काठमाडौं– एकीकृत नेकपा माओवादीबाट गत संविधानसभा निर्वाचनमा उम्मेद्वार भएका दुई नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। गत निर्वाचनमा पर्सा–४ बाट प्रत्यक्षतर्फका उम्मेद्वार रहेका प्रल्हाद गिरी र समानुपातिकतर्फका उम्मेद्वार शैलेन्द्र साह (रौतहट)ले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
दुबैले बल्खुमा टिका ग्रहण गरेका हुन्। गिरी एमाओवादी केन्द्रीय सदस्य तथा पर्सा जिल्ला संयोजकको जिम्मेवारीमा थिए भने साह एमाले परित्याग गरी चुनाव अघि माओवादीमा प्रवेश गरेका थिए। 'त्यो पार्टी नै रहेनछ, जनवादी क्रान्तिका ठुला कुरा मात्रै गर्ने सिन्को नभाच्ने पार्टी रहेछ,' साहले नागरिकसँग भने, 'अब त्यो पार्टीमा बसेर काम छैन, त्यसले जनताका लागि केही गर्न सक्दैन।' त्यहाँ भित्र देखिएको आन्तरिक कलहले यसैगरी, एमाओवादीका केन्द्रीय सल्लाहकारद्धय जीतेन्द्रप्रसाद यादव र दिनेश गीरीले पनि पार्टी परित्याग गरेका छन्। अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुदीप गिरीले पनि पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन्।