काठमाडौं- नेकपा माओवादीका अध्यक्ष मातृका यादवको नेतृत्वमा धनुषामा पुनः जग्गा कब्जा गरिएको छ। धनुषास्थित सुवैला गाविसस्थित एमाले नेता जोगनारायण यादवको नाममा रहेको जग्गा यादवको नेतृत्वमा कब्जा गरिएको हो।
'वर्षौंदेखि सार्वजनिकरुपमा रहेको जग्गा एमालेका नेता जोगनारायणले आफ्नो नाममा दर्ता गरेपछि हामीले उक्त जग्गा नियन्त्रणमा लिएका हौं,' यादवले टेलिफोनमा भने, 'त्यसमा पार्टीको भन्दा पनि स्थानीय जनता र अन्य राजनीतिक दलको समर्थन छ।'
उनका अनुसार अढाइ बिघा क्षेत्रफल रहेको सो जग्गा एमाले नेता जोगनारायणले आफ्नो नाममा बनाएर बिक्री गर्न लागेको थाहा पाएपछि नियन्त्रणमा लिइएको हो।
एमाओवादी परित्याग गरेका श्रवण यादवसहित कांग्रेस र एमालेका स्थानीय प्रतिनिधिको सर्वदलीय बैठकबाट निर्णय गरी जग्गा नियन्त्रणमा लिइएको यादवको जिकीर छ। उनका अनुसार सो जग्गालाई खेलकुद मैदान बनाउन प्रयोग गरिनेछ। सो जग्गामा तत्कालीन माओवादीले झन्डा गाडेर कब्जा गरेको थियो।