विराटनगर- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विराटनगरबाट पार्टी पुनःनिर्माणको महान यात्रा सुरु भएको बताएका छन्।
आधारशिला कम्युनद्वार प्रकाशित ‘प्रस्थान’ त्रैमासिक पत्रिकाको विमोचन समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले पार्टी पुनःनिर्माण विराटनगरबाट सुरु हुनु एतिहासिक र महत्वपूर्ण भएको बताए। ‘बाबुरामजीहरु नहुँदा तिक्तता छाएको छ,’ उनले भने, ‘तर, उहाँहरुको रिक्तता पुर्ती हुन्छ।’ सम्मेलनले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र नेकपा एमालेका क्रान्तिकारी शक्तिहरुसँग एकता गरेर अघि बढ्ने बाटो खुला गरेको दाहलले बताए।