पिआर लिने कर्मचारीलाई ऐनले तानेर जेल पठाउँछु : लालबाबु पण्डित
२२ चैत्र २०७०
•
८ मिनेट पाठ
पिआर लिने कर्मचारीलाई ऐनले तानेर जेल पठाउँछु : लालबाबु पण्डित
ललितपुर- सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रसेवाको जिम्मेवारीमा रहेर विदेशी पिआर (स्थायी बसोबास), ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारीलाई तीनवटा ऐन लगाएर कारबाही गर्ने बताएका छन्। विभिन्न देशका पिआर, ग्रिनकार्ड र नागरिकता लिएका कर्मचारी संख्या एक हजार एक सयभन्दा माथि रहेको दाबी गर्दै मन्त्री पण्डितले उनीहरुमाथि निजामती ऐनसँगै नागरिकता र राहदानी ऐन लगाएर कारबाही गरिछाड्ने चेतावनी दिए।




'सामान्य नागरिकले दोहोरो नागरिकता, पार्सपोर्ट लिँदा त्यससम्बन्धी ऐन प्रभावित भएर उनीहरू जेल जानुपर्ने, राष्ट्रसेवकजस्तो जिम्मेवार व्यक्तिले दोहोरो नागरिकता लिँदा त्यही ऐन किन प्रभावित नहुने?' शनिबार साँझ ललितपुर पुल्चोकस्थित सरकारी निवासमा नागरिकसँग कुराकानी गर्दै मन्त्री पण्डितले भने, 'अब यो कार्यान्वयन हुन्छ, दोहोरो नागरिकता, पिआर लिनेलाई तीनवटै ऐन लगाएर जेल हाल्छु।'
प्रशासन सुधार सुझाव समितिले दिएको प्रतिवेदनअनुसार निजामती सेवा ऐनसमेत परिमार्जन गरेर कारबाही थाल्ने तयारी भइरहेको उनले जानकारी दिए।
'सबै मन्त्रालय, विभागबाट चाङका चाङ नाम आइरहेका छन्, ११ सय नाघिसक्यो, हेभी प्रोफाइलका कर्मचारीको समेत नाम आएको छ,' पण्डितले भने, 'अहिले भन्दिनँ, सबै संकलन गरिसकेपछि सार्वजनिक गर्छु।' 
आफ्नो क्षेत्राधिकारभित्र पर्ने सरुवा, बढुवा, पदस्थापन गर्दासमेत डिभी, पिआर, ग्रिनकार्ड छ/छैन खोजतलास गरिने मन्त्री पण्डितले जानकारी दिए। 
'डिभी परेका, पिआर पाएका र ग्रिनकार्ड भएकालाई मेरो क्षेत्राधिकारभित्र पर्ने सरुवा, बढुवा र पदस्थापनमा पार्दिनँ,' उनले भने। आफूले शपथग्रहणकै दिन पहिलो मन्त्रिपरिषद बैठकमा यस्तो प्रस्ताव लगेकाले कसैले विरोध गर्न नसकेको उनको भनाइ छ। 
'कुनै राजनीतिक दलअनुसारका मन्त्रीले कर्मचारीलाई जसरी आश्रयस्थल बनाएका थिए, त्यसलाई भत्काउन यो काम थालेको हुँ। मैले मन्त्रिपरिषदमै यो कुरा राखेको छु। संसदमा पनि दुईपटक भनिसकेँ। कसैले विरोध गर्न सकेका छैनन्,' उनले भने।
कर्मचारी लापरबाहीले प्रशासन सुध्रन नसकेको मन्त्री पण्डितको भनाइ छ। 'सरकारी काम, कहिले जाला घाम भन्ने उखान कर्मचारीकै कारण बनेको हो, के यो राम्रो हो?' उनले भने, 'यसैलाई सुधार गर्न मैले पहिलो अभियान थालेको हँु।'
सुरक्षा निकाय, बैंकिङ, न्यायिक, स्वास्थ्य, विश्वविद्यालयजस्ता अलग क्षेत्रमा समेत निजामतीझैँ डिभी, पिआर र ग्रिनकार्ड लिएकाहरू रहेको उनले जानकारी दिए। 
