विराटनगर– २२ वर्षदेखि पार्टी नेतृत्वमा रहेका पुष्पकमल दाहाल एमाओवादी अध्यक्षमा पुनः चयन भएका छन्। नयाँ केन्द्रीय समिति बैठकले दाहाललाई पुनः अध्यक्ष निर्वाचित गरेको हो।
आफ्नो प्रस्तावको ९९ सदस्यीय केन्द्रीय समिति बन्दसत्रले पारित गरेपछि बसेको पार्टीको नयाँ केन्द्रीय समिति बैठकबाट दाहाल अध्यक्षमा चयन भएका हुन्। उनलाई अध्यक्षको रुपमा नारायणकाजी श्रेष्ठले प्रस्ताव र पोष्टबहादुर बोगटीले समर्थन गरेका थिए। अर्को केन्द्रीय समिति बैठक जेठ १ गते काठमाडौंमा बस्नेछ। सो बैठकले पदाधिकारी, स्थायी समिति, पोलिट्ब्युरो चयन गर्ने जनाइएको छ।
भट्टराई पक्षद्वारा बहिस्कार
बाबुराम भट्टराई पक्ष कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने भन्दै बैठक स्थलबाट बाहिरिएको छ। अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको केन्द्रीय समितिमा भट्टराई नाम थियो।
भट्टराई पक्षद्वारा बहिस्कार
बाबुराम भट्टराई पक्ष कुनै पनि पदीय जिम्मेवारीमा नबस्ने भन्दै बैठक स्थलबाट बाहिरिएको छ। अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको केन्द्रीय समितिमा भट्टराई नाम थियो।
'अध्यक्षले निकै प्रयास गरेर यो प्रस्ताव ल्याउनुभयो। गाह्रो पनि थियो उहाँलाई,' बन्द सत्रमा भट्टराईले भने, 'मैले बस्दिनँ भनेको थिएँ, तै पनि उहाँले मेरो नाम प्रस्ताव गर्नुभयो। त्यसका लागि धन्यवाद।'
एकमनावादी सोचअनुसार प्रस्ताव आएकाले त्यसलाई अस्वीकार गर्ने उनले बताए। पुरानै कुरा दोहोर्याउँदै उनले भने, 'बरु अनुसन्धान विभाग गठन गरिदिए त्यतातिर जान्छु।' भट्टराई पक्षका १७ जना नेताहरू केन्द्रीय समितिमा नबस्ने जनाउँदै बैठकस्थलबाट बाहिरिएका थिए। बैठक छाड्नेमा टोपबहादुर रायमाझी, हिसिला यमी, देवेन्द्र पौडेल, खगराज भट्ट, खिमलाल देवकोटा लगायत थिए।
भट्टराई पक्ष बहिस्कार गर्दै बैठक स्थलबाट बाहिरिए पछि बन्दसत्रले दाहालको प्रस्तावलाई पारित गरेको थियो। त्यसपछि बसेको केन्द्रीय समितिबाट दाहाल अध्यक्षमा चुनिएका हुन्।