएल) मा नेतृत्व चयन हुन नसकेपछि गणेशमान पुनलाई दोहो¥याउन एमाओवादी नेतृत्व बाध्य भएको थियो । गत भदौमा सम्मेलन भए पनि पदाधिकारी चयनमा विवाद देखापरेपछि सम्मेलन त्यत्तिकै सम्पन्न गर्नुपरेको केन्द्रीय सदस्य अमित श्रेष्ठले बताए । ‘त्यतिबेला पदाधिकारी चयनमा विवाद भयो, सहमति हुन सकेन,’ श्रेष्ठले नागरिकसँग भने, ‘संविधानसभा चुनावलगत्तै सांगठनिक भेलामार्फत नयाँ नेतृत्व चयन गर्ने भनिएको थियो, तर अझै हुन सकेको छैन ।’ उनले आगामी केन्द्रीय समिति बैठकले सांगठनिक सम्मेलनको मिति तय गरेर विवादलाई किनारा लगाउने बताए । 
अर्को भ्रातृ संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले अध्यक्षमा दलजित श्रीपाइलीलाई सर्वसम्मत चयन गरेको त छ, तर २ सय ९९ सदस्यीय समितिमा अझै पदाधिकारी चयन हुन सकेका छैन । ‘अध्यक्षले आफ्नो खल्तीबाट मान्छे हाल्दै पदाधिकारी चयन गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेनन्,’ एक पूर्व पदाधिकारीले भने, ‘जसका कारण पदाधिकारी नै चयन हुन सकेको छैन ।’ 
उनका अनुसार डेढ वर्षअघि सम्मेलन सम्पन्न भए पनि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको छ । इन्चार्ज रणेन्द्र बराइली र अध्यक्ष श्रीपाइलीले आफूअनुकूल संगठन निर्माण गर्न लागेपछि संगठनमा विवाद देखापरेको असन्तुष्ट पक्षको आरोप छ । 
एमाओवादीबाट अलगिएर मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन भएलगत्तै मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीका तत्कालीन अध्यक्ष कृष्णदेवसिंह दनुवारले पार्टी छाडे । त्यसपछि दनुवारको स्थानमा तमलोपाबाट आएका रामकुमार शर्मालाई ल्याइयो । तर, माओवादी विभाजन भएको दुई वर्ष पुग्न लाग्दासमेत उक्त संगठनले राष्ट्रिय सम्मेलन आयोजना गर्न सकेको छैन । ‘पार्टी विभाजन भएपछि कृष्णदेवजी वैद्यतिर लाग्नुभयो, संगठनले त्यसपछि राष्ट्रिय सम्मेलन नै गर्न सकेको छैन,’ पूर्वमहासचिव भरत साहले नागरिकसँग भने । उनले पार्टी केन्द्रीय समिति बैठक सम्पन्न भएलगत्तै मोर्चाको सम्मेलनबारे निर्णय हुने बताए ।
सम्मेलन नै हुन नसक्ने, सम्मेलन भए नेतृत्व चयन हुन नसक्ने, नेतृत्व चयन भए पदाधिकारी चयन हुन नसक्नेजस्ता सांगठनिक समस्यामा भ्रातृ संगठनहरू फसेको माओवादी नेता–कार्यकर्ता बताउँछन ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
७ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस