काठमाडौं— प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वको सरकारको परराष्ट्र नीति, प्राथमिकता तथा राजनीतिक परिस्थिति बारे कुटनीतिक नियोगका प्रमुखलाई सामुहिक जानकारी गराउने भएका छन्। प्रधानमन्त्रीले आज साँझ होटल याक एन्ड यतिमा कुटनीतिज्ञहरुलाई 'ब्रिफिङ' गर्ने बालुवाटार स्रोतले बतायो।प्रधानमन्त्री र कुटनीतिक प्रमुखहरुसँगको सामुहिक भेटको व्यवस्थापन परराष्ट्र मन्त्रालयले गरेको हो। भेटमा काठमाडौंमा रहेका सबै कुटनीतिक नियोगका प्रमुखहरुलाई बोलाइएको छ।
यसअघि प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रमुखहरुलाई एक-एक गरी भेट्ने गर्थे। सामुहिक रुपमा भेट गर्न लागिएको यो पहिलो पटक हो।
यसअघि प्रधानमन्त्रीले कुटनीतिक नियोगका प्रमुखहरुलाई एक-एक गरी भेट्ने गर्थे। सामुहिक रुपमा भेट गर्न लागिएको यो पहिलो पटक हो।