विराटनगर-एकीकृत नेकपा माओवादीका पूर्व उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले ‘विचार र कार्यदिशा' बारे थप छलफल आवश्यक भएको भन्दै तत्काल विशेष महाधिवेशन माग गरेका छन्।विराटनगरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा भट्टराई र श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन बदलिँदो परिस्थिति सुहाउँदो नभएको बताए। प्रतिवेदनको थप व्याख्या र विश्लेषण आवश्यक रहेको भन्दै उनीहरूले विशेष महाधिवेशन माग गरेका हुन्।
‘अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल भावनाप्रति दुवै नेता (भट्टराई र श्रेष्ठ) ले सहमति जनाए पनि त्यसलाई थप व्याख्या र विश्लेषण गर्न आवश्यक रहेको भनाइ राख्नुभयो,' पूर्व स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले नागरिकसँग भने, ‘बाबुरामजीले तत्कालै र प्रकाश (श्रेष्ठ) जीले ०७२ सालभित्र विशेष महाधिवेशन डाकेर विचार र कार्यदिशालाई ठोस गर्नुपर्ने धारणा राख्नुभएको छ।' उनका अनुसार दाहालको प्रतिवेदनको मूल भावनाप्रति दुवै नेताको सहमति भए पनि सो प्रतिवेदन अझै अमूर्त रहेको र त्यसले बदलिँदो समयलाई सम्बोधन गर्न नसकेको दुवै नेताको आरोप थियो।
बन्दसत्रको दोस्रो दिन समूहगत छलफल सकेर समूह नेताले बोल्नुअघि भट्टराई र श्रेष्ठले आ–आफ्नो धारणा सभाहलमा राख्ने क्रममा यस्तो माग राखेका हुन्।
त्यसअघि उपाध्यक्ष भट्टराईले समूहगत छलफलका लागि भन्दै वितरण गरेको सातबुँदे ‘फरक मत' मा लिखित रुपमै महाधिवेशन आवश्यक भएको उल्लेख गरेका थिए। ‘समग्र दस्तावेज पुरानैको निरन्तरता र सारसंग्रहवादी प्रकारको छ र यसले पार्टीको संकट वस्तुनिष्ठ ढंगले निराकरण गर्ने देखिँदैन,' महाधिवेशनको आवश्यकताबारे भट्टराईले भनेका छन्, ‘त्यसैले विकसित विचार, राजनीतिक कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र कार्यशैलीको समष्टिगत सेटमा नै पार्टीभित्र र बाहिर स्वस्थ बहस चलाउँदै यथाशीघ्र पार्टी महाधिवेशन आयोजना गर्न जरुरी छ।'
सम्मेलनअघि दुवै नेताले राष्ट्रिय सम्मेलनका सट्टा विशेष महाधिवेशन नै डाकेर संगठन र विचारको बहसलाई टुंगोमा पुर्याउनुपर्नेमा जोड दिँदै आएका थिए।
अध्यक्ष दाहालले पेस गरेको राजनीतिक प्रतिवेदन पुरानै कुराको निरन्तरता र क्रमभंग र छलाङ मार्ने हैसियतको नभएको भन्दै वैचारिक र राजनीतिक मुद्दामा एकरूपता दिन नसकेको आरोप पनि भट्टराईको छ।
‘खासगरी हेटौंडा महाधिवेशनले संश्लेषित गरेको नेपालको पुँजीवादी जनवादी क्रान्ति केही नयाँ जनवादी र केही पुरानो जनवादी तरिकाले मूलतः सम्पन्न भएको र अब पुँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिमा अघि बढ्नुपर्ने नयाँ विकसित कार्यदिशालाई आत्मसात गर्न नसक्ने र नचाहने प्रवृत्तिलाई परास्त गर्न जुन जोड लगाउनुपर्थ्यो, त्यो यस दस्तावेजमा छैन,' प्रतिवेदनप्रति असहमति जनाउँदै भट्टराईले भनेका छन्, ‘फलस्वरुप यसले कार्यदिशासम्बन्धी अस्पस्टता, भ्रम र गलत सोचलाई चिरेर पार्टीमा वैचारिक–राजनीतिक एकरुपता कायम गर्दै आम पार्टी पंक्तिलाई स्पष्ट दिशाबोध गर्न र नयाँ ऊर्जा तथा उत्साह भर्न खासै सफलता प्राप्त गर्ने देखिन्न।'
