झापा- फुजेल कान्डका अभियुक्तहरुलाई आदलतले रिहा गरेको घटनालाई प्रधानमन्त्री सुशील कोइरालाले समान्य प्रकृया भएको बताएका छन्। आइतबारबाट झापमा हुने नेपाली कांग्रेसको क्षेत्रीय प्रशिक्षण भेलाको उद्घारटन गर्न आएका प्रधानमन्त्री कोइरालाले अब पनि अशान्तिका कुरा गरेर नहुने बताए।'अब पनि अशान्ति र द्वन्द्वका कुरा गरेर साध्य छैन,' उनले भने, 'सहमति गरेर अगाडि बढ्नुको विकल्प छैन।' उनले फुजेल घटनालाई अनावश्यदकरुपमा नउचाल्न सञ्चारकर्मीलाई आग्रह गरे। 'फुजेल घटनालाई अनावश्याकरुपमा उचालिएको छ। त्यसरी प्रचारवाजी नगर्न आग्रह गर्न चाहन्छु,' उनले भने।
अधिकारी दम्पत्तिको अनशन तोडाउनेबारे सरकार गम्भीर रहेको उनले बताए। 'अधिकारी दम्पत्तिको अनशन तोडाउन सरकार गम्भीर छ। म आफैं पनि अनशन तोडाउन आग्रह गरिरहेको छु,' उनले भने।
उनले स्थानीय निकायको चुनाव नहुँदा भ्रष्टाचार मौलाएको बताए। 'स्थानीय निकायको चुनाव नहुँदा भ्रष्टाचार मौलाएको छ,' उनले भने, 'चुनाव नभएरै स्थानीयस्तरको विकाससमेत प्रभावित बनेको छ।' स्थानीय निकायको चुनाव कहिले हुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्ननमा प्रधानमन्त्री कोइरालाले भने, 'सबै कुरा हजुरहरुलाई थाहा भएकै हो। यसबारे मलाई के सोध्नुहुन्छ।'
प्रधानमन्त्रीलाई स्वागत गर्न कांग्रेस कार्यकर्ताहरु विमानस्थालको धावनमार्गमै पुगेका थिए। संवेदनसिल क्षेत्र मानिएको ठाउँका कांग्रेस कार्यकर्ताहरुले 'सुशील दाइ हाइ हाइ, नेपाली कांग्रेस जिन्दावाद' भन्दै नारा लगाएका थिए।