काठमाडौं-मेसिनले पढ्नसक्ने राहदानी (एमआरपी) का लागि अहिलेसम्मकै सबैभन्दा बढी आवेदन सोमबार परेको छ। परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा सोमबार ३ हजार ३ सय सेवाग्राहीले द्रुत सेवामार्फत एमआरपीका लागि आवेदन दिएका छन्।विभागमा सोमबार १० हजारका दरले ३ करोड ३० लाख रुपैयाँ राजस्व उठेको छ। राहदानी विभागका महानिर्देशक रमेशप्रसाद खनालका अनुसार आवेदन दिनेमा आधाभन्दा सेवाग्राही नयाँ छन्।
यसअघि एकै दिन सबैभन्दा बढी ३ हजार सेवाग्राहीको आवेदन परेको थियो। विभागका अनुसार द्रुत सेवाका लागि पछिल्लो समय दैनिक औसत २ हजारदेखि २५ सयले आवेदन दिने गरेका थिए।
राहदानी बनाउन यतिधेरै किन आइरहेका छन् भन्नेमा विभाग नै अलमलमा परेको छ। ‘साधारण सेवा (५ हजार रुपैयाँ राजस्व तिरेर) अन्तर्गत राहदानी बनाएर जिल्लामा निरन्तर पठाइरहेका छौं। विदेशस्थित मिसनहरूमा पनि गइरहेको छ। यति हुँदाहुँदै पनि द्रुत सेवा लिन आउने सेवाग्राहीको संख्या बढेको देखेर हामी नै चकित छौं,' खनालले भने।
पुरानो हस्तलिखित राहदानी वितरण बन्द गरेपछि सन् २०१० डिसेम्बर अन्तिम साताबाट परराष्ट्रले एमआरपी वितरण थालेको हो। विभागले साधारण सेवा लिनेलाई डेढ महिनाभित्र र द्रुत सेवा लिनेलाई एकसातामा एमआरपी वितरण गर्दै आएको छ। सुरुमा विभागबाट मात्रै एमआरपी वितरण गरिएको भए पनि भीडभाड बढेपछि ७५ जिल्ला प्रशासन कार्यालयमा साधारण सेवा विस्तार गरिएको थियो। यस्तै, विदेशस्थित ३१ वटा नेपाली दूतावासबाट पनि साधारण सेवाअन्तर्गत राहदानीको आवेदन बुझ्ने र वितरण गर्ने गरिन्छ।
विभागका अनुसार सबै ठाउँबाट अहिले एमआरपीका लागि दैनिक ७ हजार हाराहारीमा आवेदन पर्ने गरेको छ। फागुनमा मात्र विभागले १ लाखभन्दा बढी एमआरपी जारी गरेको थियो। विभागसँग भने दैनिक ४ हजार मात्र राहदानी जारी गर्ने जनशक्ति छ, त्यो पनि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म कार्य गरेर।
‘सुरुमा द्रुत सेवाका लागि दैनिक बढीमा ७ सय ५० जना सेवाग्राही आउने अनुमान गरी विभागमा कर्मचारी राखिएको थियो। अहिले दुई/चार जना कर्मचारी थपिएको छ। कामको लोड चार/पाँच सय गुना बढेको छ,' खनालले भने। अहिले विभागमा स्थायी, अस्थायी र करारका गरी ९० कर्मचारी कार्यरत छन्।
द्रुत सेवाअन्तर्गत जारी गरिने एमआरपीमा हस्ताक्षर गर्नका लागि विभागले तीन अधिकृत खटाएको छ। कार्यालय समय दैनिक ८ घन्टालाई आधार मान्दा एक अधिकृतले दिनहुँ एक हजार एक सय राहदानीमा हस्ताक्षर गर्नुपर्छ अर्थात प्रतिघन्टा १३७ दशमलव ५ र प्रतिमिनेट २ दशमलव २९ एमआरपीमा हस्ताक्षर गर्नुपर्ने हुन्छ।
अहिलेकै गतिमा राहदानी लिने क्रमले निरन्तरता पाइरहे २ करोड ६५ लाख जनसंख्या रहेको नेपालमा वार्षिक २२ लाखभन्दा बढी एमआरपी वितरण हुनेछ। यसलाई सामान्य रूपमा हेर्न नमिल्ने विभागको भनाइ छ।