काठमाडौं- भारतमा सोमबारबाट सुरु हुने लोकसभा निर्वाचनले सत्ता समीकरणमा ठूलो परिवर्तन ल्याउने धेरैको आँकलन छ। दस वर्ष सत्ताबाहिर रहेको भारतीय जनता पार्टी (भाजपा) सबैभन्दा ठूलो दल र गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्री बन्ने अनुमान गरिएको छ।हिन्दु कट्टरवादी छविका नेता मोदीको सम्भावित उदयले छिमेकी नेपाल मात्र होइन, उनलाई भिसा अस्वीकृत गर्दै आएको अमेरिकासम्मको ध्यान खिचेको छ। तर, के यो निर्वाचन परिणामले भारतको नेपाल नीतिमा कुनै परिवर्तन होला?
'भारतको विदेश नीति निर्माण कार्य जटिल छ। सत्तामा आउने व्यक्ति तथा पार्टी फेरिँदैमा विदेश नीतिमा परिवर्तन आउँदैन,' भारतका लागि पूर्व नेपाली राजदूत भेषबहादुर थापाले आइतबार नागरिकसँग भने, 'सर्वसम्मतबाट बनेको विदेश नीति नयाँ सरकार आउँदैमा भत्कने सम्भावना म देख्दिनँ।'
थापा भारतमा ६ वर्ष राजदूत रहँदा ५ वर्ष भाजपा सरकार नै थियो। भारतमा हुने नीति निर्माणलाई उनले नजिकबाट नियालेका छन्। थापाका अनुसार भारतमा विदेश नीति बनाउँदा विज्ञ, कर्मचारी, सुरक्षा निकाय लगायतले सुरुमा दस्तावेज तयार पार्छन्। विभिन्न दलका शीर्षनेताबीच उक्त दस्जावेजमाथि सामूहिक छलफल हुन्छ। त्यसपछि मात्र दस्तावेजलाई अन्तिम रूप दिइन्छ, जुन सबैको साझा सहमतिमा तयार हुन्छ।
'भारतमा धेरै निर्वाचन सम्पन्न भए र धेरै सरकार फेरिए तर विदेश नीतिमा उचारचढाव आएको देखिँदैन। सबै पार्टीको सहमतिमा विदेश नीति बनाउने परम्परा भारतको छ। परिपक्वता र वैज्ञानिक तरिकाले नीति निर्माण हुने हुँदा दल तथा व्यक्ति सत्ता वा बाहिर भए पनि नीति त्यही नै हुन्छ,' थापाले प्रस्ट्याए, 'भारतमा केन्द्रीय नेताको भन्दा राज्यका नेताको प्रभाव बढ्दो छ। त्यसैले, निर्वाचन परिणामले नेपालमा प्रत्यक्ष असर गर्ने देखिँदैन। एक/दुईजना नेता आउँदा बोलेका कुराले अर्थ राख्दैन।'
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र राज्यमन्त्री प्रकाशशरण महत पनि भारतको सत्ता परिवर्तनले विदेश नीति फेरिन्छ भन्नेमा विश्वास गर्दैनन्। भाजपा सत्तामा पुगे अप्रत्यक्ष रूपमा हिन्दुवादीलाई सहयोग हुने भए पनि त्यसले अर्थ नराख्ने उनी बताउँछन्। 'आफूसँग विचार मिल्नेलाई भित्रभित्र सहयोग हुन सक्ला, प्रत्यक्ष सहयोग हुन सक्दैन,' महतले भने।
नेकपा एमालेको विदेश विभाग सदस्य राजन भट्टराई भारतमा हुने सरकार परिवर्तनले विदेश नीतिमा तात्विक फरक नआउने बताउँछन्। उनको बुझाइमा भारतका केही चासो छन्, जसलाई सत्तामा जुन पार्टी पुगे पनि निरन्तरता दिन्छन्।
थापा र भट्टराईको बुझाइमा भारतमा सत्ता परिवर्तन हुँदा एकपटक मात्र नेपाल नीति फेरिएको छ, तर त्यो पनि क्षणिक बन्यो। सन् १९९७ मा जनता दलका नेता आइके गुजराल प्रधानमन्त्री भएपछि छोटो समय विदेश नीति परिवर्तन भएको महसुस गरिएको थियो। विदेश नीतिमा 'गुजराल डक्ट्रिन' अहिले पनि चर्चित छ। छिमेकी राष्ट्रसँग लेनदेनका आधारमा सम्बन्ध नराखी आफ्ना मुख्य स्वार्थमा आघात नपर्नेगरी खास किसिमले सहुलियत दिनुपर्छ भन्ने नै गुजराल डक्ट्रिन हो।
यही नीतिअनुसार गुजरालकै पालामा नेपालका लागि फूलबारी हुँदै बंगलादेश करिडोर खुला भयो। यो मार्ग प्रयोग गर्न पाउँ भनी नेपालले सन् १९६७ मा प्रस्ताव गरेको थियो, तर सुनवाइ ३४ वर्षपछि गुजरालको पालामा भयो। 'वाणिज्य सन्धि पनि उनकै सिद्धान्तको परिणाम थियो। यो सन्धीले नेपाललाई धेरै वस्तुमा भन्सार छुट, सहुलियत दिएको थियो। यसले भारतसँगको व्यापार घाटा कम भयो,' भट्टराईले भने, 'तर, सन् २००२ मा भाजपा नेतृत्वको सरकारले सन्धी परिमार्जन गर्दा पुराना बुँदा राख्न मानेन, जसका कारण फेरि व्यापार घाटा सुरु भयो।'
भारतको सत्ताले क्षणिक रूपमा भन्दा दूरगामी सोच राखेर विदेश नीति बनाउने हुँदा सत्ता परिवर्तनले त्यसलाई कुनै असर नगर्ने उनले बताए। 'यसपालि पनि भाजपाको विजयले फलानोलाई फाइदा होला भन्नु अनुमान मात्र हो,' उनले भने।