विराटनगर– एकीकृत नेकपा माओवादीको हिजोबाट सुरु भएको राष्ट्रिय सम्मेलनको बन्द सत्र भर्खरै सुरु भएको छ। बिहान ८ बजेदेखि नै बन्दसत्र हुने भनिए पनि ९ घन्टा ढिलो सुरु भएको छ।
विराटनगरमा जारी राष्ट्रिय सम्मेलनको बन्द सत्र बिहान ८ बजे सुरु हुने भनिए पनि सम्मेलन प्रतिनिधि निर्क्यौल र जिल्ला कमिटीहरूले केन्द्रलाई बुझाउनुपर्ने रकम नबुझाएसम्म प्रवेश नदिने केन्द्रीय कार्यालयको निर्णयका कारण बन्द सत्रमा ढिलाइ भएको हो।
‘केन्द्रीय कार्यालय र संगठन विभागले तोकेको विधिअनुसार जिल्ला सम्मेलन सम्पन्न गरी प्रतिनिधि चयन गर्नेलाई वैधानिकता दिइयो, अलग ठाउँमा गएर समानान्तर समिति गठन गर्नेलाई मान्यता नदिएर प्रतिनिधि विवाद हल गर्यौं ,' पार्टी प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने। धेरै जिल्लाले केन्द्रीय कार्यालयको खातामा रकम जम्मा गर्ने कार्य साँझसम्म जारी राखेकाले ५ बजेमात्र बन्द सत्र सुरु गरेको उनले बताए।
बिहान बसेको सम्मेलन आयोजक समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी सदस्यबाट शुल्क उठाउने तर केन्द्रमा दाखिला नगर्ने जिल्ला प्रतिनिधिलाई प्रवेश नगराउने घोषणा गरेका थिए। ‘सदस्यबाट पार्टी शुल्क उठाउने तर केन्द्रमा नबुझाउने जिल्ला प्रतिनिधिलाई बन्द सत्रमा प्रवेश निषेध हुन्छ, ज–जसले बुझाउँछ, त्यो–त्यो मात्र पस्न पाउँछ, नबुझाउने बाहिरै बस्छन्,' दाहाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘केन्द्रमा पैसा जम्मा नगर्ने, पार्टीको सिस्टम नाघ्ने र अनुशासनमा नचल्ने हो भने पार्टी विघटनको घोषणा गरेर म काठमाडौं जान्छु।'
दाहालले केन्द्रीय आयोजक समितिको बैठकमै यस्तो घोषणा गरेपछि केन्द्रमा रकम जम्मा नगर्ने जिल्लाले रकम बुझाउन थालेका थिए। नेताहरू दिनभरि रकम जम्मा गर्न र ‘मनी ट्रान्सफर' गर्न व्यस्त देखिन्थे। केहीले सुनचाँदी लगायत सम्पत्ति बन्धकी राखेर रकम बुझाएको नेताहरूले बताएका छन्। हरेक पार्टी सदस्यले मासिक रूपमा न्यूनतम १५ रुपैयाँ बुझाउन अनिवार्य छ।
‘अध्यक्षको प्रस्तुति निकै कडा थियो, काठमाडौंबाट रकम झिकाएर केन्द्रमा दाखिला गर्यौं ,' काठमाडौं प्रतिनिधि शालिकराम जम्मरकट्टेलले भने। उनका अनुसार काठमाडौंले बिहीबार १ लाख ५८ हजार रुपैयाँ बुझाएको थियो भने ललितपुरले आकस्मिक रूपमा ४७ हजार दाखिला गरेर प्रतिनिधित्व सुनिश्चित गरेको थियो।
समयमै रकम दाखिला गर्न नसकेका कारण सुनसरी, रौतहट, पर्सालगायत जिल्लाका नेता बन्द सत्र बाहिर बस्नुपरेको छ। ‘भन्नेबित्तिकै पैसा जम्मा गर्न नसकेका कारण साथीहरू बाहिर बस्नुपर्योि,' रौतहटका पूर्वसभासद देवेन्द्र पट्टेलले भने।
रकम बुझाउन नसके पनि केन्द्रीय आयोजक समितिमा रहेका नेताहरू भने आयोजकले अनिवार्य रूपमा बुझाउनुपर्ने १ हजार रुपैयाँ बुझाएर प्रवेश गर्न पाएका थिए। ‘धेरै रकम बुझाउन बाँकी रहेछ, यो सालको मात्रै म बुझाउँछु, अरू बुझाउन सक्दिनँ भनेको छु,' एमाले छाडेर आएकी नेतृ उर्मिला अर्यालले भनिन्।
समयमा बन्द सत्र सुरु नभएपछि हलमा दिनभरि सांगीतिक माहोल छायो। ‘रक्त क्रान्तिको ज्वालामुखी....' देखि कुन्ति मोक्तानको ‘खुट्टा तान्दै गर...' सम्मका गीत सभाहलमा बजेका थिए।
समानान्तर समिति बनाउनेले मान्यता पाएन
पार्टी नीति र विधानविपरीत अलग सम्मेलन गरी जिल्ला कमिटी गठन गर्ने र सोही सम्मेलनमार्फत प्रतिनिधि चयन गर्ने समूहलाई पार्टीले मान्यता दिएन। ‘अन्य ठाउँमा गएर समानान्तर समिति बनाउनेलाई मान्यता दिएनौं,' प्रवक्ता शर्माले सञ्चारकर्मीहरूसँग भने। यसले बैतडीका नरेन्द्र कुँवर, रौतहटका धिरज पट्टेललगायत जिल्ला संयोजक बन्द सत्र बाहिर रहनुपरेको छ।
‘नौवटा प्रतिनिधि ल्याउने अधिकार केन्द्रले दिएपछि उहाँ (कुँवर समूह) लाई ६ र मैले ३ वटा लिने भनेँ, तर उहाँहरूले मान्नुभएन, छाडेर हिँड्नुभयो,' बैतडीका आधिकारिक मान्यता पाएकी जिल्ला संयोजक रेणु चन्दले भनिन्। त्यस्तै, रौतहटमा भोजपुरा राज्य संयोजक प्रभु साह, पर्सामा उर्मिला अर्यालको समूहले बन्द सत्रका लागि वैधानिक मान्यता पाएका छन्।
२२ समूहमा छलफल हुने
अध्यक्ष पुष्पकमल दाहालले सम्मेलनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र लिलामणि पोखरेलले प्रस्तुत गरेको संशोधित विधानमा २२ समूहमा छलफल हुने भएको छ।
११ सय प्रतिनिधिलाई ५०/५० जनाको समूहमा विभाजन गरेर छलफल गरिने प्रवक्ता शर्माले जानकारी दिए। ‘२२ वटै समूहले प्रतिवेदन र विधानमा छलफल गरेर भोलि धारणा राखी सक्नेछन्,' शर्माले शुक्रबार पत्रकार सम्मेलनमा भने, ‘पर्सि नेतृत्व चयनको काम सम्पन्न गर्ने योजनमा छौं।' उनका अनुसार पार्टीको नयाँ नेतृत्व सहमतिको आधारमा नै चयन हुनेछ।