काठमाडौं- एकीकृत माओवादीका केन्द्रीय सदस्य दिलीप साह बहुबिबाहको आरोपमा महिना दिनदेखि थुनामा छन्। धनुषाबाट पक्राउ परेका साह हालः महोत्तरी, जलेश्वरस्थित कारागारको थुनामा छन्। युद्धकालमा नै नेकपा माओवादी अध्यक्ष मातृकाप्रसाद यादवकी छोरी कविता यादवसँग विवाह गरेका केन्द्रीय सदस्य साहले दुई महिनाअघि अर्को विवाह गरेका थिए। दोस्रो विवाह गरेर फरार रहेका साह पत्नीव कविताको उजुरीको आधारमा एक महिनाअघि धनुषाबाट पक्राउ परेका थिए। साहले कवितालाई छाडेर धनुषाकी अनिता यादवसँग दोस्रो विवाह गरेका हुन्।
महोत्तरीका पार्टी इन्चार्ज तथा केन्द्रीय सदस्य राजु खडकाले साहको पक्राउबारे आन्तरिकरुपमा बुझ्ने काम भइरहेको बताए। 'बहुविवाहको आरोपमा पक्राउ परेका नेता साहबारे पार्टीले बुझ्ने काम भइरहेको छ,' खड्काले नागरिकन्युजसँग भने, 'पार्टीले आन्तरिकरुपमा छानबिन गरिरहे पनि उहाँलाई छुटाउने उपायका लागि सहमतिको प्रयास भइरहेको छ।'
ससुरा मातृका यादवले भने आफ्नी छोरीमाथी सौता हाल्ने नेता साहलाई त्यसै छाडने पक्षमा नभएकाले पनि सहमति हुन नसकीरहेको एक नेताले बताए। मातृकाले पार्टी परित्याग गर्दा साहले पनि एमाओवादी परित्याग गरेका थिए तर चुनावअघि पुनः साह ससुरा मातृकालाई छाडेर एमाओवादीमा फर्किएका थिए। चुनावलगत्तै साहले दोस्रो विवाह गरेका थिए।
जनकपुरमा पक्राउ परेका साहमाथि अदालतमा मुद्दा चलिरहेको र धनुषामा कारागार नभएकाले जलेश्वरमा साहलाई राखिएको हो।