भट्टराईले दाहालसँग भने–‘संविधानसभाबाट नभाग्नुस्'
३१ वैशाख २०७१
•
९ मिनेट पाठ
भट्टराईले दाहालसँग भने–‘संविधानसभाबाट नभाग्नुस्'
काठमाडौं-एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले ‘संविधानसभाबाट नभाग्न र यहीँबाट प्रगतिशील संविधान निर्माणमा केन्द्रित हुन' अध्यक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।अध्यक्ष दाहालले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग एकता गरी पार्टीलाई विद्रोहमा लैजान सक्ने आशंका गर्दै भट्टराईले बुधबार भेटेरै उनलाई यस्तो सल्लाह दिएका हुन्।
विराटनगर सम्मेलनमा दाहालको कार्यशैलीप्रति गम्भीर असहमति जनाउँदै केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका भट्टराई लगत्तै चीन (तिब्बत) तिर लागेका थिए। मंगलबार पारिवारिक र राजनीतिक भ्रमणबाट फर्किएका उनले बुधबार दाहालसँग भेटवार्ता गरेका हुन्।
त्यस क्रममा भट्टराईले नेतृत्व र पार्टी रुपान्तरण नभएसम्म तत्काल केन्द्रीय समितिमा नफर्कने आफ्नो अडान कायमै रहेको दाहाललाई जनाउ दिएका छन्।
पार्टी अध्यक्ष संविधानसभाबाट दायाँबायाँ हुन सक्ने आंशका गर्दै आएका भट्टराईले दाहालसँग संविधानसभाबाटै संविधान लेखनमा सम्पूर्ण ध्यान केन्द्रित गर्ने ठोस प्रतिबद्धतासमेत मागेका छन्।
‘संविधानसभाबाट दायाँबायाँ गर्नुहुन्न, यहीँबाट प्रगतिशील संविधान निर्माणमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्नुस्,' दाहाललाई लाजिम्पाट निवासमा भट्टराईले बुधबार दिएको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो। 
विराटनगर सम्मेलनबाट पारित दाहालको राजनीतिक प्रतिवेदनमै भट्टराईको तीव्र आशंका छ । प्रतिवेदनमा
‘संविधानसभाबाट संविधान बन्ने सम्भावना कम हुँदै गएको' उल्लेख गरेकामा उनले सम्मेलनमै आपत्ति जनाएका थिए। बुधबारको भेटमा पनि उनले संविधानसभाप्रति आशंका त्यागेर संविधान लेखनमा पार्टीको सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिए। 
‘वैचारिक, राजनीतिक रुपमा स्पष्ट हुँदै संविधानसभाबाट प्रगतिशील संविधान बनाएर समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नुपर्छ,' भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘त्यसबाट दायाँबायाँ कतै जानुहुन्न, पहिले यो कुरामा हामी र हाम्रो पार्टी प्रस्ट हुन जरुरी छ।' 
भट्टराई संविधानसभाअन्तर्गत राजनीतिक संवाद समिति सभापतिसमेत हुन्। 
संविधान निर्माण हुने/नहुने आंशका गर्नुभन्दा प्रगतिशील संविधान निर्माणका लागि दाहालसहित पार्टीले अग्रगामी भूमिका खेल्नुपर्ने उनले औंल्याए। 
संविधानसभालाई पु“जीवादी जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवादको रणनीतिमा अघि बढ्ने एउटा महŒवपूर्ण राजनीतिक खुड्किलोका रुपमा प्रयोग गरिनुपर्नेे भट्टराईले जोड दिँदै आएका छन्।
