काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नाम परिवर्तन गर्ने भएको छ। पार्टीको नाम नेपाल पञ्चायतकालीन पृष्ठभूमिका व्यक्ति मात्रै संगठित हुने दलको जस्तो बनेको भन्दै फरक हुन फेर्न लागेको हो।राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले नाम परिवर्तन गर्ने विषयमा पार्टीभित्र सैद्धान्तिक सहमति भइसकेको जानकारी दिए । 'पञ्चायतको लिगेसी (विरासत) नझल्कने गरी नयाँ शक्तिको रूपमा पार्टीलाई अघि बढाउन नाम फेर्न लागिएको हो,' उनले भने, 'पार्टीमा संलग्न अधिकांश २०४७ सालको परिवर्तनपछि नै राजनीतिमा आएकाहरू छन् ।'
श्रेष्ठले पहिलो महाधिवेशनले त्यस विषयमा निर्णय लिने बताए । 'नाम के राख्ने भनेर अहिले निर्णय भइसकेको छैन । पार्टी कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग पार्टीको नाम के राख्दा राम्रो हुन्छ भनेर सुझाव माग्छौं ।'
उनले राष्ट्रियता, प्रजातन्त्र र परम्परागत मूल्यमान्यता बलियो बनाउने नीतिलाई उपयुक्त हुने गरी नाम तय गरिने बताए । राप्रपा नेपालले राजासहितको प्रजातन्त्र, हिन्दु धर्मसापेक्ष राष्ट्र बनाउनुपर्ने धारणा राख्दै आएको छ ।
तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकाललाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा विवाद भएपछि राप्रपा विघटन भएर ८ वर्षअघि राप्रपा नेपाल गठन भएको हो ।
राप्रपा नेपालको पहिलो महाधिवेशन जेठ १० गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । १० गते खुलामञ्चमा महाधिवेशनको उद्घाटन गरिने तथा ११, १२ र १३ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा बन्दसत्र हुने पार्टीले जनाएको छ । सम्मेलनमा ७५ जिल्ला र प्रवासका गरी करिब २ हजार २ सय प्रतिनिधि र ३ सय पर्यवेक्षक रहेनछन् । महाधिवेशनमा जिल्ला तथा क्षेत्रीय कार्यसमितिका अध्यक्ष, क्षेत्रीय समितिबाट एक महिलासहित तीन प्रतिनिधि, जिल्ला कार्य समितिका २ महिलासहित ५ प्रतिनिधि, नगर समिति अध्यक्ष, मनोनीत ३५ र जनवर्गीय संगठनका अध्यक्ष प्रतिनिधि हुनेछन् ।
महाधिवेशन तयारीका लागि अध्यक्ष कमल थापाको नेतृत्वमा मूल व्यवस्थापन समिति र त्यसअन्तर्गत २१ वटा उपसमिति गठन गरिएको छ । थापाकै अध्यक्षमा दस्तावेज मस्यौदा समिति पनि गठन भएको छ । समितिको सदस्यसचिवमा मोहन श्रेष्ठ छन् भने सदस्यमा पद्मसुन्दर लावती, केशरबहादुर विष्ट, राजीव पराजुली, धवलशमशेर राणा, चन्द्रबहादुर गुरुङसहित ३८ जना छन् ।
बैठकले वैशाख १५ गतेभित्र सबै जिल्ला समितिलाई जिल्ला अधिवेशन गर्न र मसान्तभित्र केन्द्रमा प्रतिनिधिको नाम पठाउन निर्देशन दिएको छ ।