काठमाडौं- मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन तराई मधेश केन्द्रित दलको एकतापछि समाजवादी लोकतान्त्रिक फोरम नेपाल नामा प्रस्ताव गरेका छन्।गत मंगलबार तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीसँगको संयुक्त बैठकमा पेश गरेको नाममा अन्य दुई दलले सहमति जनाएका छन्।
मंगलबार पेश गरिएको एकताको प्रारम्भिक मस्यौदामा सैद्धान्तिक सहमति जुटाएका प्रमुख तीन दलले बुधबार आ-आफ्ना पार्टीमा छलफल गरी आज दिउँसो निर्णय गर्ने सम्भावना रहेको छ। तमलोपा कार्यालयमा बस्ने बैठकले सम्भवत प्रस्तावित नामलाई अनुमोदन गराउने तमलोपाका एक नेताले जानकारी दिए।