शनिबार ‘दस्तावेजको वैचारिक पक्ष सतही र छिपछिपे प्रकार' को भएको आरोप लगाएका भट्टराईले समाजवादी क्रान्तिको ‘विद्रोहात्मक' रणनीति तयारीमा लाग्नुपर्ने दाहालको भनाइप्रति पूर्ण रुपमा असहमति प्रकट गरेका छन्। ‘विगतमा उत्पादन सम्बन्धलाई मात्रै ‘क्रान्ति' ठान्ने र पर्याप्त उत्पादक शक्तिको विकासबिना पिछडिएको समाजमा मनोगत ढंगले ‘समाजवाद' निर्माण गर्ने प्रयत्न गरियो, त्यसले पनि रुस र चीनलगायत पूर्व र दक्षिणका कतिपय देशमा ‘समाजवाद' निर्माण गर्ने प्रयास सफल हुन सकेन,' भट्टराईको तर्क छ, ‘प्रतिक्रान्तिका अन्य आत्मगत पक्षहरुको अतिरिक्त यो वस्तुगत पक्षबाट पाठ सिकेर नयाँ चरणको समाजवादी क्रान्तिको रणनीति विकास गर्न जरुरी छ।'
तर, सो पक्षलाई न्यूनीकरण गरेर अध्यक्ष दाहालको प्रतिवेदन ‘उत्पादक शक्तिको पर्याप्त विकास गरेर मात्रै समाजवादमा जान सकिन्छ भन्ने विचार प्रवृत्तिलाई माओले दक्षिणपन्थी र पुँजीवादी विचारको रुपमा खण्डन' गरेको प्रसंग राखेकोमा भट्टराईले आपत्ति जनाएका छन्।
राष्ट्रिय पुँजी विकास गर्दै उत्पादक शक्ति पर्याप्त विकास गरेर मात्रै समाजवादी क्रान्तिमा जानुपर्ने आफ्नो धारणालाई अपमान गरेकोमा आपत्ति जनाउँदै भट्टराईले दाहालको प्रस्तावित रणनीतिलाई ‘क्रान्ति' एउटा पवित्र कल्पनाबाहेक अरू केही नभएको भन्दै सतर्क गराएका छन्।
भट्टराईले पार्टीभित्र कुनै समय फरक मत राखेकै आधारमा अहिले पनि घेराबन्दी र निषेध गर्न खोजेकोमा दुःखमनाउ गरेका छन्। ‘पार्टीमा आलोचनात्मक चेतलाई निरुत्साहित गर्ने र कुनै काल खण्डमा फरक मत राख्ने वा भिन्न पृष्ठभूमिबाट आउनेलाई घेराबन्दी र निषेध गर्ने प्रवृत्तिले पार्टी एकमनावादी र भीमकाय नोकरशाही संयन्त्रमा परिणत गरेर त्यसलाई अन्ततः विसर्जन गर्ने खतरा नै यतिबेला प्रबल रुपमा देखा परेको छ,' भट्टराईले घुमाउरो भाषा प्रयोग गर्दै भनेका छन्, ‘त्यसलाई निर्मम तरिकाले शल्यक्रियामार्फत रुपान्तरण गर्ने प्रयत्न र कार्ययोजना दस्तावेजमा छैन, क्यान्सर लागेको रोगीलाई झारफुक मात्र गर्नु कुनै अर्थ छैन।'
विभिन्न पार्टीसँग एकीकरण गर्नु अघि वैचारिक– राजनीतिक आधार तय नगरी गरिने उक्त कार्य राजनीतिक स्टन्ट र सस्तो प्रचारबाजी मात्र हुने भट्टराईको भनाइ छ। ‘ड्यास माओवादी' देखि एमालेसम्म ध्रुवीकरणको कुरा गरिएको छ तर कुन विचार र कार्यदिशाको आधारमा हो भन्ने प्रस्ट नहुँदा त्यो एउटा फगत राजनीतिक स्टन्ट र अवसरवादी गठबन्धन मात्रै हुने खतरा रहन्छ,' एकताबारे फरक मत राख्दै भट्टराईले भनेका छन्, ‘व्यापक कम्युनिस्ट ध्रुवीकरण वा एउटै ‘कम्युनिस्ट केन्द्र' निर्माण सिद्धान्ततः राम्रो कुरा हुँदाहुँदै पनि स्पष्ट वैचारिक–राजनीतिक आधार अभावमा त्यो सस्तो प्रचारबाजी र अन्ततः प्रत्युत्पादक मात्र बन्न सक्छ।'