बिराटनगर- एमाओवादीको जारी राष्ट्रिय सम्मेलनमा १ सय ५१ जनाको केन्द्रीय समिति बनाउने सहमति भएको छ। सोमबार बिहानदेखि सहमतिको प्रयास गरिरहेका आयोजक समिति र शीर्ष नेताहरुको बैठकले १ सय ५१ जनाको केन्द्रीय समिति बनाउने सहमति गरेको पोलिटब्युरो सदस्य राम कार्कीले बताएका छन्। १ सय ५१ को सहमतिसँगै २८ घन्टापछि बन्द सत्र सुरु भएको छ।‘शीर्ष नेताहरुले १ सय ५१ जना केन्द्रीय समितिको प्रस्ताव बोकेर बन्द सत्रमा आएका छन्,’ कार्कीले भने, ‘सो प्रस्ताव बन्द सत्रले अनुमोदन गर्छ कि गर्दैन हेर्न बाँकी छ।’
पार्टी विधानमा दुई अंक बराबर केन्द्रीय समिति बनाउने उल्लेख भए पनि एमाओवादी शीर्ष नेताहरुले तीन अंक बराबर १ सय ५१ जनाको केन्द्रीय समिति बनाउने सहमति गरेको छ।
यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक्लौटी रुपमा ९९ जनाको नामावली प्रस्ताव गरेको भन्दै वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र अर्का नेता पोष्टबहादुर बोग्टीले असन्तुष्टि जनाएका थिए। सोही क्रममा सोमबार ८ बजे सुरु हुने भनिएको बन्द सत्र स्थगित गरी आयोजक समिति र केन्द्रीय नेताहरुले सहमति प्रयास गरेका थिए।
सम्मेलनमा सहभागी प्रतिनिधिहरु भने चुनावको माग गर्दै हस्ताक्षर संकलन तथा प्रदर्शन गरेका थिए।