काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखनको प्रकृयाबाट नभाग्ने बताएका छन्। शनिबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा सम्बोधन गर्दै दाहालले संविधान लेखनलाई केन्द्र बनाएर एमाओवादी लाग्ने बताए।‘बिराटनगरको सम्मेलनमा पनि एमाओवादी संविधान लेखनबाट बाहिरिने हो कि भन्ने आशंका उत्पन्न भएको थियो,’ दाहालले भने, ‘१२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मूल मर्म छाडेर एमाओवादी कहीँ पनि भाग्दैन। हामीले चिन्ता गरेको अग्रगामी संविधान बन्छ कि बन्दैन भन्नेमात्र हो।’
दाहालले अग्रगामी संविधान निर्माण तथा परिवर्तन संस्थागत गर्नका लागि पत्रकारको भूमिका उल्लेखनीय रहने बताए। उक्त कार्यक्रममा महेन्द्र विष्टलगायत २४औं महाधिवेशनबाट चयन भएका नवनिर्वाचि पत्रकारहरुलाई अविर-खादा लगाएर सम्मान गरेका थिए।