काठमाडौं-राजनीतिक प्रतिवेदनको मस्यौदा निर्धारित समयमा तयार हुन नसकेर केन्द्रीय कमिटी बैठक अनिश्चित बनेपछि नेकपा एमालेको नवौं महाधिवेशन सर्ने सम्भावना बढेको छ।सोमबार बसेको एमाले स्थायी कमिटी बैठकमा अध्यक्ष झलनाथ खनालले मस्यौदा तयार गर्न थप समय माग गरेपछि केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। ‘अध्यक्षले प्रतिवेदन तयारीका लागि समय माग गर्नुभएपछि बिहीबारका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पछि सरेको छ,' सचिव शंकर पोखरेलले नागरिकसँग भने।
उनका अनुसार अध्यक्षले तयार गरेको प्रतिवेदन मस्यौदा कमिटी र स्थायी कमिटीमा छलफल भएपछि मात्रै केन्द्रीय कमिटीमा जानेछ।
पार्टीले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकामा चैत मसान्तभित्र राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्ने र वैशाख ५ देखि १० गतेसम्म केन्द्रीय कमिटीमा छलफल गर्न कार्यक्रम थियो। तर, वैशाख ५ गते बैठक बसेको केही समयमै १० गते बिहीबारसम्म स्थगित गरिएको थियो।
पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँग जानकार नेताहरूले तीनै पक्ष (अध्यक्ष खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दल नेता केपी शर्मा ओली) महाधिवेशन पछि सार्ने योजनामा रहेको बताउँछन्। ‘अहिले कसले मुख खोल्ने भनेर मात्रै नेताहरूले यस विषयमा केही बोलेका छैनन्,' एक नेताले भने, ‘निर्धारित कार्यतालिकाअनुसार काम नगरेपछि समय पुगेन भनेर महाधिवेशन सार्ने नियत उनीहरूमा देखिन्छ।'
ती नेताका अनुसार अहिले ढिला गर्ने र जेठ पहिलो साता महाधिवेशन हुन नसक्ने भनेर घोषणा गर्ने तयारीमा सबै पक्ष लागेका छन्।
वरिष्ठ नेता नेपाललाई नेतृत्वमा पुग्न थप तयारीका लागि समय चाहिएको ती नेताले दाबी गरे। ‘ओलीसँग ध्रुवीकरण अझै बढोस् र लामो समय एकै स्थानमा रहेका नेता तथा कार्यकर्ताबीच स्पष्ट कित्ताकाट होस् भन्ने पक्षमा नेपाल हुनुहुन्छ,' ती नेताले भने, ‘त्यसका लागि नेपाललाई थप समय चाहिएको छ।' आठौं महाधिवेशनपछि लामो समय नेपाल र ओली एकै स्थानमा थिए।
करिब डेढ महिना भारतमा उपचार गराएर फर्केका ओली पनि चिकित्सकले केही समयमा आराम गर्ने सल्लाह दिएकाले अहिले नै महाधिवेशनको धपेडी नहोस् भन्ने चाहन्छन्। ‘ओलीले पनि तत्काल महाधिवेशन होस् भन्नेमा जोड दिएको देखिँदैन,' ती नेताले भने।
यता जति मिति सर्दै जान्छ, त्यति नै आफ्नो कार्यकाल लम्बिँदै जाने भएकाले खनाल पनि छिटै महाधिवेशन गर्ने पक्षमा छैनन्। उनले सर्वसम्मतबाहेकको अवस्थामा नदोहोरिने मनस्थिति बनाइसकेका छन्। ‘जेठमा महाधिवेशन भएन भने तिथि धकेलिँदै मंसिर पुग्नसक्छ,' एमालेका एक नेताले भने।
राजनीतिक विचारका आधारमा तल्लो कमिटीबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउँछन्। त्यसका लागि एमालेले एक महिनाको समय छुट्याएको छ। पार्टीको तल्लो कमिटीमा वैशाख १५ देखि जेठ १५ सम्म राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यतालिका छ। जेठ २० गतेसम्म प्रतिनिधि छनोटको समय तोकिएको छ।
महाधिवेशन तयारीका लागि डेढ महिना नै पर्याप्त हुने दाबी सचिव पोखरेलको छ। ‘सातौं महाधिवेशन घोषणा भएको डेढ महिनामा सम्पन्न गरिएको हो,' पोखरेलले नागरिकसँग भने, ‘निर्धारित मितिमा महाधिवेशन गर्न सकिन्छ।' एमालेले जेठ २४ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने घोषणा गरिसकेको छ।
केन्द्रीय सदस्य घनश्याम भुसालले समयतालिकाअनुसार अघि नबढेर नेताहरूले गन्जागोल बनाउन खोजेको आरोप लगाए। ‘आठौं महाधिवेशनयता प्रत्येक बैठकमा विचारमाथि छलफल होस् भनेर हामीले कुरा उठायौं। त्यतिबेला महाधिवेशनमा पूर्ण तयारीका साथ छलफल खुला गर्ने भनियो,' भुसालले भने, ‘अहिले निर्धारित कार्यतालिकालाई नपछ्याएर गञ्जागोलमै महाधिवेशन गर्न खोजिँदैछ।'
समाजको चरित्र, आगामी कार्यदिशा, मार्गनिर्देशक सिद्धान्त जबजको सुदृढीकरण, २०६२–०६३ को राजनीतिक परिवर्तनलाई हेर्ने दृष्टिकोणका विषयमा मस्यौदा समितिमा फरक–फरक धारणा आएका छन्।