काठमाडौं-विरोधीविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने एमाले संसदीय दलका नेता केपी शर्मा ओली पछिल्लो समय शब्द प्रहारमा संयमित हुन थालेका छन्।
उखानटुक्का, उपमा र विभिन्न प्रसंग ल्याएर अन्य र आफ्नै पार्टीका नेताको उछितो काढ्ने ओलीमा आएको बदलावले पार्टीभित्र नेताहरू अचम्भित भएका छन्।
'अहिले रणनीतिक रूपमा अघि बढ्ने भए पनि प्रस्तुतिलाई शालिन बनाउने योजना छ,' ओलीनिकट स्रोतले भन्यो, 'आक्रामक रूपमा अघि बढे पनि प्रस्तुतिमा संयम हुँदा आगामी दिनमा नेतृत्व गर्न सहज हुन्छ भन्ने ठम्याइ हो।'
स्वास्थ्यका कारण ओली पछिल्लो समय बाहिरी गतिविधिभन्दा आन्तरिक भेटघाट र रणनीतिक तयारीमा रहेको उनीनिकट नेताहरू बताउँछन्। बिहीबार साँझ महासचिव ईश्वर पोखरेलसहितका नेतासँग गोकर्ण रिसोर्ट पुगेका ओली एक रात बिताएर फर्केका छन्।
भारतमा डेढ महिना उपचार गराएर फर्किने क्रममा वैशाख ३ गते विमानस्थलमा शक्ति प्रदर्शनपछि सुरु भएको महाधिवेशन अभियानको लय नबिग्रिए नेतृत्वमा पुग्न सकिन्छ भन्ने ओलीलाई लागेको छ। उनी उपचारपछि फर्किंदा फूलमाला लिएर विमानस्थल पुगेका नेता तथा कार्यकर्ताको ठूलो भीड थियो। भिभिआइपी कक्षमा उपाध्यक्षद्वय वामदेव गौतम, विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिवद्वय विष्णु पौडेल र शंकर पोखरेलका साथै मन्त्री र सभासदको ठूलो लर्को थियो।
'संसदीय दल नेतामा विजयी भएसँगै नेतृत्व हस्तान्तरणका लागि सुरु भएको अभियान उपचारका लागि भारत गएपछि ब्रेक लागेको थियो,' ओलीनिकट एक नेताले भने, 'उपचारबाट फर्किनेबित्तिकै विमानस्थलबाटै त्यो अभियान सुरु भयो। अहिले त्यसलाई टु्ट्न नदिनेमा ध्यान केन्द्रित छ।' त्यसैको सिलसिला स्वरूप ओलीले भेटघाट र कोठे बैठक मात्रै नभएर विभिन्न कार्यक्रममा सक्रियता बढाए। ओलीले मेची–काठमाडौं अञ्चल सम्पर्क मञ्चको शुभकामना आदानप्रदान, मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको विचार गोष्ठीमा सहभागी बनेर आफ्नो धारणा राखे।
ओलीले युवा संघ नेपालको राष्ट्रिय अभियान उद्घाटन गरे। त्यसयता पार्टीभित्रका सानातिना कार्यक्रममा पनि ओलीको उपस्थिति हुन थालेको छ। कमजोर स्वास्थ्यका कारण महाधिवेशनअघि चाहेजति सबै स्थानमा पुग्न उनलाई कठिनाइ भए पनि उनले सक्रियता देखाउन भने छाडेका छैनन्।
ओलीलाई नेता बनाउने अभियानमा धेरै पदाधिकारी लागेका छन्। ओली आफैं उपस्थित नभए पनि ती पदाधिकारीले प्रचार गरिदिँदै आएका छन्। यता उनका प्रतिस्पर्धीका रूपमा देखिएका वरिष्ठ नेता माधवकुमार नेपाल भने प्रचार अभियानमा आफंै सक्रिय भएर लागेका छन्।
मेची–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महासचिव ईश्वर पोखरेल, मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष वामदेव गौतम र मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष विद्या भण्डारीले नेतृत्व हस्तान्तरणका लागि ओलीलाई अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए।
पछिल्लो समयमा नेपाल समूहले विचारको आधारमा पार्टीभित्र ध्रुवीकरण तीव्र पार्न खोजेपछि ओली समूह प्रतिरक्षामा उत्रिएको छ। नेतृत्व हस्तान्तरणका विषयमा हात मिलाउन आएका उपाध्यक्ष वामदेव गौतम विचारका हिसाबले आफूबाट टाढा भएकाले ओली पक्ष विचारको ध्रुवीकरण बढाउने पक्षमा छैन। सैद्धान्तिक बहस चलाउँदा गौतमको साथ गुम्नसक्ने डरले ओली पक्ष त्रसित छ। राजधानीमा बुधबार युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले पार्टीभित्र 'कृत्रिम' बहस चलाएर समस्या उत्पन्न गर्ने कोसिस भइरहेको आरोप लगाएका थिए।
समाजको चरित्र, आगामी कार्यदिशा, २०६२–०६३ को परिवर्तनलाई हेर्ने दृष्टिकोण जस्ता विषयमा पार्टीभित्र ओली र गौतमको विचार मिल्दैन। विचारको बहसमा बढी ध्रुवीकरण भए नेपाल पक्षलाई बल पुग्नेमा ओली पक्ष सजग छ। नेपाल प्रत्येकजस्तो कार्यक्रममा सही विचार बोक्नेले मात्रै सही नेतृत्व दिनसक्ने चुनावी नारा बनाएर अघि बढेका छन्। राजधानीमा आइतबार युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नेपालले विचार गलत भन्ने, तर नेता मान्ने भनेर एमाले नेताहरूले जग हँसाइरहेको बताए।
युवा नेता राजन भट्टराई भने मर्यादित ढंगले हुने बहसबाट कोही पनि डराउनु नपर्ने बताउँछन्। 'महाधिवेशनअघि बहस र रस्साकस्सी हुनु स्वाभाविक नै हो। मर्यादित र व्यवस्थित गराउन सके त्यसले पार्टीलाई फाइदा दिन्छ,' ओलीलाई अध्यक्ष बनाउन लागिपरेका भट्टराईले भने, 'तिक्तता बढाउनेगरी त्यसलाई अघि बढाउनुहुँदैन।'