'सुरक्षा निकाय, बैकिङ क्षेत्र, विश्वविद्यालयका त झन् धेरै,' उनले भने, 'राजदूत भएर गएकालाई सरकारले फर्कीभन्दा पनि आउँदैन, उतै टाँसिन्छ भने उसलाई कसरी नेपाली भन्ने? सुरक्षा निकायजस्तो ठाउँका संवेदनशील व्यक्तिले पिआर लिएकै कारण बेलायतमा मुद्दा खेप्नुपरिरहेको छ। मुद्दा लड्न सरकारले ८ करोड खर्च गरिसक्यो। अब भिक्षा माग्ने अवस्था आएको छ। यो सबै पिआरकै परिणाम हो।'
आफूले अन्धराष्ट्रवादी भएर कसैलाई काम गर्नै विदेश नजाऊ नभनेको मन्त्री पण्डितले प्रस्ट्याए। 'राष्ट्रसेवक बन्ने अनि विदेशमा गएर पिआर लिने, डिभी पार्ने र ग्रिनकार्ड लिने काम नगर भनेको हँु। पचास डिग्री तापक्रममा गएर नेपालको रेमिट्यान्स धान्ने लाखांैं युवालाई मेरो सदा सलाम छ,' उनले भने। सबै मिलेर बनाए स्वदेश नै स्वर्ग बन्ने मन्त्री पण्डितको जिकिर छ।
'जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भनेर शपथ लिने, अनि स्वर्ग खोज्न अर्काको देश जाने कसरी राष्ट्रसेवक हुन्छ?' उनले प्रश्न गरे, 'आदिमकालमा स्वर्ग भनेको राजषी शासन हो। आधुनिक कालको स्वर्ग भनेको सम्पन्नता, समृद्धि हो। त्यो बनाउने कि भागेर विदेश जाने?' 
कर्मचारीकै कारण विदेशमा नेपालको बद्नाम भएको उनको भनाइ छ। 'केही काम ढिलो भयो भने नेपाली टाइम भनिदिने, यो कसको कारणले भयो? राष्ट्रसेवक जनउत्तरदायी भएर काम गरे यस्तो हुन्थ्यो?' मन्त्री पण्डितले भने।
नेपालस्थित अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेले समेत आफ्नो अभियानमा साथ दिएको उनले जानकारी दिए। 'अमेरिकी राजदूतसँगको भेटमा समेत यो कुरा उठ्यो। अर्को देशको पिआर लिने राष्ट्रसेवकलाई राष्ट्रद्रोही मानिन्छ भन्नुभयो,' बोडेसँग शुक्रबारको छलफलबारे जानकारी दिँदै मन्त्री पण्डितले भने।
आम कर्मचारीको कार्यशैलीबारे जिज्ञासामा मन्त्री पण्डितले भने, 'लाभको ठाउँमात्र जान खोज्ने, सुगम र विलासी जीवन बिताउन चाहने, काठमाडौंका ठूला मन्त्रालय र ठूला भन्सार मात्र देख्ने, देशमा हिमाल, पहाड, तराई पनि छ, त्यहाँ गएर सेवा गर्नुपर्छ भन्ने भावना कसैमा देखिनँ।'
ट्रेड युनियनको कामप्रति पनि उनले गुनासो गरे। ट्रेड युनियन महासंघ हालको 'जिफन्ट' आफ्नै कोठाबाट जन्मिएको औंल्याउँदै मन्त्री पण्डितले भने, 'ट्रेड युनियन भनेको सामूहिक सौदाबाजी हो, व्यक्तिगत होइन। ऐनकानुन लागू गर्दा ट्रेड युनियनको राय लिनुपर्छ, तर युनियनको काम कुन मन्त्रालयमा को सल्लाहकार गयो, को पिए गयो, को सचिव गयो, कुन पक्षको सरुवा–बढुवा भयो भनेर चासो दिने र अनुकूल भएन भने आन्दोलन गर्ने होइन।'
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस