काठमाडौं – पाकिस्तानले नाङ्गा पर्वतको आाधार शिविरमा तालिवान समर्थित एक सशस्त्र समूहको आक्रमणमा परी मारिएका नेपाली नागरिकको परिवारलाई १० लाख रुपैयाँ राहतका रुपमा दिएको छ।काठमाडौंस्थित पाकिस्तानी दूतावासका चार्ज डी अफेयर्स नजर हुसेनले परराष्ट्र मन्त्रालयमा सोमबार पीडित परिवारलाई रकम हस्तान्तरण गरे। नाङ्गा पर्वतमा मारिएका सोना शेर्पाकी श्रीमती डोमा शेर्पाले उक्त रकम बुझेकी थिइन्। परराष्ट्रका उपसचिव सुशीलकुमार लम्सालको उपस्थितिमा हुसेनले पीडित परिवारलाई रकम हन्तान्तरण गरेका थिए।
सन् २०१३ जुन २२ का दिन तालिवान समर्थित एक समूहले शिविरमा सुतिरहेकाबेला सोना लगायत १० विदेशीको गोली हानी हत्या गरेका थिए। राती १० बजेतिर जुनडुल्लाह नामक हतियारधारी समूहका सदस्यले लुटपाटपछि अन्धाधुन्द गोली हानी हत्या गरेका थिए। पाकिस्तानी तालिवानसँग आवद्ध जुनडुल्लाह (भगवानका सेना) ले सोना सहित ५ युक्रेनी, ३ चिनियाँ र एक रुसी पर्वतारेहीको हत्या गरेका थिए। मारिने नेपाली नागरिक सोना, ३५, को स्थायी ठेगाना सोलुखुम्बु छेस्काम भए पनि उनी काठमाडौं बालाजुस्थित नयाँ बजारमा बस्दै आएका थिए। काठमाडौंमा रहेको सेभेन समिट ट्रेक्स एण्ड एक्सपेडिसन् प्रा.लि. मार्फत ९ जना नेपाली र ५ जना विदेशी गरी १४ जनाको समूह नाङ्गा पर्वत आरोहण गर्न त्यहाँ पुगेको थियो। विश्वको नवौं अग्लो हिमशिखर नाङ्गा (८ हजार १ सय २९ मिटर) आरोहण गर्न काठमाडौंबाट गएको १४ जनाको समूहमध्ये ८ जना नेपाली दोस्रो आधार शिविरसम्मको बाटो बनाउन गएको बेला उक्त घटना घटेकाले बच्न भएका थिए। मारिने नेपाली नागरिक सोनाले तीन पटक सगरमाथको आरोहण गरेका थिए। उनले त्यसअघि एक पटक नाङ्गा पर्वत आरोहण गरेका थिए।