काठमाडौं–संविधानसभाले अघिल्लो संविधानसभाका निर्णय (उपलब्धि) हरूको स्वामित्व ग्रहण प्रक्रिया सुरु गरेको छ।विघटित संविधानसभाले गरेका निर्णयको एकमुष्ठ स्वामित्व ग्रहण प्रस्ताव शुक्रबार संविधानसभा बैठकले सर्वसम्मत पारित गरेको हो।शुक्रबारको पहिलो बैठकमा संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विघटित संविधानसभाले गरेका निर्णयको दस्तावेज प्रस्तुत गरेका थिए।
बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव पारित गरेर संविधानसभाअन्तर्गत ‘अभिलेख अध्ययन तथा निर्क्योल समिति' मा पठाएको छ।
शुक्रबारकै दोस्रो बैठकले संविधानसभाअन्तर्गत पाँचै समिति गठन प्रस्ताव पनि पारित गरेको छ। संविधानसभाअन्तर्गत संवैधानिक, राजनीतिक संवाद तथा सहमति समिति, संविधान अभिलेख, अध्ययन तथा निर्क्योल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति गठन गरिएको छ।
संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिमा ७१, संविधान अभिलेख, अध्ययन तथा निर्क्योल समितिमा ७१, संविधान मस्यौदा समितिमा ६८, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा १ सय ७८ र क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिमा १ सय ७७ सभासद छन्। बैठकमा सभाध्यक्ष सुवास नेम्वाङले सबै समितिमा राखिएका सभासदका नाम वाचन गरेका थिए।
मन्त्रिपरिषदले २६ सभासद मनोनीत गर्न बाँकी रहेकाले सदस्य संख्या भने पूर्ण हुन बाँकी छ।
संवाद समितिमा दलका सबै शीर्ष नेता सदस्य छन्। कांग्रेसबाट सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेबाट अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, संसदीय दलका नेता केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम, एकीकृत नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट अध्यक्ष विजय गच्छदार र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालगायत यो समितिमा सदस्य छन्।
त्यसैगरी, संविधान मस्यौदा समितिमा कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, रमेश लेखक, गगन थापा, एमालेका भरतमोहन अधिकारी, युवराज ज्ञवाली, एकीकृत नेकपा एमाओवादीका गिरिराजमणि पोखरेल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत सदस्य छन्।
स्वामित्व ग्रहणसम्बन्धी प्रतिवेदन अभिलेख समितिले अध्ययन गरेर राजनीतिक संवाद समितिमा पठाउनेछ।
प्रमुख राजनीतिक दलहरुले विघटित संविधानसभाका सहमति ग्रहण गर्दै एक वर्षभित्र संविधान दिने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए।
संविधानसभाको पहिलो बैठकमै त्यससम्बन्धी प्रस्ताव ल्याउने जनाए पनि लामो समयसम्म आउन सकेको थिएन। विगतका सहमति ग्रहण नगर्दासम्म एक वर्षभित्र संविधान बनाउन नसकिने नेताहरूको भनाइ थियो।
संविधानसभा निर्वाचन परिणामबाट चौथो स्थानमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने स्वामित्व ग्रहण गर्न नहुने, शून्यबाट संविधानका काम थाल्नुपर्ने बताउँदै आएको थियो। राप्रपा नेपालका सभासदले शुक्रबारको मतदानमा भने मौन बसेर प्रस्ताव एकमतले पारित गर्न सघाए। बैठकमा पार्टी अध्यक्ष कमल थापा भने थिएनन्।
संसद सचिवालयले पुरानो संविधानसभाले तयार पारेको प्रतिवेदन सभासदहरूलाई वितरण पनि गरेको छ।
बिजनेस नभएको भन्दै संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगन गरिएको छ।
संसदीय सुनुवाइ विशेष समिति गठन
व्यवस्थापिका–संसदको शुक्रबार बैठकले संसदीय अध्ययन तथा सुझाव समिति र संसदीय सुनुवाइ विशेष समिति गठन गरेको छ।
सभामुख सुवास नेम्वाङले संविधानसभा (व्यवस्थापिका–संसद्को कार्य सञ्चालन) नियमावली, २०७० को नियम ११६ को उपनियम (२) बमोजिम संसदीय अध्ययन तथा सुझाव समितिमा राखेका सदस्यहरूको नामावली प्रस्तुत गरेका थिए। सदनले प्रस्ताव बहुमतले स्वीकृत गर्योा।
समितिले पेट्रोलियम पदार्थ मूल्यवृद्धि सम्बन्ध तथा नेपाल आयल निगमको आन्तरिक व्यवस्थापन, चुहावट नियन्त्रण, वैकल्पिक ऊर्जाको संभावना, पेट्रोलियम पदार्थ आयातमा निजी क्षेत्रको सहभागितालगायत विषयमा अध्ययन गरी सरकारसमक्ष एक महिनाभित्र अध्ययन प्रतिवेदन प्रस्तुत गर्नेछ।
अध्ययन तथा सुझाव समितिमा ११ र संसदीय सुनुवाइ विशेष समितिमा ६९ जना सदस्य छन्।
त्यसअघि, बैठकमा सभामुख नेम्वाङले राष्ट्रपतिले प्रमाणीकरण गरेका विभिन्न १३ वटा ऐनबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए।