नेपालगन्ज, वैशाख ५ (नागरिक)- एनेकपा माओवादीबाट विद्रोह गरेका नेता मातृका यादवले प्रमले नै विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाएका छन्। Normal 0 MicrosoftInternetExplorer4
सत्ता टिकाउन प्रधानमन्त्रीको विदेश दौडाहा र विदेशी राजदूतहरुलाई जुन तरिकाले भेटिरहेका छन् त्यसबाट पुष्टि हुन्छ विदेशीबिना प्रधानमन्त्रीले केही गर्न सक्दैनन् भन्ने शनिवार नेपालगन्जमा पुर्नगठित नेकपा माओवादीका नेता यादवले भने "अब स्वाभिमानी नेपालीले राष्ट्रियता बचाउनुपर्ने अवस्था आउन पनि सक्छ ।"
यादवले संस्थापन माओवादी एकीकृत माओवादी बने पनि आफू पुरानै माओवादीमा रहेको बताए । उनी यादव क्रान्ति अझै सफल नभएको भन्दै पार्टी विस्तारका सिलसिलामा नेपालगन्जमा आइपुगेका हुन् । उनले बाँकेमा माओवादीको पार्टी कार्यालयको विधिवत स्थापना समेत गर ।
अधिकांश समय प्रधानमन्त्री दाहाललाई गाली गर्न समय खर्चेका यादवले वुटवलका प्रचण्ड थैवको हत्या आरोपित सुजित विकले नभई तराई जनतान्त्रिक मोर्चाले गरेको बताए । "माओवादी र एमालेले थैवको हत्यामा विकलाई फसाउन खोजेका छन् तर हत्या जनतान्त्रिकबाट भएको हो उनले भने । थैवको हत्यापछि जनतान्त्रिकका नेता जयकृष्ण गोइतसुग आफनो कुराकानी भएको र गोइतले हत्याको जिम्मेवारी लिएकोसमेत यादवले दावी गरे ।
सरकारले सेना समायोजन गरिए देश र जनताको दुर्भाग्य हुने दाबी गरे । पहिला नयाँ नेपाल बनाउनुपर्छ अनिमात्र सेना समायोजन गर्नुपर्छ उनले भने ु क्रान्ति गर्न अझै बाँंकी छ जबसम्म जनताले पूर्ण अधिकार प्राप्त गर्दैनन् तबसम्म सेना समायोजन गर्न हुँदैन किनभने जनताको अधिकारको लागि जनमुक्ति सेनाले पुनः युद्ध लड्नुपर्ने हुन्छ ।ु
यादवले पार्टीहरु फोहरी खेलमा लागेकाले संविधान निर्माण कुनै पनि हालतमा नहुने दाबीसमेत गरे ।