काठमाडौं- एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठक गृहकार्य नपुगेको भन्दै स्थगित हुन पुगेको छ। बिराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्विकार गर्दै हिँडेका बाबुराम भट्टराई पक्षधरलाई समेत समेटेर केन्द्रीय समिति सुचारु गर्ने योजना सफल हुन नसके पछि बैठक जेठ ५ गते सम्मका लागि स्थगित भएको हो।
‘आज केहीबेर बैठक बसी पर्सीसम्मका लागि स्थगित हुन पुगेको छ,’ केन्द्रीय सदस्य भरत साहले नागरिकन्युजसँग भने। उनका अनुसार केन्द्रीय समितिमा पेस भएका एजेन्डाहरुमा थप छलफल र गृहकार्य आवश्यक भएकाले बैठक सोमवारसम्मका लागि स्थगित गरिएको हो।
बिराटनगर सम्मेलन लगत्तै जेठ १ गतेबाट केन्द्रीय समिति सुचारु गर्ने जनाए पनि माओवादीभित्र भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल पक्षबीच सहमति हुन नसक्दा केन्द्रीय समिति बैठक पनि स्थगित भइरहेका छन्।