काठमाडौं- प्रायःजसो नेपाली राजदूतहरूको विदेशमा कार्यसम्पादन सन्तोषजनक नभेटिएपछि नवनियुक्त परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कार्यसम्पादन मूल्याङ्कनको आधारमा नियुक्त गरिने घोषणा गरेका छन्।खाली रहेका एक दर्जनभन्दा बढी देशमा नियुक्ती दिनुअघि राजदूतहरूको निश्चित कार्य र जिम्मेवारीको विकास गर्ने कार्य भइरहेको मन्त्री पाण्डेले नागरिकन्युजलाई जानकारी दिए। "राजनीतिक नियुक्ति होस् वा पेशागत राजदूत नियुक्ति छनोट प्रक्रियाको निश्चित मापदण्ड हुनुपर्छ। उहाँहरूको कामकार्य परिभाषित हुनुपर्छ। कामकार्यको निगरानी र उचित मुल्याङ्कन गरिने छुट्टै व्यवस्था पनि हुनुपर्छ" मन्त्री पाण्डेले भने। उनले राजदूतको नियुक्ति कुनै मुल्याङ्कनबिना जथाभावी जो कोही व्यक्तिलाई पुरस्कृत गर्ने वा निजी स्वार्थपूर्ति गर्ने चलन भएको हुनाले आफूले कामकार्यको जिम्मेवारी र मापदण्डको योजना तयार गर्न लागेको बताए। "राजदूतले मन्त्रीलाई राम्रो रिपोर्ट दिने तर खासमा काम भने नभएको हुनसक्छ। यस्तो अवस्थामा कार्यक्षेत्रमै कार्यसम्पादन मुल्याङ्कनको व्यवस्था हुनुपर्छ" उनले भने। उनले कार्यसम्पादन कमजोर भएको राजदूतलाई फिर्ता बोलाउने अधिकार मन्त्रालयलाई हुनुपर्नेमा जोड दिए।
मन्त्री पाण्डेको यस्तो भनाइ राजनीतिक दलहरूले जथाभावी राजदूत नियुक्ति गर्ने परिपाटी बसेको समयमा आएको छ। हाल १६ राष्ट्रमा राजदूत नियुक्ति हुन बाँकी छ। भारत, जर्मनी, अमेरिका, बेलायत, कुवेत, ब्राजिल, थाइल्यान्ड, इजिप्ट, कतार, क्यानाडा, श्रीलङ्का र संयुक्त राष्ट्रसंघको स्थाइ मिसन तथा जेनेभामा नियुक्ति हुनै बाकी छन् भने दक्षिण अफ्रिका र फ्रान्सको कार्यकाल सकिन लागेको छ। हाल ओमान र बहराइनमा पनि कार्यवाहक छन्।
यसअघि तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनीपछिका परराष्ट्रमन्त्री माधव प्रसाद घिमिरेले पनि कार्यसम्पादनको आधारमा राजदूत नियुक्ति गर्ने छुट्टै मापदण्डको विकास गरेका थिए। तर मुल्याङ्कन विदेशको कार्यसम्पादनमा नभइ नेपालभित्रै न्युनतम योग्यता र दक्षता मुल्याङ्कनको आधारमा केन्द्रित थियो।
यस्तो मापदण्डले राजनैतीक दवाव झेल्न सक्छ र भन्ने प्रश्नको जवाफमा मन्त्री पाण्डे भन्छन् "यस्तो प्रश्न धेरैले गरेका छन्। महत्वपूर्ण कुरा राष्ट्रलाई यस्तो मापदण्डको आवश्यकता छ कि छैन भन्ने हो। मलाई लाग्छ आवश्यकता छ।"
निजी भान्सेको सुविधा नपाइने
राजदूतले निजी भान्से लान पाइने व्यवस्थामा हुने कानुनी अड्चनलाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयले हालसम्म प्राप्त राजदूतको यो सुविधा खारेज गर्दैछ। अर्कोतर्फ मन्त्रालयले कुनै ओहदामा नरहेका आफ्नै तलको कर्मचारीलाई भान्सेको रूपमा पठाउने बिचार पनि गर्दैछ। "पश्चिमी राष्ट्र खटिएका निजी भान्से प्रायः नफर्कने चलन छ। यसले झनै कानुनी अड्चन आउँछ। त्यस्तै उनीहरूको तलबभत्ता सुबिधाको पनि मुद्दा छ" मन्त्री पाण्डेले भने।
गत डिसेम्बरमा भारतिय कुटनितिज्ञ देवयानी खोब्राग्डे न्युयोर्कमा आफ्नो घरेलु कामदारलाई न्युनतम तलब नदिएको मामिलामा पक्राउ परेकी थिइन।