काठमाडौं-एकीकृत नेकपा माओवादी नेता बाबुराम भट्टराई पार्टी केन्द्रीय समितिमा फर्कन राजी भएका छन्।
विराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्वीकार गर्र्दै बाहिरिएका भट्टराई वरिष्ठ नेताका रूपमा फर्कन राजी भएको अध्यक्ष पुष्पकमल दाहालले शनिबार केन्द्रीय समिति बैठकमा जानकारी गराएका हुन्।
‘तलै बसेर काम गर्छु भन्नुभएको थियो, उहाँ (भट्टराई) लाई माथि नै बसेर काम गर्न मनाएको छु,' दाहाललाई उद्धृत गर्दै एक सदस्यले भने, ‘बरु वरिष्ठ नेता भएर आउन प्रस्ताव गर्दा उहाँ सकारात्मक हुनुहुन्छ।'
नेता भट्टराईले आफ्ना लागिभन्दा नेता टोपबहादुर रायमाझीलाई महासचिव बनाउन बढी जोड दिएको दाहालले बैठकमा जानकारी गराउँदै केन्द्रीय समितिलाई पूर्णता दिन नामसमेत मागेको बताए। ‘रायमाझीजीलाई महासचिव बनाउनुपर्छ भन्ने उहाँ (भट्टराई)को जोड थियो,' एक सदस्यले भने, ‘तपाईंहरूको तर्फबाट केन्द्रीय समितिमा को को राख्ने हो नाम दिन भनेको छु।'
भट्टराईले नाम दिएलगत्तै पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, ब्युरो इन्चार्जहरू तोक्ने पनि बैठकमा जानकारी गराएका छन्।
भट्टराई पक्षधरलाई समेत समेटेर केन्द्रीय समिति बैठक गर्ने योजना सफल हुन नसकेपछि शनिबारबाट सुरु भएको बैठक जेठ ५ गतेसम्मलाई स्थगित भएको छ। ‘आज (शनिबार) केहीबेर बैठक बसेर पर्सिसम्मलाई स्थगित भएको छ,' केन्द्रीय सदस्य भरत साहले भने। उनका अनुसार केन्द्रीय समितिमा पेस भएका एजेन्डामा थप छलफल र गृहकार्य आवश्यक भएकाले बैठक केही दिन सरेको हो।
विराटनगर सम्मेलनलगत्तै जेठ १ गतेबाट केन्द्रीय समिति बैठक गर्ने जनाइए पनि अध्यक्ष दाहाल र भट्टराई पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भइरहेको छ।
केन्द्रीय समिति बैठकअघि शनिबार बिहान नेता भट्टराईले अध्यक्ष दाहाललाई भेटी आफ्नो फरक मत तल्लो तहसम्म लैजाने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रको भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान निर्माणमा सिंगो पार्टी दत्तचित्त भएर लाग्नुपर्ने, संविधानसभा हुँदै समाजवादी क्रान्तिमा जानुपर्नेसहितका सातबुँदे प्रस्ताव राखेका थिए।