‘विगतमा पहिलो संविधानसभाको निर्वाचनमा पार्टीको उल्लेखनीय सफलतापश्चात मूलतः पार्टीभित्र कायम रहन पुगेको अस्वस्थ र हानिकारक दुई–लाइन संघर्षका कारणले पार्टीको नेतृत्वमा संविधान बन्न सकेन र त्यसले पार्टी र क्रान्तिलाई निकै ठूलो नोक्सान पुर्‍यायो,' भट्टराईले अघिल्लो संविधानसभाबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै बुधबार पनि जोड गरेका छन्, ‘दोस्रो संविधानसभा निर्वाचनमा पार्टीको स्थान निकै खस्के पनि अझै संविधानसभाबाट संविधान बनाउने सम्भावना छ र त्यसका निम्ति इमानदारीपूर्ण प्रयत्न गर्नु पार्टी र क्रान्तिको हितमा नै हुनेछ।'
अध्यक्ष दाहालले आफ्नो प्रतिवेदनमा ‘समाजवादी क्रान्तिका लागि विद्रोहात्मक तयारी गर्ने' भन्ने प्रस्ताव ल्याएको प्रति पनि भट्टराईको कडा आपत्ति छ।
उनले संविधानसभाबाट संविधान नबनाई भाग्न खोजे प्रत्युत्पादक हुने चेतावनीसमेत दिएका छन्। ‘त्यसविपरीत प्रस्तुत दस्तावेजमा संविधान बन्ने कुरा असम्भव बन्दै गएको उल्लेख गर्दै संविधान निर्माणप्रति उदासीन बन्ने जुन संकेत गरिएको छ, त्यो गलत र हानिकारक छ,' भट्टराईले विराटनगर सम्मेलनमै भनेका थिए, ‘तत्काल संविधानसभाबाट अधिकतम प्रगतिशील संविधान बनाउने कुरा नै पार्टीको महŒवपूर्ण कार्यनीति हुन्छ र हुनुपर्छ।' अन्यथा पार्टी पुनः कार्यनीतिविहीन बनेर अकर्मण्यतामा फस्ने वा तत्काल ‘विद्रोह' को कार्यनीतितिर भट्केर गम्भीर संकटमा फस्नेतर्फ उनले अध्यक्षलाई सतर्क गराएका थिए। 
दाहालले आफू संविधान लेखनबाट दायाँबायाँ नगर्ने भन्दै प्रतिवेदनको गलत प्रचार गरिएको प्रस्टीकरण दिए पनि भट्टराई विश्वस्त हुनसकेका छैनन्। ‘संविधानसभाबाट अग्रगामी र प्रगतिशील संविधान बन्दैन भन्ने चिन्ता मात्रै हो, संविधानसभाबाटै भाग्ने कुराचाहिँ होइन,' दाहालले प्रस्टीकरण दिँदै आएका छन्। 
वैद्य नेतृत्व माओवादीसँग एकता गरे ‘विद्रोह' को सम्भावना बढ्ने भट्टराईको तर्क छ। 
दाहालले केन्द्रीय समितिमा फर्कन गरेको आग्रहलाई भट्टराईले पुनः अस्वीकार गरेका छन्। ‘नोकरशाही, एकमनावादी संगठनको शैली बदलेर नयाँ परिवेशअनुसारको संगठन निर्माण गरेर पार्टीलाई पुनर्संरचना गर्न जरुरी छ,' भट्टराईले दाहाललाई बुधबार भनेका थिए।
अध्यक्ष दाहालकै रुपान्तरणमा जोड गरिरहेका भट्टराईले त्यसको भरपर्दो आधार पेस नगरेसम्म केन्द्रीय समितिमा नबस्ने अडान दोहोर्‍याएका हुन्। राजधानीमा बिहीबार राष्ट्रिय सम्मेलनबाट चुनिएको केन्द्रीय समितिको पहिलो बैठक बस्दैछ। 
भट्टराईले पार्टीभित्रका ‘विपक्षी मत' को सम्मान गर्नुपर्ने, पार्टी संगठन लोकतान्त्रिक विधिबाट चलाउनुपर्नेजस्ता माग सम्बोधन गरिए आफू केन्द्रीय समितिमा फर्कने जनाएका छन्। 
दाहालसँगको भेटमा भट्टराईले तत्काल पार्टी छाडेर बाहिर भने नजाने प्रतिबद्धता जनाए।
भट्टराईका मागबारे बिहीबार केन्द्रीय समिति बैठकअघि अर्का नेता नारायणकाजीसहित सामूहिक छलफल गर्ने दाहालको तयारी छ। 
‘बाबुरामजीसँग छलफल भयो, कुरा निकै सकारात्मक तरिकाले अघि बढेको छ,' दाहाल निकटस्रोतले भन्यो, ‘उहाँले नारायणकाजीलाई पनि राखेर सामूहिक छलफल गरेपछि टुंगोमा पुग्ने माग गरेअनुसार भोलि छलफल हुन्छ।' 
जसअनुसार केन्द्रीय समिति बैठकअघि दाहाल–भट्टराई–श्रेष्ठबीच छलफल हुनेछ।


अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
७ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस