सर्वसम्मत भए खनालले दोहोर्‍याउने
०७ वैशाख २०७१
•
७ मिनेट पाठ
सर्वसम्मत भए खनालले दोहोर्‍याउने
काठमाडौं- नवौं महाधिवेशनबाट नेतृत्व हत्याउन वरिष्ठ नेता माधवकुमार नेपाल र संसदस्य दल नेता केपी शर्मा ओलीबीच रस्साकस्सी चलिरहे पनि एमाले अध्यक्ष झलनाथ खनाल मौन छन्। पार्टी विधानमा दुई कार्यकाल अध्यक्ष हुन पाउने प्रावधान भए पनि खनालले प्रतिस्पर्धै गरेर दोहोरिन चाहेका छैनन्।सर्वसम्मत नेतृत्व पाए फेरि एकपटक पार्टी हाँक्न उनी तयार रहेको निकटस्थ नेताहरू बताउँछन्। त्यसैले खनालले नेतृत्व प्रतिस्पर्धाका विषयमा औपचारिक रूपमा मुख खोलेका छैनन्। सार्वजनिक कार्यक्रममा उनले नवौं महाधिवेशनलाई सहमति र साझेदारी बनाउने बताउने गरेका छन्। 
नेता नेपाल र ओलीले भने सार्वजनिक कार्यक्रममार्फत नै आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेका छन्। र, त्यसैअनुसार तयारीमा जुटेका छन्। 
अध्यक्ष खनालले न आफ्नो उम्मेदवारी दाबी गरेका छन् न त ती दुईमध्ये कुनै एकलाई नै समर्थन जनाएका छन्। खनालले आफैं प्रतिस्पर्धामा उत्रिन नचाहेपछि उनीनिकट नेता भने नेपाल गुटतिर लागेका छन्। 
अध्यक्ष खनाल सैद्धान्तिक विषयमा स्पष्ट धारणा राख्दै आएका छन्। 'अहिले विचारका हिसाबले खनाल, गौतम र नेपाल एकैतिर हुनुहुन्छ। तर, नेतृत्वको विषयमा अहिले नै मुख खोल्दा बढी तिक्तता हुनसक्ने ठानेर (खनाल) चुप बसेको हुनसक्छ,' केन्द्रीय सदस्य ठाकुर गैरेले नागरिकसँग भने, 'विचार जता मिल्छ नेतृत्वमा उसैलाई सघाउनुहुन्छ।' विचारको हिसाबले खनाल नेपालनिकट छन्। 
ओली निकटहरूको दाबी भने फरक छ। नेतृत्व हस्तान्तरणका पक्षमा खनालले सघाउने उनीहरूको विश्वास छ। 'विचारका हिसाबले सबै नेतृत्व एकै स्थानमा छन्। जनताको बहुदलीय जनवादको आर्थिक कार्यक्रमलाई लिएर अघि बढ्ने धारणा राख्छन्,' ओलीनिकट केन्द्रीय सदस्य भानुभक्त ढकालले भने, 'त्यसैले उहाँ (खनाल) नीति र नेतृत्वमा सर्वसम्मत पक्षमा हुनुहुन्छ। नेतृत्व हस्तान्तरणकै पक्ष हुनुहुन्छ।' उनले पार्टीलाई पुनर्जीवन दिन सफल खनालले नेतृत्व हस्तान्तरणको पक्षमा लाग्ने दाबी गरे। 
त्यसो त पार्टी संकटमा परेको समयमा नेतृत्व हाँक्ने जिम्मा पाउँदै आएका खनाल पार्टीभित्र संकटमोचक नेताको रूपमा चिनिन्छन्। उनले भूमिगत समयमा सात वर्ष र खुला समयमा छ वर्ष गरी करिब १३ वर्ष पार्टीको नेतृत्व गरिसकेका छन्। नेतृत्व परिवर्तनको विषयलाई मुख्य मुद्दा बनाउँदै आएका ओलीनिकट नेता भने वरिष्ठ नेता नेपालभन्दा खनालको नेतृत्व दाबी बढी स्वाभाविक हुने धारणा राख्छन्। 
'३३ स्थानमा खुम्चिएको पार्टीलाई दोस्रो ठूलो दल बनाउने काम खनालकै नेतृत्वमा भयो,' ढकालले भने, 'यसकारण पनि नेता नेपालभन्दा खनालको दाबी बढी तर्कसंगत हुनसक्छ।' लामो समयसम्म एकै व्यक्ति नेतृत्वमा बस्नु हुँदैन भन्ने मान्यताकै कारण पार्टी अध्यक्षले फेरि नेतृत्व दाबी नगरेको ढकालको भनाइ छ। 
पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने विषयले महासचिव सिपी मैनाली कारबाहीमा परेपछि २०३९ सालमा खनाल पहिलोपटक तत्कालीन मालेको शीर्ष नेतृत्वमा पुगेका थिए। २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पार्टी ३३ सिटमा खुम्चिएपछि खनाल फेरि पार्टी नेतृत्वमा पुगेका हुन्। 
'खनालले फरक–फरक परिस्थितिमा पार्टीलाई सफलतापूवर्क सञ्चालन गर्नुभयो,' पोलिटब्युरो सदस्य सुरेन्द्र पाण्डेले नागरिकसँग भने, 'पहिलोपटक नेतृत्व गर्दाको समय सम्बन्ध स्वार्थरहित थियो। वैचारिक विषयमा नेतृत्व गरेपछि अन्य कुरामा ध्यान दिनुपर्दैनथ्यो। तर, अहिले स्वार्थको आधारमा सम्बन्ध बन्ने र भत्कने हुँदा जटिलता सयौं गुणा बढी छ।' 
सक्रियताभन्दा पनि अध्ययन–अनुसन्धानमा बढी चासो राख्ने अध्यक्ष खनाल कुनै पनि विषयमा आक्रामक रूपले प्रस्तुत हुँदैनन्। 'पार्टीभित्र कडिकडाउ रूपमा प्रस्तुत हुनुहुन्न। त्यसले अन्तरद्वन्द्वलाई चर्काएन। संविधानसभा निर्वाचनमा उम्मेदवार छनोट पनि सर्वसम्मत गराउनुभयो,' पाण्डेले भने, 'त्यसले आधिकारिक उम्मेदवारविरुद्ध बागी हुने अवस्था आएन। सानोतिनो समस्याबाहेक धेरै विषयमा पार्टीलाई एकतावद्ध बनाउनुभयो।' 
कतिपय अवस्थामा गुन्डागर्दी र अराजक गतिविधि गर्नेमाथि कारबाही र इमान्दार कार्यकर्तालाई संरक्षण गर्न नसकेको आरोप खनालमाथि लाग्ने गरेको छ। अहिले नेपालले ओली पक्षलाई इंगित गर्दै गुन्डागर्दी र अराजकताविरूद्ध आफ्नो उम्मेदवारी रहेको प्रचार गरेकाले खनाल पक्षका नेता–कार्यकर्ता नेपालतिर लागेका छन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस