काठमाडौं- एकीकृत नेकपा माओवादीभित्र नेतृत्व चयनमा विवाद बढ्दै जानाले अधिकांश जिल्लामा अध्यक्षसहितका पदाधिकारी चयन नै नगरी जिल्ला सम्मेलन सम्पन्न भएका छन्। जिल्ला सम्मेलनमा उत्पन्न पदाधिकारी चयनसम्बन्धी विवाद वैशाख १८ गते विराटनगरमा हुने भनिएको राष्ट्रिय सम्मेलनसम्मै तन्किने भएको छ। राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा धमाधम भइरहेका जिल्ला सम्मेलनले पदाधिकारी छान्न नसके पनि राष्ट्रिय सम्मेलन प्रतिनिधि चयनलाई भने जारी राखेको छ।
जिल्ला सम्मेलनस्थलबाटै ३८ जना प्रत्यक्ष चयन छानेर बाँकी १३ जना मनानीत गरी बढीमा ५१ सदस्यीय जिल्ला समिति बनाउने तथा सम्मेलनस्थलबाटै अध्यक्षसहित पदाधिकारी घोषणा गर्ने एमाओवादी योजना अधिकांश जिल्लामा असफल भएको छ।
'सोमबारसम्ममा ६५ जिल्लामा सम्मेलन सकिए पनि प्रावधिक कारणले केही जिल्लामा अध्यक्षसहित पदाधिकारी चयन हुन नसकेको जानकारी केन्द्रमा आएको छ, सम्मेलन सम्पन्न हुनेबित्तिकै पदाधिकारी चयन हुन्छ,' प्रवक्ता दीनानाथ शर्माले नागरिकसँग भने, 'राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गर्ने कार्य भने कहीं कतै रोकिएको छैन।' उनका अनुसार प्रत्येक जिल्ला समितिले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष गरी पाँच पदाधिकारी चयन गर्नुपर्नेछ।
जिल्ला नेतृत्वका लागि आकांक्षी धेरै हुनाले सहमति जुट्न नसकेपछि अध्यक्षसहित पदाधिकारीबिना नै जिल्ला समिति सदस्य मात्रै चयन गरेर सम्मेलन स्थगित गरिएको केन्द्रीय सदस्य विशाल खड्काले बताए। 'अध्यक्षमा केन्द्रीय सदस्यहरूले आँखा गाडेपछि अधिकांश जिल्लाका सम्मेलन नेतृत्व चयनबिनै स्थगित हुन पुगेका छन्,' खड्काले नागरिकसँग भने, 'नेतृत्व चयन हुन नसके पनि सम्मेलनस्थलबाट प्रतिनिधि चयन भने भइरहेको छ।' उनका अनुसार सम्मेलनबाट अध्यक्षसहित पदाधिकारी घोषणा हुन नसके पनि चयन भएका जिल्ला सदस्यलाई त्यसको जिम्मेवारी छाड्ने कार्य भइरहेको छ।
सम्मेलनबाट बढीमा ३८ जना छान्ने विधानको प्रावधान उल्लंघन गर्दै काठमाडौंमा ५७ सदस्यीय जिल्ला समिति बनाइएको छ। उक्त जिल्लामा अझै २५ प्रतिशत मनोनीत गर्न बाँकी छ। मजदुर नेता शालिकराम जम्मरकट्टेल, विद्यार्थी नेता हिमाल शर्मा र महिला नेतृ अञ्जना विशंखेबीच सहमति हुन नसक्दा सम्मेलनले अध्यक्ष छान्न सकेन। 'समय अभावका कारण सम्मेलनले अध्यक्ष चयन गर्न सकेन,' शर्माले नागरिकसँग भने, 'अब निर्वाचित जिल्ला समितिले अध्यक्षलगायत पदाधिकारी चयन गरेर पूर्णता दिनेछ।' काठमाडौं उपत्यकाभित्रका ललितपुर र भक्तपुर जिल्ला सम्मेलन पनि नेतृत्व चयन नगरी सम्पन्न भएका थिए।
रुपन्देही अध्यक्षमा केन्द्रीय सदस्यहरू वामदेव क्षेत्री, हकिकुल्लाह खाँ, टंकमणि बन्जाडे र माधव शर्माले दाबी गरेपछि विवाद बढेको छ। विवादकै कारण त्यहाँ कुर्सी हानाहान भएको थियो। रसुवाको जारी सम्मेलनमा पूर्व सभासद प्रेम तामाङको निर्देशनमा केही कार्यकर्ता कुटपिट गरिएको खबर केन्द्रीय कार्यालयमा पुगेको छ।
दोलखा जिल्ला सम्मेलनले राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गरे पनि आन्तरिक विवादका कारण जिल्ला समिति गठन गर्न सकेन। काभ्रेमा अध्यक्षका लागि केन्द्रीय नेता सूर्यमान दोङ र जीवनाथ शर्माबीच चर्को प्रतिस्पर्धा देखा परेको छ। त्यहाँ पनि नेतृत्व चयन नभई सम्मेलन सकिएको छ। सिन्धुपाल्चोकमा पनि पदाधिकारी चयनबिनै सम्मेलन सकिएको छ। धादिङ र नुवाकोटमा पनि नेतृत्वका लागि विवाद बढेपछि सम्मेलन प्रभावित भएको छ।
राष्ट्रिय सम्मेलन सुरु हुनु तीन दिनअघि मात्र सिरहा, धनुषा, सर्लाही, सिन्धुलीलगायतमा जिल्ला सम्मेलन उद्घाटन गरिएको छ। महोत्तरीको नेतृत्वमा सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया थालनी हुने देखिएको छ। धनुषा जिल्ला सम्मेलनमा एमाले परित्याग गरी आएका रामचन्द्र झाले रामचन्द्र मण्डललाई दोहोर्याीउनुपर्ने अडान राखेका छन् भने श्रवण यादवले दीपक यादवलाई अघि सारेका छन्।
रौतहटमा मंगलबार छुट्टाछुट्टै स्थानमा दुइटा जिल्ला सम्मेलन आयोजना हुँदैछन्। पूर्वमन्त्री तथा भोजपुरा राज्य समिति संयोजक प्रभु साह र जिल्ला संयोजक विन्देश्वर यादव समूहले धरहरीमा जिल्ला सम्मेलन उद्घाटन गर्दैछन्। जुन सम्मेलनको प्रमुख अतिथि टोपबहादुर रायमाझी हुने कार्यक्रम छ।
उता, सभासद तथा केन्द्रीय सदस्य अशोक जयसवाल र सत्यनारायण भगत समूहले गेडहीगुठीमा जिल्ला सम्मेलन आयोजना गर्दैछन्। 'पार्टीको आधिकारिक निर्णय धरहरी जिल्ला सम्मेलन हो, अरु क–कसले कहाँ जिल्ला सम्मेलन गर्छन्, थाहा भएन,' यादवले नागरिकसँग भने। जयसवालले भने पार्टीका अधिकांश नेता आफ्नो पक्षमा भएको दाबी गर्दै जिल्ला सम्मेलन गेडहीगुठीमै गर्ने जानकारी दिए।