नेताले ‘नभ्याउँदा’ राजदूत नियुक्ति ढिलाइ
२२ वैशाख २०७१
•
६ मिनेट पाठ
नेताले ‘नभ्याउँदा’ राजदूत नियुक्ति ढिलाइ
काठमाडौं-प्रमुख राजनीतिक दलका शीर्ष नेताले समय नदिँदा सरकार बनेको तीन महिना बित्न लाग्दा पनि राजदूत नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।शीर्ष नेताहरूले विदेश तथा जिल्ला भ्रमणमा व्यस्त भएर राजदूत नियुक्तिसम्बन्धी छलफलका लागि समय दिन सकेका छैनन्। ‘राजनीतिक दलका नेताहरू कोही कता कोही कता जानुभएको छ,' परराष्ट्रमन्त्री सुरेन्द्र पाण्डेले नागरिकसँग भने, ‘राजदूत नियुक्तिसम्बन्धी मापदण्डलाई अन्तिम रूप दिन एक ठाउँमा बसेर छलफल गर्न सकिएको छैन।' 
मन्त्री पाण्डेका अनुसार मापदण्ड बनाएर त्यसैअनुसार राजदूत नियुक्त गर्ने तयारी छ। प्रत्येक देश तथा क्षेत्रलाई भिन्दाभिन्दै मापदण्ड बनाएर त्यसैको आधारमा राजदूतको चयन गरिने उनले जनाए। राजदूत नियुक्तिसम्बन्धी मापदण्ड तयार पार्न मन्त्रालयले पूर्व परराष्ट्रमन्त्री, पूर्व परराष्ट्र सचिव, पूर्व राजदूत, व्यापारी तथा उद्योगी र सञ्चारकर्मीसँग छुट्टाछुट्टै छलफल गरिसकेको छ। 
‘छलफलको निचोडलाई शीर्ष नेतासामु राखेर केही थपघट गरी मापदण्डलाई अन्तिम रूप दिन्छौं। तर, शीर्ष नेताको कार्यव्यस्तताले सबैलाई एक ठाउँमा भेला गर्न सकेका छैनौं,' मन्त्री पाण्डेले भने। 




दलका एक–एकजना मात्र शीर्ष नेतासँग छलफल गरेर मापदण्डलाई अन्तिम रूप दिन नसकिने भएकाले मन्त्रालयलाई कठिनाइ भएको हो। नेपाली कांग्रेस, एमाले, एमाओवादी, वैद्य नेतृत्वको नेकपा–माओवादी र मधेसवादीका तीन–तीन तथा राप्रपाका दुई शीर्ष नेतासँग सामूहिक छलफल गरेपछि मात्र मापदण्डले अन्तिम रूप पाउनेछ। 

मापदण्ड तय गर्न कांग्रेसबाट सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल, एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल र केपी शर्मा ओली, एकीकृत माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँग छलफल गर्न खोजिएको छ। ‘देश तथा क्षेत्र विशेषको मापदण्ड बनाएपछि मन्त्रालय र राजनीतिक दलसँग मापदण्डमा मेल खाने नाम माग्छौं। त्यसपछि मात्र राजदूतको निम्ति नाम सिफारिस हुन्छ,' मन्त्री पाण्डेले भने। 

मलेसिया तथा खाडी राष्ट्र, युरोप तथा अमेरिका, चीन तथा भारत, जापान तथा दक्षिण कोरिया, अफ्रिका तथा दक्षिण अमेरिकामा राजदूत नियुक्तिका लागि फरक–फरक मापदण्ड बनाइनेछ। यस्तै, प्रत्येक देशसँगको सम्बन्धका आधारमा पनि राजदूत नियुक्तिसम्बन्धी मापदण्ड तय गरिनेछ। 

मापदण्डका आधारमा राजदूत नियुक्त भएपछि प्रत्येक वर्ष उनीहरूको कार्यमूल्यांकन गरिने मन्त्री पाण्डेले बताए। यसका लागि मूल्यांकन गर्ने एउटा संयन्त्र निर्माण गरिनेछ। ‘राजदूतको कार्य चित्त नबुझे फिर्ता बोलाउनसमेत सकिनेछ,' उनले स्पष्ट पारे। 

मापदण्ड बनेपछि करिअर तथा राजनीतिक नियुक्ति ५०–५० प्रतिशतका आधारमा राजदूत नियुक्त गरिने मन्त्री पाण्डेले जानकारी दिए। हाल ३२ वटा देशमा नेपालको दूतावास तथा नियोग रहेकोमा १० ठाउँमा राजदूतका रूपमा करिअर डिप्लोमेट्स कार्यरत छन्। अब १६ ठाउँमध्ये १० राजनीतिक र ६ करिअर डिप्लोमेट्सलाई राजदूत नियुत्ति गरिने उनले बताए। 
साना दल समावेश नभए कांग्रेस र एमालेका तर्फबाट पाँच–पाँच राजदूत नियुक्त गर्ने परराष्ट्रको तयारी छ। एकीकृत माओवादीका तर्फबाट राजदूत बनेका चारजना अझै कार्यरत रहेकाले उसलाई थप नदिइने पनि परराष्ट्र मन्त्रालयस्रोतले जनाएको छ। 

अहिले भारत, अमेरिका, बेलायत, दक्षिण अफ्रिका, थाइल्यान्ड, जेनेभा (स्विट्जरल्यान्ड), क्यानडा, जर्मनी, इजिप्ट, कतार, कुवेत, श्रीलंकामा नेपाली राजदूत छैनन्। कार्यअवधि सकिएकाले ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाह अहिले फर्किने सुरसारमा छन्। यस्तै, फ्रान्सस्थित नेपाली दूतावास पनि केही महिनाभित्रै खाली हुँदैछ। बहराइन र ओमानस्थित दूतावासको समेत सरकारले स्तरोन्नति गर्ने मन्त्रालयको तयारी छ। 
रिक्त भइसकेका, हुन लागेका र स्तर उन्नतीसमेत गरी सरकारले एकसाथ १६ देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने हुन्छ। केही दूतावास हालसालै रिक्त भए पनि केही भने राजदूतविहीन बनेको तीन वर्ष पुग्न लागेको छ। कूटनीतिक दृष्टिले सबैभन्दा महŒवपूर्ण मानिने नयाँ दिल्लीस्थित दूतावास राजदूतविहीन बनेको ३० महिना नाघिसकेको छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस