काठमाडौं-एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभाबाटै संविधान निमार्ण गरेर समाजवादी क्रान्तिको कार्यभार पुरा गर्नुपर्ने बताएका छन्।बिराटनगरमा राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति बहिस्कार गरी तिब्बत हानिएका भट्टराईले पहिलो पटक अध्यक्ष पुष्पकमल दाहालसँग लाजिम्पाटमा भएको भेटवार्तामा संविधान लेखनबाट पार्टी दायाँबायाँ लाग्न नहुने बताएका हुन्।
बिराटनगर सम्मेलनमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमा समाजवादी क्रान्तिका लागि बिद्रोहात्मक आन्दोलन अपरिहार्य भएको जोड गरेकोमा भट्टराईले आपत्ति जनाइरहेको बेला पुनः त्यसमा जोड गरेका हुन्। ‘बैचारिक राजनीतिक रुपमा स्पष्ट हुदैँ संविधानसभाबाट प्रगतिशिल संविधान बनाएर समाजवादी क्रान्तिको बाटोमा अघि बढनुपर्छ' भट्टराईलाई उद्यृत गर्दै स्रोतले भन्यो। अध्यक्ष दाहालले संविधानसभाबाट संविधान बन्न नसक्ने आंशका गरिरहेको बेला भट्टराईले भने संविधान लेखनवाट बाहिरन नहुने बताएका हुन् ।
भेटका क्रममा अध्यक्ष दाहालले केन्द्रीय समितिमा फर्कन गरेको आग्रहलाई भट्टराईले पुनः अस्विकार गरेका छन्। अध्यक्ष दाहालमा रुपान्तरणमा जोड गरिरहेका भट्टराईले त्यसको भरपर्दो आधार पेश गर्न माग गरेका छन्। 'नोकरशाही, एकमनावादी संगठनको शैली बदलेर नयाँ परिवेशअनुसारको संगठन निमार्ण गरेर पार्टीलाई पुनंसंरचना गर्न जरुरी छ' भट्टराईले दाहाललाई भनेका छन् ।